निर्णय नं. १२०१ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०१ - भ्रष्टाचार भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१०/०५ ३२५२ निर्णय नं. १२०१ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको स.अ.फौ.फु.नं. ७।८ फैसला भएको मिति : २०३५।१०।५।६ मा निवेदक : जि. नवलपरासी मनरी गा.पं. वडा नं. ५ घर भई हाल डिल्लीबजार काठमाडौं बस्ने कुँवरपाल सिंह समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार प्रशासनव्यवस्था विभाग हरिहरभवनसमेत मुद्दा : भ्रष्टाचार (१) शंकाको भरमा मात्र नलाग्ने प्रमाण लगाई कसुरदार ठहराएको निर्णय त्रुटिपूर्ण भई बदर हुने । (प्रकरण नं. २७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय उल्लिखित मुद्दा : स.अ.डि.बे.बाट पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दाको निर्णय मिति ०२१।१२।८ मा फैसला न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३४।८।६।२ को निर्णय पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा मिति २०२७।१२।८।१ मा भएको निर्णयसँग रुलिङ बाँझिएको हुनाले फुल बेञ्चबाट हेर्ने आदेश पाउँ भनी निवेदकहरुले दिएको निवेदनहरुमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेशानुसार फुल बेञ्चको लगत दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : गोश्वारा हुलाक केन्द्रीय सर्टिङ शाखामा दरवार टोल शाखा हुलाक ललितपुरबाट प्राप्त हुन आएको जापान तथा हङकङ जाने रजिष्ट्ररी थान ८ आठ गोश्वारा हुलाकबाट खोली हेर्दा यसमा सादा कागज र अखबारको टुक्राहरु निस्केको देखियो । हुलाक कर्मचारीहरुसमेत मिली दरवार टोल हुलाक ललितपुरको टाँचा तथा छापसमेत राती नै प्राप्त गरी शङ्का भ्रमक भनी रोकिएको हुलाक वस्तु नै अदलबदल गरी भ्रष्टाचार गरेको शङ्का देखिन आएकोले घटनामा संलग्न हुनसक्ने गोश्वारा हुलाकको सा.अ.श्री वेदबहादुरसमेत बुझी कानूनी कारवाही गरिदिनु हुन भनी हुलाकसेवा विभागबाट ०३०।३।८ को पत्र साथ वि.प.प्र.विभागमा कागजात रजिष्टरीहरु प्राप्त हुन गएको रहेछ । ३. ०३०।२।२५ मा दरवार टोल हुलाकबाट गोश्वारा हुलाक सर्टिङ्ग शाखामा दाखिल भएको सो ८ आठ थान रजिष्टरी फिर्ता लिन ना.सु.सूर्यमान आएको, दिन नमिल्ने भन्दा रातको १२ बजे सा.अ.वेदबहादुरसमेत मेरो घरमा आई कुरा गरेको भोलिपल्ट जि. पो.मा कुँवरपालको क्वाटरमा बोलावट भई जाँदा रु.५०,०००। लिई रजिष्टरी फिर्ता दिने कुरा भयो । ना.सु.सूर्यमानले बनाई ल्याएको अर्को रजिष्टरी राखी फिर्ता दिइएको हो । मैले रु.१०,०००। पाएको हुँ भन्नेसमेत ना.सु.नरबहादुरको बयान । ४. हुलाक दाखिल भएको ८ थान रजिष्टरी लिनुपर्यो भनी राधाकृष्ण गोइन्कासमेत आई भनेबाट गोश्वारा हुलाक जाँदा फिर्ता नदिएकोले कुराकानी गर्दा रजिष्टरी बदल्ने कुरा भयो । सोही दिन राती दरवार टोल हुलाकमा गई कार्यालय खोल्न लगाई हुलाक टाँचासमेत घर ल्याई अर्को रजिष्टरी २६ गते तयार गरेको बिहान रु.५०,०००। दिए फिर्ता दिने कुरा शा.अ.बेदबहादुरले भनेबाट निजको घर कुपण्डोलमा गई रुपैयाँ दिने काम गरी फिर्ता लिएको, रजिष्टरी फिर्ता गरेवापत रु.५०००। पाएको छु भन्नेसमेत ना.सु.सूर्यमानको बयान । ५. उक्त ८ थान रजिष्टरी फिर्ता लिने सम्बन्धमा सूर्यमानसँग रातमा ना.सु.नुरबहादुरको घरसमेत गएको हुँ । मुख्य कुँवरपालसमेतको सल्लाहब