निर्णय नं. १२११ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२११ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/१६ २८८० निर्णय नं. १२११ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको फौ.सा.नं. ३४ फैसला भएको मिति : ०३५।११।१६।४ मा वादी : रामधारी सहनीको जाहेरीले वादी श्री ५ को सरकार विरुद्ध विपक्षी : जि. रौ.प्र.मटिओन पञ्चायत रतुमौली वैरिया बस्ने रेसमी मलाहिनी समेत मुद्दा : ज्यान (१) घर पछाडि लुकाइराखेको रगत लागेको बसिल्ला फेला परेको भन्ने हकमा रगत कहिले लागेको र के को रगत हो सो कुराको जाँचसमेत भएको देखिँदैन, यस स्थितिमा प्रहरीका समक्ष गरेको बयानको आधारमा मात्र कसूरदार ठहराउन न्यायोचित नपर्ने । (प्र.नं. २०) वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री सुभाषचन्द्र नेम्वाङ्ग फैसला न्या. हेरम्बराज : ०२८।३।५ गतेको दिन बागमती पारी वेतियामा जग्गा रोपाइँ गर्न गएको ऐ.आषाढ ८ गतेको बिहान नाम नजानेका मानिस २ जना आई रेशमीको घरमा राती डाँका पर्यो तिम्रो आमालाई मारिदियो भन्दा रमौली गई हेर्दा मरिरहेकोले रेशमीले मारेको पूर्ण विश्वास लाग्छ । कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत रामधारीको जाहेरी दर्खास्त । २. घटना हुनुभन्दा अघिल्लो दिन रेशमीको घरमा गाउँकै जिया सहनी मनकराय समेत भई र रेशमीसँग नमालुम के कुरा गरे त्यसको भोलिपल्ट राती अं.२ बजे रेशमी मेरो ढोकामा आई मेरो घरमा चोर डाँका आए भनेको म गई हेर्दा कुनै चोर डाँका थिएनन । गुहारमा गएका अरू गाउँलेहरु समेत भई हेर्दा सुरतिया चढाइमा सुतेकी निजको मुख टाउको निजकै फरियाले छोपेको देखी रेशमीले त्यहाँ डाँकाहरुले खुन गरी छोपेर हिँडेछन भनी निजको टाउकोमा ओढाएको फरियाको फेर हटाइदिँदा गर्दनमा केही काटी मरिरहेको देख्यौं । सो ठाउँ वरपर रगत नदेखिएको अन्यत्र काटीमारी ल्याई सुताएको र जिया सहनी मनक रेशमीसमेतको राय सल्लाहबाट हामीलाई फसाउने नियतले कर्तव्य गरी मारेको शङ्का लाग्छ । फरिया र बसिलासमेत रेशमीकै हो भन्नेसमेत असर्फि सा तेलीसमेतको सर्जमिन मुचुल्का । ३. रेशमीको घर पछाडि लुकाइराखेको बसिलाको बिंडमा रगत लागेको समेत देखिएको सो हतियार मेरो हो भनी नैमियासमेतले सनाखत गरेको र निजको बुहारी नैमियाले राती सासुले नै हानी मारेको भन्ने बयान गरेको समेतबाट सुरतियालाई रेशमीले कर्तव्य गरी मारेको भन्ने देखिने हुँदा निजउपर ज्यानसम्बन्धीको १३ (१) अन्तर्गत सजाय हुन र निजको बुहारी नैमियाले अपराधमा इन्कार गरेको सासुले मारेको हेरी रही जाहेर समेत नगरेमा निज नैमियाउपर ज्यानसम्बन्धीको १७ नं. को देहाय दफा ३ बमोजिम सजाय हुन जियालालउपर सबै सर्जमिनले रेशमीको सरसल्लाहमा पसेको भनी शङ्का देखिएकोले निज जियालालउपर ज्यानसम्बन्धीको १७ नं को दफा ३ बमोजिम सजाय हुन नैमिया रेशमीको मत सल्लाहमा परेको भन्ने सबूद नहुँदा अपरध देखी जानी जाहेर नगरेमा निज नैमियालाई ज्यानसम्बन्धीको २२।२३ नं. को अभियोग लाग्न सक्ने भई ऐ.को २५ नं. बमोजिम सजायको माग गरी प्रहरी प्रतिवेदन परेको । ४. २०२८साल आषाढ ७ गते बेलुका रात अं.१२ बजे म बच्चालाई दुध खुवाइ राखेको थिएँ । सासु सुरतीयामा सुतेको ठाउँमा गई हसुवा निकाली सुरतीयामाथि २।३ पल्ट प्रहार गरिन । मलाई सासुले बाहिर जा भनेकोले बच्चा च्यापी बाहिर भागी गएँ । सासुले डाँका पर्यो भनी हल्ला गरेको डाँका आएको होइन । सासुले कसैलाई नभन्नु भनेकोले सो मारेको कुरा नभनेको हुँ भन