निर्णय नं. १२०९ - उत्प्रेषण वा अन्य आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२०९ - उत्प्रेषण वा अन्य आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/११ २८४१ निर्णय नं. १२०९ ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रि.फु.नं. ३९ आदेश भएको मिति : ०३५।११।११।६ मा निवेदक : का.जि. का.न.पं. वडा नं. ७ अन्तर्गत सिफले बस्ने सन्तबहादुर मगर विरुद्ध विपक्षी : भू.प्र.कार्यालय काठमाडौंको का.भूमिप्रशासक श्री विष्णुप्रसाद खत्रीसमेत विषय : उत्प्रेषण वा अन्य आदेश जारी गरिपाउँ (१) सर्वोच्च अदालतको आदेशानुसार भूमिप्रशासन कार्यालयले निवेदकलाई पुनः बुझ्नुपर्ने व्यवस्था कानूनले गरेको नदेखिँदा प्रतिवाद गर्न पाइन भन्ने निवेदकको भनाई युक्तिसंगत नदेखिने । (प्र.नं. ९) (२) भूमिप्रशासन कार्यालयले निवेदकको मोहियानी कायमै राख्ने गरेको निर्णय बदर भइसकेकोले त्यस्तो बदर भइसकेको निर्णयलाई आधार बनाई आएको निर्णय प्रतिकूल निर्णय गर्दा मोहीलाई नबुझेको प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. ९) (३) अघिको निर्णयलाई बदर गरेपछि निर्णय सुन्य हुने हुनाले कानूनबमोजिम कायम रहेको अघिको कारवाहीको आधारमा सर्वोच्च अदालतको आदेशानुसार पुनः निर्णय गर्दा निवेदकलाई अघि नै यस विषयमा प्रतिवाद गर्ने मौका प्राप्त भई निर्णय भएको देखिएको हुनाले अघिको निर्णयको सन्दर्भलाई दृष्टिगत गरी पुनः मोहीलाई बुझ्नुपर्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. ९) आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निर्णय हुँदा माननीय न्यायाधीशहरुमा मतैक्य हुन नसकी यस बेञ्चसमक्ष निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यसप्रकार छ : का.जि. चाबहिल गा.पं. वडा नं. १ को कि.नं २२ को रोपनी ३–३–२ पाखो दोयम जग्गा विपक्षी मोही भई जोती कमाई आएकोमा बाली बाँकी राखी नदिई पचाई खाने नै नियत गरेकोले यो ०२९ सालको बाँकी बालीमा उजूर गर्नआएको छु दिए किसिमबमोजिम जिन्सी नै मकै मुरी १।३।२–३–४ र नदिए प्रचलित दरभाउ मुरी १। को रु.७५। ले हुने रु.८७।५० विपक्षीबाट दिलाई भराई जग्गाबाट समेत निष्कासन गराइपाउँ भन्ने वादी गणेशकुमारी पराजुलीसमेतको उजूरी । ३. मिति ०३०।१२।२९ मा प्रतिवादीका नाउँमा ७ दिने समाहृवान तामेल भई प्रतिउत्तर नफिराई थाम्ने हदम्यादसमेत गुजारी बसेकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ को उपदफा ३ अनुसार बाली भरी पाउने र ऐ.दफा २९ को उपदफा १ अनुसार वादी दावीको कित्ता जग्गाबाट मोहियानीको हकसमेत निष्कासन हुने ठहर्छ भन्नेसमेत जिल्ला कार्यालय भूमिप्रशासन शाखा काठमाडौंबाट ०३४।५।२८।३ मा निर्णय भएको रहेछ । ४. विपक्षी मध्येको गणेशकुमारी पूर्णकुमारी जग्गाधनी निवेदक मोही भई चावेल गा.पं. वडा नं. १ को कि.नं. २२ को ३–३–२ जग्गा मोहियानीमा कमाई सो जग्गामा घरबास गरी सालसालको बाली बुझाउँदै आएको थिए त्यसैमा ०२९ सालको बाली बुझी भरपाई नदिई ०२९ सालको बाली नदिएकोले बिगो रु.७।५० भराई जग्गाबाट निष्काशित गरिपाउँ भनी विपक्षी भू.प्र.का.काठमाडौंमा उजूर गरेको रहेछ मेरा नाउँमा म्यादै नआई बीच बीचमै म्याद तामेल गरी एकतर्फीबाट विगोसम्म पाउने जग्गाबाट निष्कासन नहुने गरी निर्णय भएछ सो निर्णयउपर सम्मानित अदालतमा रिट नम्बर १२१५ को रिट निवेदन विपक्षीले दिएकोमा परमादेशको आदेश जारी भई पुनः भूमिप्रशासन कार्यालयमा दायर हुन गएकोमा दुवै