निर्णय नं. ६९७२ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७२ - उत्प्रेषण समेत भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०२/३२ २३५३ निर्णय नं. ६९७२ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास सम्माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०५१ सालको रिट नं. २३६३ आदेश मितिः २०५७।२।३२।४ विषयः उत्प्रेषण समेत । निवेदकः काठमाडौं महानगरपालिका वडा नं. ३० कमलाक्षी बस्ने मोतिमाया महर्जन समेत विरुद्ध प्रत्यर्थीः मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं समेत प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौं समक्ष निवेदनका तर्फबाट विवादित जग्गाका सम्बन्धमा, २०४२ सालमा खोलाले छाडी उकास भएको जग्गाको लगत कायम गरी तिरोतिरान गर्न पाउँ भनी निवेदन दिएको र कारवाही चली र मौकामा सो निवेदन सम्बन्धमा निर्णय नभएको भन्ने निवेदकको भनाइ समेत रहेका पाइयो । मालपोत कार्यालय, काठमाडौंको तत्सम्बन्धी टिप्पणी र आदेशको प्रतिलिपिमा विवादित जग्गाको स्थलगत निरीक्षण भएको भन्ने व्यहोरा उल्लेख भएको देखिंदा निवेदकको निवेदन परेपछि कारवाही चलेका सम्म देखिन्छ । उक्त बमोजिम कारवाही भएपछि निवेदकको तत्सम्बन्धमा तत्काल निर्णय भएको भन्ने देखिएन । मालपोत कार्यालय, काठमाडौं प्रेषित लिखित जवाफमा २०४४।८।२९ को जग्गा दर्ताको निर्णय फायल हेर्दा श्री ५ को सरकारका नाउँमा विवादित जग्गा दर्ता गरिएको रहेछ भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । मालपोत कार्यालय काठमाडौंको ०४५।११।१० मा सदर भएको टिप्पणी र आदेशको प्रतिलिपि हेर्दा, मोठबाट भिडाउँदा वानेश्वर वडा नं. ५ कि.नं. १४३ को जग्गा श्री ५ को सरकारको नाउँमा दर्ता भै सकेको भनि भिडी आएको हुँदा दर्तातर्फ कारवाही गर्न नमिल्ने हुँदा फायल तामेलीमा पठाएको व्यहोरा उल्लेख भएको पाइयो । श्री ५ को सरकारका नाउँमा पछि दर्ता भएको नाताले निवेदन ०४५।११।१० मा तामेलीमा राख्ने गरेको उक्त निर्णयको सूचना निवेदकलाई दिइएको भन्ने समेत देखिएन । तसर्थः २०४२ सालमै निवेदकका तर्फबाट निवेदन परेको विषयमा तत्काल कारवाही नगरी २०४५ सालमा आएर श्री ५ को सरकारका नाउँमा दर्ता भै सकेको भनी श्री ५ को सरकारका नाउँमा दर्ता हुने कार्य सम्पन्न भै सकेपछि निवेदकको निवेदन तामेलीमा राख्ने गरेको ०४५।११।१० को प्रत्यर्थी मालपोत कार्यालय, काठमाडौंको निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ । अव निवेदकको निवेदन समेतका सम्बन्धमा कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी मालपोत कार्यालय काठमाडौंको नाउँमा परमादेश जारी हुने । (प्र.नं. १९) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री यादवप्रसाद खरेल र श्री शंभु थापा प्रत्यर्थी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री भरतमणि खनाल अवलम्वित नजिरः ओदश न्या. लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छः २. निवेदकहरुको सगोल दर्ताको काठमाडौं महानगरपालिका वडा नं. ३२ र १० मा पर्ने पूर्व खोला, पश्चिम राजकूलो, उत्तर आफैले कमाएको जग्गा दक्षिण खोलो यति ४ किल्ला भित्रको जग्गा साविक खोलो बगेको ठाउँबाट खोलाले छाडी केही जग्गा धोवीखोलाले काटी अहिले पनि खोला बगिरहेको र हाम्रा नाउँमा साविक दर्ता रहेको जग्गामा खोलाले छाडी हामीले नै आवाद गरी आएको, नापी हुँदा खोला देखिएतापनि बाटो बदली दर्ता प्रमाणित भएको जग्गाबाट हाल बगिरहेको खोला लागेको लगत कट्टा गरी खोलाले छाडी चलन भइरहेको जग्गाको लगत कायम गरी तिरोतिरान गर्न पाउ