निर्णय नं. ४७२९ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७२९ - ज्यान भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०४९/१२/१६ २८६१ निर्णय नं. ४७२९ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको फौ.पु.नं. ३६४ २०४६ सालको फौ.सा.नं. ६१ फैसला मिति: २०४९।१२।१६।२ पुनरावेदक: जिल्ला मकवानपुर कोगटे गा.वि.स वडानं. ४ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा पर्सा विरगंजमा थुनामा बस्ने मोती बहादुर रेग्मी । विरुद्ध वादी/प्रत्यर्थी: जिल्ला मकवानपुर कोगटे गा.पं. वडानं. ४ बस्ने कृष्ण बहादुर आलेमगरको जाहेरीले श्री ५ को सरकार । मुद्दा : ज्यान । (१) आफूलाई राती आश्रय दिने जेठी आमालाई निजको गहना, पैसाको लोभमा फसी मार्ने कृयामा सम्मिलिन भएको समेत बयानबाट देखिंदा निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरेको शुरु इन्साफ सदर गरेको ना.अं.अ. को फैसलालाई सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. ३१) (२) स्वतन्त्र तथा भरपर्दो प्रमाणबाट पुष्टि हुन नआएको अवस्थामा केवल सह अभियुक्तको पोलाइबाट मात्र निजलाई कसुरदार ठहराउन न्याय संगत नहुने । (प्र.नं. ३२) पुनरावेदक तर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होम नाथ ढुंगाना प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री मोहन बहादुर थपलिया फैसला न्या. रुद्र बहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझि सर्वोच्च अदालत नियमावली बमोजिम दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः– २. घरमा एक्लै बसी आउनु भएकी सासू हरिमायाको घरमा गाई वस्तु फुस्की रहेको, मानिस यताउती हिडेको नदेखिई पंच समेत गई हेर्दा चोटा तलामा मृत्यु भै सुती रहेको अवस्थामा देखिएकोले कर्तव्य परी मरेको शंका लागि जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको अर्जुन बहादुर आचार्यको जाहेरी । ३. म पहिला देखि नै हेटौंडा आई बसेको, घरमा आमा हरिमाया एक्लै बस्तु हुन्थ्यो, ज्वाई अर्जुन बहादुरले आमालाई थाहा नभएको मानिसले मारेको भनी भन्ने आएबाट गई हेर्दा सिरकले ओडाई राखेको फेला परी आमालाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको कृष्ण बहादुर आले मगरको जाहेरी । ४. हरिमायाको मृत्यु भएको ठाउँमा गई हेर्दा बरपर सरसामान खाने अनाज भाडा वर्तन भएको टंका वाक्साहरु खुला भई कागजपत्रहरु छरिएको लास फुलेको टाउको तालुमा छाला लोत्केको, रगत वगी कपडा गुन्द्रीमा लागी सकेको भन्ने समेत लास प्रकृति मुचुल्का । ५. मेरी जेठी आमा हरिमायालाई मिति २०४२।२।१२ गते राती मोती बहादुर, शेर बहादुर, तिलक बहादुरको छोरा जेठा मगर समेतले बन्चरोले हानी मृत्यु भएको हो । पहिलो बयानमा लेखिएका कृष्ण बहादुर रेग्मी र जित बहादुर मगरले कर्तव्य गरेका छैनन् भन्ने समेत व्यहोराको हिरा बहादुर आले मगरको अधिकार प्राप्त अधिकारी समक्ष ततिम्बा सहितको बयान । ६. हरिमाया कर्तव्य गरी मारी चोरी गरेको भनिएका सामान हिरा बहादुर, शेर बहादुर, मोति बहादुर, जित बहादुर, कृष्ण बहादुरको घरमा खान तलासी गर्दा फेला नपरेको भनी गरिएको भिन्ना भिन्नै खान तलासी मुचुल्का । ७. मैले हरिमायालाई कर्तव्य गरी मारेको छैन । नगद, सुन, चाँदी लिएको छैन । निजलाई मार्नुपर्ने कुनै कारण छैन, हिरा बहादुरलाई पक्राउ गराएकोले मलाई पोलेको हो भन्ने समेतको कृष्ण बहादुर रेग्मीको अधिकार प्राप्त अधिकारी समक्ष भएको कागज । ८. मैले हरिमायालाई कर्तव्य गरी मारेको होइन,