निर्णय नं. ११९८ - अपहेलनामा कारवाही गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११९८ - अपहेलनामा कारवाही गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०४/०५ ४४४८ निर्णय नं. ११९८ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री वासुदेव शर्मा सम्वत् २०३५ सालको फौज्दारी विविध नम्बर ९२ फैसला भएको मिति : २०३५।४।५।५ मा निवेदक : वरिष्ठ अधिवक्ता का.न.पं.वाडा नं. ३० त्यौड टोल बस्ने वर्ष ४१ को सर्वज्ञरत्न तुलाधर विरुद्ध विपक्षी : माननीय रा.पं.स.अं.वर्ष ५२ को गणेशकुमार पोखरेल राष्ट्रिय पञ्चायत सचिवालय काठमाडौं समेत विषय : अपहेलनामा कारवाही गरिपाउँ (१) नेपालको संविधान र राष्ट्रिय पञ्चायत नियमावलीको अधिनमा रहेर राष्ट्रिय पञ्चायतमा पूर्ण वाक स्वतन्त्रताको हक भोग उपभोग गर्न पाउने । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३५।३।२१।४ को आदेशानुसार फौज्दारी विविधको लगतमा दर्ता भई निर्णयको लागि यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : सर्वोच्च अदालतको सम्मान सबैको सरोकारको विषय हो । विशेषत यस नेपाल बार एसोसिएसनको प्रत्यक्ष र गाढा सम्बन्धको कुरा हो तसर्थ सर्वोच्च अदालतको न्याय सम्पादन र स्वतन्त्र न्यायपालिकाको गरिमामा जनआस्था घटाउने भ्रम पार्ने गरी अदालतको अपहेलनाको विषयमा उजूर गर्ने हकदैया निवेदकलाई रहेको कुरा निर्विवाद छ । ३. गोरखापत्र संस्थानद्वारा प्रकाशित हुने हु.द.स.बा.ना.३।०२० द.नं. ०२ को गोरखापत्रको वर्ष ७८ अंक ५८ मिति ०३५।३।१९ को र राष्ट्रिय पञ्चायतमा छलफल जारी भन्ने शीर्षकमा समाचार प्रकाशित भएको रहेछ उक्त पत्रिकाको अन्तिम पाना पाँचौं कलममा माननीय श्री गणेशकुमार पोखरेलको भाषण छापिएको रहेछ जसमा सर्वोच्च अदालतसम्म पनि पोको भएमा मात्र सही न्याय पाउन सक्नु ज्यादै दुःखको कुरा भएको भन्ने बदनियत र दुरासयसाथ व्यक्त गर्नुभएको रहेछ । उहाँको यस कथनले न्यायालयका सम्पूर्ण संरचनाउपर पोकाको भरमा न्याय गर्ने आँच फैलाई अनास्था उत्पन्न गरेको छ । फलतः न्याय र न्यायालयको नै अनास्था हुन गएको छ । उपरोक्त कथन व्यक्त गर्न दिनुले सम्माननीय अध्यक्ष श्री रामहरि शर्मा पनि उक्त अपहेलनामा सहभागी हुन जानुभएको छ । यसप्रकारको समाचार वितरण गराउने एजेन्सी राष्ट्रिय सम्वाद समिति र प्रकाशन गर्ने गराउने गोरखापत्रको सम्पादक श्री भारतदत्त कोइरालाले उक्त अपहेलनाजनिक वाक्यांश प्रकाशित गरी गराएकोले उहाँहरुले पनि अदालतको अपहेलना गर्नुभएको छ । तसर्थ नेपालको संविधानको धारा ६८ (२) सर्वोच्च अदालत ऐन, २०१९ को दफा ६ अनुसार कारवाही चलाई अदालतको अपहेलना गर्ने उपर सजायसमेत गरिपाउँ भन्ने मिति ०३५।३।२० को निवेदन । ४. २०३५।३।१९।२ को गोरखापत्रमा राष्ट्रिय पञ्चायत सदस्य श्री गणेशकुमार पोखरेलले सर्वोच्च अदालतसम्ममा पनि पोको भएमा मात्र सही न्याय पाउन सक्नु दुःखको कुरा हो भन्नुभयो भनी प्रकाशित भएको देखिएबाट अदालतप्रति जनताको अनास्था पैदा हुन गई न्याय प्रशासनमा आघात पर्न गएकोले कारवाही होस भनी नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरको निवेदन पर्न आएकोले अदालतको अपहेलनामा