निर्णय नं. ६९६९ - जग्गा खिचोला चलन, हक कायम दर्ता वदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९६९ - जग्गा खिचोला चलन, हक कायम दर्ता वदर दर्ता भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०५/१५ ३२३३ निर्णय नं. ६९६९ ने.का.प. २०५८ अङ्क १.२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री केदार प्रसाद गिरी संम्वत २०५६ सालको दे.पु.इ.नं....५७ फैसला मितिः २०५७।५।१५।५ मुद्दाः जग्गा खिचोला चलन, हक कायम दर्ता वदर दर्ता । पुनरावेद/प्रतिवादीः सिरहा जिल्ला जानकीनगर गां.वि.स. वडा नं. ४ बस्ने जगाई दाशको श्रीमती वर्ष ८४ की सुदामा वनियाइन समेत विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. बस्ने रामेश्वरदाशको श्रीमती अं. वर्ष ७४ की सखिया वनियाइन पुनरावेदक पक्षका विद्वान अधिवक्ताले सर्वप्रथम मिसिल संलग्न नक्सा मुचुल्कालाई वहस जिकिरमा आधार बनाउनुभएको छ । निजद्वारा तारेख नै नतोकेको दिनमा नक्सा भएको तर मेरो पक्षले सही नगरेको भनी नक्सा कैफियतगलत तथ्य लेखिएको भन्ने जिकिर लिएको सम्बन्धमा त्यस्तो नक्सा गर्ने व्यक्तिहरु उपर समयमा नै नालिस उजुर गरी आफ्नो जिकिर कायम गराएको देखिन आउँदैन । तसर्थ हालको अवस्थामा आएर नक्सा सम्बन्धी त्यस किसिमको वहस जिकिर स्वीकारयोग्य नदेखिएको हुँदा सो नक्सा प्रमाणग्राहय नै देखिने ।वादीले २०१८।१२।२३ मा घरायसमा गरिदिएको भरपाइको आधारमा वादीले अंश बुझी लिई अरु जग्गाको दावी छोडिदिएको भन्ने पुनरावेदक पक्षेका अर्को जिकिरतर्फ विचार गर्दा उक्त भरपाइमा जगाइदाशले सखिया वनियाइनलाई गरिदिएको राजिनामाको उल्लेख गरी सिरहा इलाका अदालतको फैसलाले सखियाले ३ विगाहा जग्गा र विगो समेत भरि पाउनेमा जग्गा विगाहा २–१२–० मात्र लिई ०–८–० र विगो समेत छाडिदिनेसम्म व्यहोरा उल्लेख भएको देखिन आउँछ । लिखतको अर्थ गर्दा सो लिखत गर्नुपर्ने स्थिति र त्यसपछिको पक्षहरुको व्यवहार समेतको समुचित विचार गरी सो लिखतको सम्पूर्ण व्यहोरालाई समेत हेर्नुपर्छ । विवादित लिखत अवलोकन गर्दा फैसलाले पाउने विगो र जगाइको नाउँको ज.वि. ३–०–० जग्गा मध्ये ज.वि.०–८–० मात्र जग्गा छाडी ज.वि.२–१२–० जग्गा बुझी भरपाइ गरिदिएको देखिन्छ । अंश जस्तो नैसर्गिक हक छोडेको भन्ने अर्थ गर्नलाई लिखतमा नै अंश छोडेको व्यहोरा जनिनु पर्ने र त्यस्तो नजनिएकोमा लिखतको व्यहोराबाट जे जति कुरा छोडेको हो त्यति मात्र छोडेको अर्थ गर्नुपर्ने स्पष्ट छ । प्रस्तुत लिखतले जगाइको नाउँको ३–०–० जग्गा पाउनेमा २–१२–० लिई मुद्दाको विगो समेत छोडी कागज गरेकोलाई आप्mले भोगचलन गरी आएको घरवासको आफ्नो लोग्नेको संयुक्त नाउँमा साविक दर्ता रहेको जग्गा समेतको हक छाडी भरपाइ गरिदिएको भन्ने सो लिखतको व्यहोराबाट देखिन आउँदैन । सो लिखत भएको धेरै वर्षपछि राजकुमार दास वादी र यस मुद्दाका वादी प्रतिवादी भएको जग्गा खिचोला मुद्दामा रामेश्वरदासकी श्रीमती सखिया वनियाइन र यस मुद्दाका प्रतिवादीहरु जगाइदाशकी पत्नी छोराहरु समेतले संयुक्त प्रतिउत्तर फिराउँदा रामेश्वर साहु जगाइ नाउँ दर्ताको साविक कि.नं. १६५८, १६९९ र १७०० को ०–२–१० जग्गामा सखिया समेतको घरवास भोग भएको हाम्रो बीचमा चलअचल वण्डा भई हामी छुट्टी भिन्न भएपनि घरवासको जग्गा पृथक पृथक नछुट्याई घरमात्र वेग्लावेग्लै बनाई सखिया समेतले घर छुट्याई भोगिआएको भन्ने उल्लेख गरेको प्रमाणको मिसिलबाट देखिन्छ । साथै सोही मुद्दाको नक्सा मुचुल्काको न.नं.. १२ मा सखियाका भोग चलनको घर देखाइएको र सोही जग्गा यस मुद्दाको मिति २०५१।१।२८ को नक्सा मुचुल्कको विवादित जग्गासँग मिले घिडेको देखिन आएबाट