निर्णय नं. ६९७१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७१ - कर्तव्य ज्यान भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०२/२० ३१८१ निर्णय नं. ६९७१ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास सम्माननीय प्रधानन्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह संवत २०५१ सालको फौ.पु.नं....११६४ फैसला मितिः २०५७।२।२०।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादीः धनबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः लमजुङ्ग जिल्ला भुलभुले गा.वि.स. वडा नं. ८ बस्ने लालबहादुर तामाङ हत्या गर्ने मनसाय सहित लाठा ढुंगा र साधारण सानातिना हातहतियारले कुटी हानी रोपी घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकै जनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एकजना र धेरै जनाको हुल भै मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छ भन्ने व्यवस्था मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. ले गरेबाट यस ऐन बमोजिम दावी बमोजिम सजाय हुनको लागि अप्राकृतिक रुपले मारौं भन्ने मनसाय राखी उल्लेखित क्रिया मध्ये कुन एक क्रिया गर्दा सो कारणबाट व्यक्तिको मृत्यु भएको हुनुपर्ने अवस्थालाई इङ्गित गरेका पाइन्छ । प्रस्तुत मुद्दाको प्रकृति यस अनुरुप रहे भएको देखिन आउँदैन । तसर्थ माग दावी बमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम प्रतिवादीलाई सजाय गर्न मिल्ने अवस्था देखिन नआउने । सोही महलको १४ नं. बमोजिम सजाय हुनुपर्ने हो कि भन्ने तर्फ विचार गर्दा ज्यान मार्नाको मनसाय रहेनछ, ज्यान लिनु पर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा वाहेक साधारण लाठा ढुंगा लात, मुक्का इत्यादी हान्दा सोही चोट पीरले ऐनका म्याद भित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्न व्यवस्था गरेको देखिन आउँछ । यसबाट प्रस्तुत ऐन बमोजिम सजया हुनको लागि मृतक र हिर्काउने व्यक्तिका बीचको अवस्था पुष्टि गर्दै मृतक र अभियुक्त बीच उसै मौकामा उठेको कुनै रिस थाम्न नसकी उल्लेखित तवरले हान्दा मृतकको मृत्यु भएको हुनुपर्ने विषयलाई स्वीकार गरेको पाइन्छ । यस नं. ले मृतक र हिर्काउने व्यक्ति बीच प्रत्यक्ष सरोकार रहनुपर्ने र तत्कालको परिस्थितिबाट मानिसको मृत्यु हुन गएमा मनसाय प्रेरित हत्याको भन्दा कम साजय हुन सक्ने अवस्था प्रस्तुत गरेको देखिन आउँछ । यस मुद्दाको प्रकृति हेर्दा मृतक र यी प्रतिवादीहरु बीच कुनै वादविवाद झै झगडा भएको वा मृतकको खास कृयाबाट मृतक र प्रतिवादीका बीच विवाद उत्पन्न भै सो विवादको कारणबाट सिर्जित रिसको आवेगमा मृतकलाई चोट छोडेको भन्ने अवस्था देखिन आउँदैन । मृतकको मृत्यु यिनै प्रतिवादीले हानेको दाउराको चोटले हुन गएको देखिन्छ । तापनि सो १४ नं. ले परिकल्पना गरेको मृतक र अभियुक्त बीच रहनुपर्ने आपसी कडीको अवस्था विद्यमान रहेको पाइदैन । मृतक र प्रतिवादीका बीच भनाभन भएको वा अरु कुनै कारणले वादविवादको कार्य कारणबाट दुईका बीच चोट छोड्नु पर्ने अवस्था श्रृजना रहे भएको पाइदैन । तसर्थ सो १४ नं. प्रतिकूलको कार्य भएको नदेखिंदा सो बमोजिम सजाय गर्न मिल्ने पनि देखिन नआउने । प्रस्तुत मुद्दामा घटित वारदातको स्थिति हेर्दा उनाउ व्यक्ति दर्जलालसँग यी प्रतिवादीको बीच झगडा भएको भनाभन भै मृतक सेते तामाङको चिया पसलमा रहेको डलेठो दाउरा उठाई दर्जलाल तामाङलाई दुई चोटी हिर्काएको तेस्रो पटक हा