निर्णय नं. १२०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/०९/२४ २४१९ निर्णय नं. १२०७ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्वर १३११ आदेश भएको मिति : २०३५।९।२४।२ मा निवेदक : सुनसरी जिल्ला धरान न.पं. वडा नं. ४ बस्ने पुष्पलाल घिमिरेसमेत विरुद्ध विपक्षी : जि. मोरङ वखरी गा.पं. वडा नं. ४ बस्ने द्रोणकुमार भट्टराई विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुन जग्गामा कस्तो घर बनेको भन्ने तथ्यबारेमा असाधारण अधिकारक्षेत्रबाट बोलिरहनु नपर्ने । (प्रकरण नं. ६) आदेश न्या. हेरम्बराज: प्रत्यर्थी भूमिप्रशासकको ०३४।१२।२४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : लक्ष्मीप्रसाद, पुष्पलाल, राजकुमार आचार्य, रङ्गनाथ ढकालसमेत ४ जनाको नाममा गोग्रेंदा मौजाको साविक कि.नं. १५१ मा दर्ता भएको ज.वि.२–०–१७:१/२ बीचबाटै विराटनगर धरान सडक बनिन गई उक्त जग्गा २ तर्फ पूर्व विराटनगर नगरपञ्चायत र पश्चिमतर्फ वखरी गा.पं.मा परी वखरी गा.पं.तर्फ परेको जग्गा विपक्षमा मोही भई कमाई आएको २०२४ सालमा समेत नापी हुँदा वखरी गा.पं.तर्फको जग्गा नापी भई वार्ड नं. ८ ख.कि.नं. २४ मा ०–९–१४ घ.दो.र कि.नं. २५ मा ज.वि.०–०–१२ मिट अवलसमेत जम्मा विगाहा ज.वि.०–१०–६ हामी दुई जनाको भागमा परी २०३२।९।१६ मा पारित जग्गाधनी पूर्जा पाएको उक्त जग्गाको मोही विपक्षी भई ०३२ को कूत बाली नबुझाएको र धरौटी राखेको सूचना पनि हामीलाई प्राप्त नभएको हुँदा भू.सु.ऐन नियमअनुसार मोही हकबाट निष्कासन गरी धान मन १ को रु.५०।–र मकै मन १ को ८० ले हुने बालीको विगो रु.२९८।७५ विपक्षबाट दिलाइपाउँ भन्ने पुष्पलाल घिमिरेसमेतको फिरादपत्र परेकोमा फिराद लेखबमोजिम फिरादवालासमेत ४ जना दर्ताको ज.वि.२–०–० जग्गा २०१९ सालको बालीदेखि साल १ को रु.७५।–का दरमा ठेक्का बुझाउने शर्तमा मैले जग्गा कमाउने गरी ०१८ साल जेष्ठ ३ गते कबुल गरी लिएको विपक्षी मध्यका लक्ष्मीप्रसादले ठेक्काको कागज लेखिदिनुभएको हुँदा ०१८ सालको बाली देखी उक्त ज.वि.२–०–० मैले कमाइआएको ०१८ सालको ठेक्काको रु.७५। मिति ०१९।४।२० मा विपक्षी लक्ष्मीप्रसादले बुझी सो को भरपाइसमेत गरेको छ । पछि सालहरुको भरपाइ दिनुभएको छैन । जग्गा छुट्टाएपछि बाली नबुझिदिनु भई ०३२।११।२८ मा ठेक्का लिखतबमोजिम बखती गा.पं.मा धरौट भा.रु.७५ को हुने रु.१०५। राखेको छु । विपक्षीहरुले मोहियानी छोडाउने उद्देश्यले कूत बुझाउन जाँदा नबुझी बुझाएन भनी बढी दावी गर्नुभएको हो भन्नेसमेत प्रतिउत्तर भएकामा भू.सु.अ.बाट प्रतिवादीले मोहीको हैसियतले बुझाउनुपर्ने कूत वादीले नै ०१८।२।२ मा गरिदिएको दोहरा कबुलियतको हुने कूत रकम २०३२।११।२८ मा बखरी गा.पं.मा धरौटी राखको मिसिल संलग्न भरपाइको नक्कलबाट देखिएकोले कूत नबुझाएको भन्न मिलेन । अतः वादी दावा पुग्न सक्ने नदेखिएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने निर्णय भएको रहेछ । ३. जग्गाधनीको जग्गा मोहीले कमाएपछि जग्गाधनीलाई कूत तिर्नु मोहीको प्रथम कर्तव्य हो । कूत बुझाउँदा तोकिएको म्यादभित्र जग्गाधनी वा जग्गाधनीको प्रतिनिधिलाई बुझाउनुपर्ने र कुनै कारणवश नबुझे र दर्खास्तसाथ बुझाउनु पर्ने कूत बजारभाउले नगदमा परिणत गरी स्थानीय पञ्चायत मालअड्डा वा भूमिप्रशासन कार्यालयमा धरौट