निर्णय नं. १२०६ - उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०६ - उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१०/०४ २८३२ निर्णय नं. १२०६ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट नम्वर १०२६ आदेश भएको मिति : ०३५।१०।४।५ मा निवेदक : ल.पु. झम्सिखेल बस्ने का.मु.अर्थविज्ञ गणेशमान सिंह अधिकारी विरुद्ध विपक्षी : लोकसेवा आयोग वसन्त भवन, विशालनगर, काठमाडौं समेत विषय : उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ (१) राजीनामा पेश गर्ने व्यक्तिको पदाधिकार समाप्त भएको सम्झनुपर्ने र पदाधिकार समाप्त भइसकेकोमा माथिल्लो पदमा बढुवा हुने अधिकार पनि स्वतः समाप्त हुने । (प्रकरण नं. ९) निवेदन तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थी श्री देवेन्द्रप्रसाद चापागाइँ समेतको सिफारिशलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी मैले प्राप्त गरेको विकासको नोकरीसमेतको अङ्क जोडी बढुवाको लागि सिफारिश गरिदिनु भन्ने प्रत्यर्थी आयोगका नाउँमा परमादेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : प्रत्यर्थी लोक सेवा आयोग (उ.नि.) शाखाले ०३४।९।१८ मा गणेशमान सिंह अधिकारी का.मु.कृषि अर्थविज्ञ खाद्य तथा बजार सेवा विभागलाई पत्र लेखी श्री ५ को सरकार खाद्य कृषि तथा सिंचाइ मन्त्रालय र लोक सेवा आयोग पदोन्नति शाखालाई दिएको बोधार्थ पत्रमा राजपत्राड्ढित तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा हुने कृषि सेवा बजार सेवा तथ्याङ्क समूहको पदको निमित्त मिति ०३४।६।१९ को गोरखापत्रमा प्रकाशित बढुवा सिफारिशको नामावलीमा चित्त नबुझी नि.से.नि.३।५ (९) र १० अनुसारको तपाईंले दिनुभएको उजूरी आयोगमा पेश भई छानवीन हुँदा तपाईंले लोक सेवा आयोगको खुल्ला प्रतियोगिताबाट सर्वप्रथम स्थायी नियुक्ति भएको मितिभन्दा पहिलेको विकासको नोकरीको अङ्क श्रेणी नखुलेको माष्टर डिग्रीको प्रथम श्रेणीको अङ्क अवधि नाघेको स्वास्थ्य प्रतिवेदनको अङ्क तथा माष्टर कोर्स प्रवेश हुँदाको क्वालिफाइङ्ग कोर्सको पनि तालिम भनी अङ्क दावी गरेको र सो कटाउँदा बढुवा सिफारिशको अन्तिम क्रममा परेकाको भन्दा तपाईंको कुल प्राप्ताङ्क घटी भएकोले तपाईंको उजूर आधारहीन ठहराइ अब हुने बढुवामा तपाईंको कुल प्राप्ताङ्कबाट नि.से.नि.अनुसारको अङ्क कट्टा हुने व्यहोराको सूचना दिने निर्णय भएको व्यहोरा अवगतार्थ आदेशानुसार अनुरोध गर्दछु भन्ने उल्लेख भएको रहेछ । ३. नि.से.नि.दफा ३ (७) मा सम्बन्धित कुनै योग्य उम्मेद्वारको दरखास्त पेश नभएको कारणबाट निजको नाम उम्मेद्वारहरुको सूचीबाट हटाइने छैन भनी कर्मचारीको सुरक्षा गरेको छ । मैले मिति ०२४।३।१४ देखि मिति २०२८।३।२४ सम्म जम्मा ४ वर्ष १० दिन विकासतर्फको स्थायी राजपत्राड्ढित प्राविधिक तृतीय श्रेणीको पदमा अटुट नोकरी गरी लोक सेवा आयोगको खुला प्रतियोगिताको सिफारिशमा श्री ५ को सरकारको मिति २०२७।३।२४ को निर्णयअनुसार साधारणतर्फको राजपत्राड्ढित प्राविधिक तृतीय श्रेणीको पदमा नियुक्ति प्राप्त गरी हालसम्म अटुट नोकरी गरी आएको छु । विकासतर्फको नोकरी प्रशासन व्यवस्था विभागको किताबखानामा दर्ता भई जोडी आएको प्रमाणपत्र निजामती किताबखानाको पत्र स