निर्णय नं. ९१६४ - लागु औषध खैरो हिरोइन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१६४ - लागु औषध खैरो हिरोइन भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/११/२१ ५३०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।११।२१।४ ०६८-CR-०५४० मुद्दा :– लागु औषध खैरो हिरोइन । पुनरावेदक/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काभ्रेपलाञ्चोक, सल्ले भुम्लु गा.वि.स. घर भै हाल का.जि. का.म.न.पा. वडा नं. २३ बस्ने राजु लामा तथा ०६८-CR-०३०८ पुनरावेदक/प्रतिवादी : काभ्रेपलाञ्चोक, सल्ले भुम्लु गा.वि.स. घर भै का.जि. का.म.न.पा. वडा नं. २३ बस्ने हाल केन्द्रीय कारागार कार्यालयमा थुनामा रहेका राजु लामा विरूद्ध प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार लागु औषध अपराधको प्रकृति सांगठनिक अपराध भएकोले यस किसिमको अपराधमा मुख्य कर्ता र मतियार नभई सबै मुख्य कर्ता हुने अवस्था हुन्छ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरलाई मान्ने हो भने लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १७ मा भएको उपरोक्त कानूनी व्यवस्था निस्प्रयोजन मात्र नभई षडयन्त्र गर्ने, उद्योग गर्ने, दुरूत्साहन गर्ने र मतियार हुनेलाई सजाय गर्ने विधायिकाको मनसाय नै लुप्त हुन जाने देखिन्छ । विधायिकी मनसाय नै निस्प्रयोजन हुने गरी अदालतले व्याख्यासमेत गर्न नमिल्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान्‍ सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी प्रतिवादीका तर्फबाट : विद्वान्‍ अधिवक्ता श्री सोनी रघुवंश अवलम्बित नजीर : सम्बद्ध कानून : फैसला न्या.सुशीला कार्की : पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादी प्रतिवादी दुबैको तर्फबाट पुनरावेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर फैसला यसप्रकार छ :– काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कालीमाटी चोकबाट कलङ्कीतर्फ जाँदा माली आयल पम्पको ठीकअगाडि सडक किनारामा शङ्‍कास्पद अवस्थामा जितेशकुमार श्रीवास्तव र राजु लामाको शरीर खानतलासी गर्दा जितेशकुमार श्रीवास्तवको साथबाट लागु औषध खैरो हेरोइन ७० ग्राम, कालो सेतो कलरको सामसुङ लेखिएको मेरो मोबाइलको सिमकार्ड सहितको मोबाइल १ थान तथा हजार दरको नेपाली रू. ३०,०००।– फेला परेको, निजसँगै रहेको राजु लामाको सँगसाथमा कुनै अवैध चीजवस्तु केही फेला नपरेको, निजले बायाँ हातमा लगाएको U.S.B. मोबाइल घडी १ थान फेला परेकोले फेला परेको लागु औषध तथा निज जितेशकुमार श्रीवास्तव र राजु लामालाई पक्राउ गरी लगेको ठीक साँचो हो भन्नेसमेत व्यहोराको मिति २०६६।०७।१७ गतेको खानतलासी एवम्‍ बरामदी मुचुल्का । जितेशकुमार श्रीवास्तवले भारततर्फबाट लागु औषध खैरो हेरोइन संकलन गरी ल्याई काठमाडौंतिर बस्ने राजु लामा भन्नेलाई बिक्रीसमेतको कारोबार गर्न लागेका छन् भन्ने विशेष सुराकद्वारा जानकारी प्राप्त हुन आएकोले निजहरूलाई खोजतलास गर्दै जाँदा २०६६।०७।१७ गते साँझको समयमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कालीमाटी चोकबाट कलङ्कीतर्फ जाँदा माली आयल पम्पको ठीकअगाडि सडक किनारामा दुई जना व्यक्ति शङ्‍कास्पद अवस्थामा उभिई कुरा गरिरहेको अवस्थामा फेला परेकोले निजहरूसँग सोधपुछ गर्दा पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. १९ नगवा घर भएको उमेर ३५ वर्षको आफू जितेशकुमार श्रीवास्तव नाम बताउने व्यक्ति र काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २३ ओमबहाल बस्