निर्णय नं. ११९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/२६ २१०४ निर्णय नं. ११९४ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको रिट नम्बर १०२८ आदेश भएको मिति : २०३५।८।२६।२ मा निवेदक : जिल्ला सिरहा औरही गा.पं.वार्ड नं. ४ बस्ने जैसलवती यादवनी विरुद्ध विपक्षी : जिल्ला कार्यालय भू.प्र.शाखा सिरहाका श्री भूमिप्रशासक सूर्यराय दनुवार विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी (संशोधन सहित) ऐन, २०२१ को दफा २६(१) ले निर्देश गरेअनुसार मोही हुनेको पत्नी वा अन्य छोराहरु छन छैनन र जग्गाधनीले कसलाई रोज्न चाहेको छ इत्यादि ऐनले निर्देशन गरेको कार्यवाही गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिप्रशासकको ०३४।४।२१ को निर्णय बदर गराई पाउँ भन्ने कुराको माग गर्दै मिति २०३४।९।२६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनसम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यसप्रकारका रहेछन : २. जैलसवती यादवनीका नाउँमा दर्ता रहेको गा.पं.औरही वार्ड नं. ४ (क) कि.नं. ४७३, २१५,४७३,२०६,२२६ का जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने विपक्षी कार्यालयमा विपक्षी सूर्यराय दनुवारको निवेदन परेकोमा निवेदकले उल्लेख जग्गाको माइ सनाखत देखि आफ्नो जोतभोगमा छ भन्नेसमेत निवेदिकाको बयान कागज भएकोमा निवेदकको बाबु असरफि सिंहको नाउँमा जोताहाको अस्थाई निस्सा पूर्जा र अनुसूचि २ नं. प्रकाशितबाट नै मोही कायम भइसकेको बाबु स्वर्गे भएको हुँदा निजको छेरा सूर्यराय दनुवारका नाउँमा मागबमोजिमको ज.ध.जैैलसवतीको दर्ताको कि.नं. ४७१ समेतको मोहियानी हकको प्रमाणपत्र बनाई दिनेसमेत ठहराई विपक्षी कार्यालयबाट ०३४।४।२१।६ मा निर्णय भएको रहेछ । ३. विपक्षीले निवेदनपत्रमा बाबु स्वर्गीय भएको हुनाले मोही कायम गरिपाउँ भन्ने व्यहोरा दर्शाइएको छ । ऐनको दफा २५(१) अन्तर्गत मोहीको शेषपछि निजको पति पत्नी वा छोरामध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोही हक प्राप्त हुन्छ भनी कानूनी व्यवस्थाको प्रावधान गरिएको छ । असर्फी स्वर्गीय भएपछि निजको पत्नी जिवितै छिन जग्गाधनीले नरोजेसम्म यसले मोही हक पाउने भनी प्रशासकबाट मोही रोजी दिन अधिकार छैन । प्रशासकले आफूलाई जग्गाधनीको स्थानमा राखी अधिकृत तवरबाट मोही रोजी दिने गरी निर्णय गर्नुभएको अ.बं.३५ नं. ले प्रष्ट तथा बदरभागी छ । विपक्षी मोही भए मलाई साल साल कूत बुझाएको भरपाई ऐनको दफा ३४(२) अन्तर्गत लिएको हुनेपर्ने मलाई बुझाएको प्रमाण छैन । प्रशासकको निर्णय अ.बं.१८५।१८९ नं. अन्तर्गत बदरभागी छ । ४. विपक्षीहरुद्वारा लिखितजवाफ मागाई आएपछि पेश गर्नुपर्ने समेत डिभिजन बेञ्चका ०३४।१०।३ का आदेशानुसार प्राप्त हुन आएका विपक्षीहरुको लिखितजवाफमा लिएका जिकिर यसप्रकार रहेछन : ५. बाबु मरी हक खाने म मात्र हुँ भनी निवेदन पर्दा ज.ध.ले असर्फी स्वर्गीय भएपछि विधवा पत्नी जीवित छ भन्ने व्यहोरा आफ्नो बयानमा देखाउनु नभएको र मिसिलबाट असर्फीको पत्नी छ भनी प्रदर्शित नभएको र मोही निवेदक मात्र हकदार भएको दावी ज.ध.ले स्वीकारै गरेकोले मोही प्रमाणपत्र बनाई दिएकोले रिट निवेदन खारेज हुन अनुरोध गर्दछु भन्नेस