निर्णय नं. १२०० - ....
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०० - .... भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०९/०४ २२८९ निर्णय नं. १२०० ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको रि.फु.नं. २६ आदेश भएको मिति : २०३५।९।४।३ मा निवेदक : का.जि. न.पं.२१ वडा ठमेल बस्ने अष्टमान महर्जन समेत विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत सभा का.जि. धर्मपथ समेत (१) बाटोको हक बेहकले घरको तला थप्ने कुरामा असर पर्ने नदेखिने । (प्र.नं. ६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३३।४।१८।२ को निर्णय दोहर्याई पाउँ भनी निवेदक अष्टमान र साहू महर्जनले दिएको निवेदनमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम श्री महाराजाधिराजबाट दोहर्याई दिनु भनी हुकूम प्रमांगी बक्स भई आएबमोजिम यसबेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : पूर्व आफ्नै किलास र सो देखि पूर्व हिरामान प्रधानको चर्पी र सार्वजनिक ढल पश्चिम म समेतको साझा चोक, उत्तर अष्टमान महर्जनको घर किलास भएकोमा हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने देखिन साहू भाइ महर्जनको घर किलास भएकोमा हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने यति चार किल्लाभित्र का.न.पं.२१ वडाअन्तर्गत का.जि. ठमेलको ब्लक न.२१।३३९ को मेरो घरमा तला २ थपी जस्ता छाना राखी नक्शाबमोजिमको घर बनाउन पाउँ भन्ने नक्शावाला वादी चन्द्रमान महर्जनको नक्शा दर्खास्त परेकोमा मेरो बलेनी काटिने आँखी झ्याल र खुला झ्याल बन्द हुने गरी बनाउन नपाओस् भन्ने प्रतिवादी दक्षिणपट्टिका सँधियार साहू महर्जन र बन्ने घरको लागि राजदरवारको स्वीकृति चाहिने मेरो घरमा आउन नक्शावालाको ढोका र छिंडिमा बाटो भएको गुम गरेको दक्षिणतर्फ मेरो खुल्ला झ्याल भएको बन्द हुने र अन्यत्रबाट मलाई घाम र हावा नपाइने र बन्ने घरको छिँडिमा चर्पीको प्रबन्ध गरेको छैन भन्नेसमेत उत्तरपट्टिको सँधियार अष्टमान महर्जनको उजूरी भएकोमा नगरपञ्चायत नक्शा र मुद्दा फाँटबाट बन्ने घर विगत २००६ सालमा पास भएको नक्शाबमोजिम बनी २ तले कायम भईरहेको र बन्ने घर नक्शावालाको होइन भन्ने उजूरी परेको पनि नभई सो घर नक्सावाला वादीकै भएको कुरामा प्रतिवादीहरु पनि सहमत नै हुनुभएको देखिएको र घर बनाउने महलको १ नं. ले वादीले आफ्नो घर उठाई लिँदा बलेनी काट्न दिन्न भनी प्रतिवादीहरुले रोक्न नपाउने देखिएकोले वादीले आफ्नो घरमा तला थपी नक्शाबमोजिम घर बनाउन राजदरवारको स्वीकृति पनि प्राप्त गरिसक्नु भएको देखिएबाट वादीको नक्शा रोक्नुपर्ने मनासिव कारण नदेखिएकोले वादीको नक्शा पास हुने ठहर्छ । प्रतिवादीमध्येका अष्टमानले विगत ०६ सालमा आफ्नो बाटो छ भनी उजूर गरेको नदेखिएकोले तर हाल वादीको छिँडिबाट आफ्नो बाटो छ भने प्रचलित कानूनको म्यादभित्र काठमाडौं जिल्ला अदालतमा फिराद गरी आफ्नो हक कायम गर्न जानुस् भनी सुनाई दिने र वादीकै नक्शामा भएकै घरमा तलामात्र थप्ने हुँदा बाटोको हक बेकहले तला थप्न कुनै असर नपर्ने हुँदा वादीको नक्शा पास गरिदिने भन्नेसमेत फैसला भएकोमा पुनरावदेन पर्दा नगरपञ्चायत नक्शा र मुद्दा फाँटले नक्शा पास हुने भनी गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत फैसला भएको रहेछ । ३. उक्त फैसला बदर गरिपाउँ भनी यस रिट निवेदनमा लिएका मुख्य जिकिरहरु यसप्रकार छन : छाना