निर्णय नं. ११९६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११९६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०८/२५ २२१७ निर्णय नं. ११९६ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको रिट नम्बर १०५९ आदेश भएको मिति : २०३५।८।२५ मा निवेदक : जि. संखुवासभा,गा.पं.मादीबिर्ता वार्ड नं. १ घरभई हाल का.जि. पुतलीसडक बस्ने निर्माण यातायत मन्त्रालयको इलेक्ट्रिकल इञ्जिनियर हाल इञ्जिनियरीङ्ग अध्ययन संस्थान पूर्वाञ्चल क्याम्पपस योजनाको लेक्चरर प्रेजेक्टर मेनेजर रामप्रसाद दाहाल विरुद्ध विपक्षी : श्री नेपाल लोकसेवा आयोग विसालनगर काठमाडौं समेत विषय : उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ (१) कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई कानूनी हकबाट वञ्चित गर्न नसकिने । निजामती सेवा ऐन र नियमावलीमा व्यवस्थित सिद्धान्त र नियमहरु कुनै अधिकारी वा कार्यालयको स्वेच्छा अनुसार निष्क्रिय हुने गरी कानूनको व्याख्या गर्न वा कुनै परिपाटी कायम गर्न नमिल्ने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री निलाम्बर आचार्य विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना तथा विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. विश्वनाथ उपाध्याय : बढुवा समिति एवं लोकसेवा आयोगको गैरकानूनी निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश समेत जारी गरिपाउँ भनी नेपालको संबिधानको धारा ७१ अन्तर्गत यो रिट निवेदन पर्न आएको छ । यस सम्बन्धमा प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई पेश गर्नु भनी २०३४।१०।२१ मा डिभिजन बेञ्चबाट आदेश भई तदनुसार प्रत्यर्थीहरुबाट लिखितजवाफ प्रस्तुत पनि भइसकेको रहेछ । यसमा निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री निलाम्बर आचार्य र प्रत्यर्थी श्री प्रचण्डकुमार श्रेष्ठका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना तथा अन्य प्रत्यर्थीहरुका तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उपस्थित हुनुभएको छ । २. यो मुद्दाका तथ्यहरु संक्षेपमा तल उल्लेख भएअनुसार छन : ३. निवेदक राजपत्राङ्कित तृतीय श्रेणीको पदमा बहाल रहेको र तत्काल निजको पदाधिकार निर्माण तथा यातायात मन्त्रालयमा राखी निजलाई त्रिभुवन विश्वविद्यालय अन्तर्गत इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पसमा काज खटाइएको रहेछ । निवेदक सोबमोजिम काज खटिई काम गरिरहेको बखत राजपत्राड्ढित द्वितीय श्रेणी, इञ्जिनियरिङ्ग इलेक्ट्रिकल समूहको पद संख्या ६ पूर्ति गर्न प्रत्यर्थी लोकसेवा आयोग पदोन्नती शाखाबाट गोरखापत्रमा प्रकाशित नं. ६।०३३।०३४ को सूचनाअनुसार निवेदकले पनि द्वितीय श्रेणीमा बढुवाको निमित्त दरखास्त दिएको रहेछ । निवेदक द्वितीय श्रेणीको बढुवाको लागि सम्भाव्य उम्मेद्वार भएको व्यहोरा निर्माण तथा यातायात मन्त्रालयले ०३४।१।१५ मा जल तथा विद्युत मन्त्रालयलाई सूचित गरेको र सोही मितिमा जल तथा विद्युत मन्त्रालयले सोकुराको सूचना लोकसेवा आयोगमा पठाएको रहेछ । बढुवाको लागि संभाव्य सबै उम्मेद्वारहरुको कार्यसम्पादन मूल्याङ्कन फाराम र वैयक्तिक नोकरी विवरण फारामहरु सम्बन्धित कार्यालयहरुबाट जल तथा विद्युत मन्त्रालयमा पठाइएअनुसार निवेदकको उक्त फारामहरु पनि ०३४।३।२ मा उक्त मन्त्रालयमा पठाइएको रहेछ । तर उक्त मन्त्रालयबाट निवेदकबाहेक अन्य सबै उम्मेद्वारहरुको फारामहरु २०३४।३।२१ मा लोकसेवा आयोगमा बुझाई निवेदकको फारामहरु चा