निर्णय नं. ११९५ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११९५ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/१९ २१२८ निर्णय नं. ११९५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रि.नं. १२७७ आदेश भएको मिति : २०३५।८।१९।२ मा निवेदक : पर्सा जिल्ला औराहा गा.पं. वडा नं. ८ बस्ने बैजनाथ राउत कुर्मी विरुद्ध विपक्षी : श्री नारयाणी अं.कार्यालयका अञ्चलाधीश श्री नन्दबहादुर मल्लसमेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) मुद्दाको विषयवस्तुमा आवश्यक सबदुप्रमाण बुझी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता हरिहर दाहाल प्रत्यर्थीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थी जिल्ला कार्यालय भूमिप्रशासन शाखा पर्साको ०३४।१२।९।४ को निर्णय र कारवाही बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य र निवेदन जिकिर यसप्रकार छ : विपक्षीमध्ये जगरनाथ र वैजनाथको बाबु जोखन भगत कुर्मीको नाममा दर्ता रहेको गा.पं.औराही बडा नं. ७ को कित्ता नं. १२८ को ज.वि.१–४–० को मेरो सगोलको बाबु गोखुल राउत कुर्मीको नाउँमा मोही भई कमाएको जोताहाको अस्थायी निस्सा र भू.प्र.का.पर्साबाट मोहियानी हकको प्रमणपत्रसमेत प्राप्त गरी आज ३० वर्षदेखि मोही भई कमाइआएको ०२९।०३० सालको बालीमा जग्गाधनीको छोरा विपक्षीहरुले बराबर झमेला खडा गरी हुलहुज्जत अशान्ती गरेको हुँदा जिउधन, शान्ति सुरक्षाको व्यवस्था गरिपाउँ भन्नेसमेत व्यहोराको नन्दलाल राउत कुर्मीले श्री ना.अ.मा द.नं. ५९६ को निवेदन दिई श्री ना.अं.बाट कारवाई चली बयान लिँदा निवेदकले उल्लेख गरेको जग्गा कि.नं. १२८ को ज.वि.१–४–० मा मैले नै सालसाल बाली लगाई आएको विपक्षीको बाबु गोखुल राउत मोही नभई मेरो बाबु जोखन राउत कुर्मीको नाउँमा दर्ता रहेको विपक्षीको बाबु गोखुल राउत कुर्मी कि.नं. २२१ को ज.वि.०।१९।० को मोही छ । कि.नं. १२८ को ज.वि.१–४–० मा जवरजस्ति दावा पुर्याउने प्रयास गरी उजुर दिएका हुन । गोखुल राउत कुर्मी मोही भएको जग्गामा म र मेरो परिवारको कुनैप्रकारले हस्तक्षेप अशान्ति गरेको छैन भन्ने समेत प्रतिवादी जगरनाथ राउत कुर्मीले श्री ना.अं.मा २०३३।८।२० गते बयान दिएको कारवाईको सिलसिलामा ७ दिन भित्र कारवाई टुङग्याई नतिजा जाहेर गर्नु भन्ने समेत श्री ना.अं.का.को प.सं.१०६६७ मिति ०३२।३।३२ को पत्र साथ मिसिल प्राप्त हुन आएकोमा गोखुल राउत माही भएको जग्गामा म र मेरो परिवारले कुनैप्रकारको हस्तक्षेप वा अशान्ति गरेको छैन भन्ने प्रतिवादीको बयान जिकिर देखिएकोले शान्ति सुरक्षा सम्बन्धी कारवाई यस कार्यालय क्षेत्र भित्र नहुँदा मिति २०३४।३।८।४ मा मिसिल तामेलीमा राखी दिने गरी यस भू.प्र.का.पर्साबाट कारवाई टुङग्याई सकेकोमा उक्त निर्णय उपर वादीले श्री ना.अ.का.मा निवेदन दिई मु.द.नं. १३७५ फा.द.नं. १०८९ मिति २०३४।३।२४।६ मा दर्ता भई श्री ना.अं.का.बाटै कारवाई चलाई पत्रसाथ मिसिल प्राप्त हुन आएको र उक्त पत्रमा औराहा गा.पं.वा.नं. ७ कित्ता नं. १२८ को ज.वि.१–४–० मेरो स्वर्गीय पिता गोखुल राउत कुर्मीका नाउँमा मोही भएको सो जग्गा मेरो नाउँमा मोही कायम गरी जग्गा कमाउनलाई आदेश गरिपाउँ भनी ऐ.बस्ने नन्दलाल राउत कुर्मीको यस कार्यालयमा निवेदन पर्न आएकोमा स