निर्णय नं. १२०२ - लिखतबदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०२ - लिखतबदर भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१०/१२ २२२४ निर्णय नं. १२०२ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्बत २०३४ सालको दे.फु.नं. १६ फैसला भएको मिति : २०३५।१०।१२।६ मा निवेदक : जि. रुपन्देही वुटौल खस्यौली बस्ने हरिप्रसाद शेरचन विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने लक्ष्मीप्रसाद शेरचन मुद्दा : लिखतबदर (१) लिलाम गर्ने कार्य सम्पन्न भई तामेलिमा राख्ने आदेशसमेत भइसकेपछि अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट हेरी कारवाही गर्न नमिल्ने । (प्रकरण नं. १७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा : निवेदक भू.पू.राज्यमन्त्री नरबहादुर गुरुङ विरुद्ध श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय भएको फौ.पु.नं. १९ को सरकारी हानीनोक्सानी मुद्दा निर्णय मिति ०२५।३।८।६ मा । फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याइपाउँ भनी निवेदक वादी हरिप्रसाद शेरचनले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३३।१२।४ मा छिनिएको लिलाम बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने बक्स भई आएको हु. प्रमाङ्गीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : कटकबहादुरसँग बुटोल खस्यौली न.पं.को दर्ता नं. १ को घडेरी जग्गा ९२। कि.नं. २५ को १९। जग्गा ०२६।३।१८ मा रु.१३०००। मा राजीनामामा लिई ०२६।३।२० मा पारित गरी भोग गर्दै आएको मेरो जग्गा कटकबहादुरले दिनुपर्ने लेनदेनमा गैरकानूनी साथ लिलाम गरेको हुँदा अ.बं.१७ नं. बमोजिम आवेदन गर्दछु । लक्ष्मीप्रसादले आफ्नो लेनामा कटकबहादुरउपर फिराद गरेकोमा ०२५।११।१६ मा एकतर्फी फैसला भएको सोबमोजिम दर्खास्त परी लिलामको कारवाई चलिरहेको कटकबहादुरको निवेदन परी म्याद वेरीत हुँदा अर्को म्याद दिई कानूनबमोजिम गर्नु भन्ने अञ्चल अदालतको आदेशबमोजिम प्रतिउत्तर परी कारवाई हुँदा ०२६।६।१ मा रु.३३५३।९१ कटकबहादुरबाट लक्ष्मीप्रसादले भरिपाउने फैसला भएउपर परेको पुनरावेदनमा सुरुको सदर भई फैसला भएको लक्ष्मीप्रसादको ०२५।११।१६ को फैसलाअनुसारको विगो भराउने कारवाई स्थगित रहेकोमा अञ्चल अदालतको अन्तिम फैसलाबमोजिम बिगो भराइपाउँ भनी ०२६।१०।१५ मा दर्खास्त दिएको रुपन्देही जि. अ.बाट कटकबहादुर बुझ्दै नबुझी नगरपञ्चायतको सदस्य नराखी जग्गा नरहेको स्थान भैरहवामा बढाबढ गरी डाक बोलेको डाक बोल्ने डिल्लीराजका नाउँमा डाक खतम गरी लिलाम भएको दं.स.३०।३७ नं. विपरित कटकबहादुर र म निवेदकलाई थाहा पत्तै नदिई वेरीतसँग गरेको लिलाम बदर गरिपाउँ भन्नेसमेत हरिप्रसादको निवेदन । ३. उक्त निवेदनमा यसमा के कसो भएको हो सबै विवरण प्रष्ट खुलाई प्रतिवेदन पठाउनु भन्ने स.अ.सिंगलबेञ्चबाट भएका आदेशानुसार पेश हुन आएको रुपन्देही जि. अ.को प्रतिवेदनमा यसमा दुवै पक्षलाई झिकाई अ.बं.१७ नम्बर बमोजिम गर्नु भन्ने सिंगलबेञ्चबाट ०२७।३।११ मा आदेश भएको रहेछ । ४. आफ्नु जग्गा अरूले लिलाम गराइलिएमा अ.बं.८६ नं. लेनदेन व्यवहारको २३ नं. ले समेत दिएको बाटो अपनाउनुपर्नेमा नगरी अ.बं.१७ को आधार लिएकोमा