निर्णय नं. १२०३ - हकसफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२०३ - हकसफा भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०९/१० २५३० निर्णय नं. १२०३ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको देवानी पुनरावेदन नम्बर १६९ फैसला भएको मिति : २०३५।९।१०।२ मा पुनरावेदक : जि. पर्वत, कुस्माशिवालय गा.पं. वडा नं. ४ बस्ने धनसरी सन्यासी विरुद्ध विपक्षी : ऐ.ऐ. गाउँ बस्ने जि. मु.वलभद्र गिरी मुद्दा : हकसफा (१) साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्न पर्ने, थैलीमा मुख नमिलेमा ऐनबमोजिम अदालतमा नालिस गर्ने कार्यविधि सुरु गर्नुपर्ने सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुन नसक्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट फैसला भएको निर्णयमा पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : खारपानी भन्ने पाखो खरवारी कित्ता १ ऐ.जग्गामा बनेको खरको छाना भएको ४ तले कच्ची घर १ र धनसार घर २ सदेवारी भन्ने जग्गा कित्ता १ समेत विपक्षी धनसरी निजको छोरा खडानन्दले उक्त घरमा बसी जग्गा कमाउन लागेछन भन्ने ०३०।५।३० गते खवर पाएको खडानन्द समेतलाई तिमीहरुले के व्यहोराबाट कमाएको हौ । यो घरमा तिमीहरु बस्ने गरेका छौ के कसो भन्दा हरिकृष्णबाट राजीनामामा लिई हक हुन आएबाट घरमा बसी जग्गासमेत कमाइ गर्न लागेका छौ भनी जवाफ दिएको हुँदा के कति मोलमा लिएको हो साहुको थैली कति हो भन्दा साहू मिति यो हो थैली यति हो भन्ने भनी रहन खाँचो छैन भन्ने जवाफ गरेको हुँदा थैली यकिन ठहर भएपछि धरौट राख्नेछु । ०३०।१।२० गते राजीनामा पारित गरेको भन्ने कुरा ०३०।६।१ मा सुनी थाहापाएको हुँदा थैली यकिन ठहर गरी गराई साहू ठहरिएका विपक्षीलाई बुझाउन लगाई लेनदेन व्यवहारको ११ नं. बमोजिम गरी पाउन अनुरोध गर्दछु । हक इन्साफ भई लेखिएका घर जग्गाको थैली एकिन ठहर गरी लेनदेन व्यवहारको ३७ नं. बमोजिम सजायसमेत गरिपाउँ भन्नेसमेत वादी वलभद्रको फिरादपत्र । ३. वादीको छोरासमेत बसी मोल गरी खारपानी भन्ने र सदेवारी भन्ने जग्गा र घर धनसारको थैली रु.१९०००। मोल गरी हरिकृष्णलाई दिई ०३०।१।१० मा रजिष्ट्रेशन पारित गराई म धनसरीले लिई सोही दिन बेलुका सो घरजग्गामा प्रवेश गरी छोरा खडानन्दसमेतका परिवार त्यहाँ छोडी भारत आसाम गरमपानीमा गएका हुन वादीको र हाम्रो एकै गाउँपञ्चायत एकै ठाउँको भएको पारित गर्ने अड्डासमेत एकै पञ्चायत हुँदा थैली मिति साहू थाहा नहुने सम्भवै नहुने राजीनामा लिएको जमिन एकै गाउँपञ्चायत वडाको हुँदा वादीलाई मौकै ०३०।१।१० गतेमा थाहा भएको वादीले थाहा पाइन भनी झुठ्ठा उजूर दिएको वादीको लागि दावीबाट फुर्सत गरिपाउँ भन्ने धनसरी १ खडानन्द १ समेतको संयुक्त प्रतिवादी । ४. प्रतिवादी खग सन्यासीले सुरु म्यादै गुजारी बसेको । ५. एकै गाउँपञ्चायत वार्डभित्रको जग्गा भएको र उक्त घर जग्गाबाट वादीको घर १२० गजभन्दा फरक छैन भनी बकेबाट देखिन सकिने अवस्थाको कुरो वादीलाई मौकैमा उसैबखत थाहा थिएन भन्न नसकिने भई थाहापाएको ३५ दिनभित्र उजूर दिनुपर्नेमा सो नदेखिएकोले लेनदेन व्यवहारको ११ नं. अनुसार किनेबेचेको पक्का हुन्छ । हकसफा गर्न पाउने ठहर्दैन भन्नेसमेत ०३