निर्णय नं. १२१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/१५ २३९९ निर्णय नं. १२१० ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको रि.फु.नं. ५१ आदेश भएको मिति : ०३५।११।१५।३ मा निवेदक : जि. पर्सा वीरगञ्ज न.पं. वडा नं. १५ मुरली बस्ने विश्वनाथ शाह विरुद्ध विपक्षी : श्री प्रमुख कर अधिकृतज्यू कर कार्यालय नारायणी अञ्चल वीरगञ्ज विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सर्वोच्च अदालतले आफूसमक्ष पुनरावेदन गर्ने अनुमति दिएकोमा मात्र पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था भएको र त्यस्तो पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदन दिने व्यवस्थालाई निश्चित कानूनी उपचारको व्यवस्था भएको भन्न मिल्ने नदेखिने । (प्र.नं. १४) आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भनी निवेदकले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्याइदिनु भन्ने बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यसप्रकार छ : निवेदकले यससम्बन्धी व्यापार व्यवसाय तथा पत्थर कोइलाको व्यापार पनि फाटफुट गर्ने गरेका छन भन्ने व्यापक चर्चा सुनिएकोले निजलाई विपक्षी कार्यालयमा झिकाई सोधपुछ गर्दा आ.ब.२०२५ सम्म श्री भेराइटी स्टोर्शका नामबाट र त्यसपछि ०२७ साल चैतसम्म श्री विश्वनाथ राधेश्यामको नामबाट कारोबार गरी कर निर्धारण गराएको कुरा उल्लेख गरी त्यसपछिको आ.ब.०२८।०२९,२०२९।०३० र ०३०।०३१ सम्म कुनै कारोबार नगरी ०३१।०३२ देखिमात्र गल्लाको कारोबार गर्ने गरेको भनी ०३३।७।१८ मा लेखिदिएको यसप्रकारको कारोबार यस मितिदेखि सञ्चालन गरेको छु भनी यस कार्यालयलाई कुनै सूचनासम्म गरेको नपाइएको हुँदा आ.ब.०२८।०२९ देखि ०३२।३३ दिवालीसम्मको आयविवरण आय निर्धारण समितिका नाउँमा विपक्षी कार्यालयमा पेश गरेको आफ्नो आयसम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्ने भए ३ दिनभित्र उपस्थित भई सबूद प्रमाण पेश गर्नुहोला भनी आयकर ऐन, २०३१ को दफा ३३ (५) अनुसार निवेदकलाई सूचना दिएको र म्यादभित्र ठोस सबूद प्रमाणलाई औंल्याई कुनै प्रतिक्रिया नजनाउनु भएकोले आयकर ऐन, ०३१ को दफा ३३ (२) तथा ३३ (४) समेत अनुसार उपरोक्त आर्थिक बर्षको आयसम्बन्धमा प्राप्त भएका सूचना र क.ई.ले पेश गरेको गोप्य प्रतिवेदन समेतको आधारमा कर फर्छ्यौट आयोगको ०३३।११।२५ का आदेशानुसार अनुमानबाट तपाईंको उपरोक्त आर्थिक वर्षको खुद आय रु.६२,०००। कायम गरी आयकर निर्धारण गर्ने गरी मिति ०३४।१।९ मा निर्णय भएकोले उक्त निर्णयबमोजिम कायम भएको खुद आयमा आर्थिक ऐन, २०३१ अनुसार देहायबमोजिम आयकर निर्धारण गरी केश किनारा गरिएको छ । कायम गरिएकोभन्दा बढी अन्य स्रोतबाट आयआर्जन गरेको कुरा पत्ता लागेमा त्यसतर्फ आयकर ऐनबमोजिम कारवाही गरिने व्यहोरा अवगत गराइएको छ । पुनरावेदन गर्ने भए ३५ दिनभित्र कानूनबमोजिम धरौट राख्नुहोला भन्नेसमेत गरी विपक्षी कार्यालयबाट निवेदकको आयकर निर्धारण गरिएको रहेछ । ३. कर फर्छ्यौट आयोग ऐन, ०३३ को दफा ६(१) ले खुद आयनिर्धारण गर्ने सम्बन्धमा सो ऐनले आयोगलाई कुनै विशेष अधिकार दिएको नभई आयकर ऐन, ०३१ बमोजिम कर अधिकृतलाई प्राप्त सरहको अधिकार भएको आयोगले सोही अधिकारमध्ये केही अधिकार ०३३।११।२५ को निर्णयले