निर्णय नं. १२०८ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०८ - लेनदेन भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१०/०४ २३६७ निर्णय नं. १२०८ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको देवानी पुनरावेदन नम्वर ९८ निवेदक : जि. डडेलधुरा छग खां को हाल जि. कञ्चनपुर रैना बस्ने परमानन्द पन्त विरुद्ध विपक्षी : जि. डोटी जोरायल वडाखेल गाउँ बस्ने तारानाथ भट्ट मुद्दा : लेनदेन (१) वादीले लिखतलाई सद्धे कीर्तेमा तहकिकात गर्न म्यादमा उपस्थित हुँदैन भने त्यस्तो फिरादको दावी पुग्न सक्दैन । (प्रकरण नं. ९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. हेरम्बराज : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसलाउपर प्रतिवादीको निवेदनबाट पुनरावेदकको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ । २. अन्याय परमानन्द २०१३।८।२४ गते मेरा घरमा आई ललितसँगको सजिया काम गर्न रु.१२०००। दिनुहोस भनेकाले मसँग भएको भा.रु.२०००। र यही पौष २ गते ने.रु.२८६५। कर्जा दिँदा भा.रु.२०००। को महिना १ को रु.५०। का दरले व्याजसमेत ४ महिनाभित्र र ने.रु.२८६५। एक दुई महिनामा बुझाउँला भनी आफ्नै हस्तले ०१३।९।२ मा कागज लेखिदिएको । त्यसपछि अरू रुपैयाँ देउ भनेकोमा मसँग नहुँदा बाधा थारुसमेत सँगको लिनुपर्ने रुपैयाँ उठाई लिनु भनी कारवाई लेखिदिएबमोजिम निज बाधा थारुसमेतबाट उठाइलिएको भा.रु.६९७४ मेरो जिम्मा छ भनी ०१५।३।२९ मा निज परमानन्दले आफ्नै हस्ता फाँटबारी लेखिदिएबमोजिम निज परमानन्दलाई नासो धरौटका ऐनबमोजिम रहेको भा.रु.२००० र ने.रु.२८६५। मेरो कर्जा भएको सो रुपैयाँ तिर्दैन भनी जवाफ गरेकाले भा.रु.२००० को ने.रु.३२००। र ने.रु.२८६५ समेत जम्मा ने.रु.६०६५। सावाँ र मुद्दा किनारा हुँदातकको समेत र उक्त जिम्मा रहेको भा.रु.६९७४। ले ने.रु.१११५८।६५ समेत निज परमानन्दबाट भराई–दिलाइपाउँ भन्नेसमेत ०१९।८।३ को फिराद रहेछ । २. १, २ वर्ष मेरो काम चलाइदिनुपर्यो, महिनाको रु.१००। का दरले दिनेछु भनी भनेकाले २०१२ साल चैतदेखि २०१६ साल जेष्ठ तक उहाँको मुनिम काम गर्दा हरसाल काम गर्दा हरसाल कामकाज गरी पटक–पटक काम गरेको हिसाब बाँकी भए वादीलाई र वादी नभए वहाँको एकाघरका छोरालाई बुझाउने गरी आएको निजले ०१६ साल आषाढदेखि काम छाडेको तलव र अरू नौरंगा मौजाको ३ वर्षसम्मको आयस्ता र गैरकानूनीसँगको रघुनाथ जमानत भएको रुपैयाँसमेत माग्दा आलटाल गर्ने र भा.रु.२००० र ले ने.रु.२८६५। दिएको भन्ने हकमा भा.रु.बुझाई कापीकै एकतर्फ पानामा आफैले असूल जनाई आम्दानी खर्चको बही बुझाई दिएको छ । तलव र नौरंगा मौजाको आयस्ता जमानत भएका रुपैयाँ समेतमा दावी गर्छ कि भनी नासो धरौटका नलाग्ने ऐन लगाई नालिस गरेको हुनाले झुठ्ठा खारेज गरिपाउँ । इन्साफ हुने भए मेरो नौरंगा मौजाको आयस्ता जमानत भएको रुपैयाँसमेतमा दावी गर्छु भनी मेरो हिसाव मार्ने नियत लिई उल्टा मउपर झुठ्ठा लेनदेनमा फिराद गरेकोले झुठ्ठा पक्राउबाट फुर्सद पाउँ भन्नेसमेत जि. परमानन्द पन्तको प्रतिउत्तर रहेछ । ३. लिखित रीतपूर्वकको नहुँदा नलाग्ने दावी दर्ता गरेको खारेज हुन्छ भन्नेसमेत सुरु डोटी तथा बाजुरा जिल्ला अदालतको मिति ०२२।१०।२८ को फैसला रहेछ । ४. उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी तारानाथ भट्टका पुनरावेदनमा परेकोमा, २०१३ र २०१४ सालको असामीको स्वहस्ताको कागजबमोजिमको भनी वादीले दावी गरेको पुरानो मुलुकी ऐन कागज जाँच र साहू असामीको महल र अन्य ऐन वा