निर्णय नं. ६९७३ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७३ - ज्यान भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०२/२५ २८८९ निर्णय नं. ६९७३ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५४ सालको फौ.सा.नं. २३१ आदेश मितिः २०५७।२।२५।४ विषयः ज्यान वादीः जयराम लुहारको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः दार्चुला जि.उकु. गा.वि.स. वडा नं. ६ बस्ने तिलकराम पार्की प्रतिवादी नैनराम पार्की, भवानीराम पार्की, गोपाल सिंह कुँवरलाई ५ वर्ष कैद सजाय भएकोमा निजहरुको पुनरावेदन नुहुँदा निजहरुले सजाय पाएको सम्बन्धमा विचार गरिरहनु परेन । सर्वश्वसहित जन्मकैदको सजाय ठहरिएका प्र. तिलकराम पार्कीको सम्बन्धमा विचार गर्दा निजको र मृतकको बीच मार्ने सम्मको पूर्व रिसइवी वा अदावत रहेको भन्ने कुरा कहिँ कतैबाट देखिंदैन । वारदातको अवस्था र घटनाक्रमलाई विचार गर्दा प्रतिवादी तिलकरामले मृतकद्वारा प्रतिवादीको वहिनी माधवीको छाती समातेको कुरालाई लिएर वादविवाद गर्दा मृतकले गाली गर्दै आङमा जाई लागेकोले तत्काल उठेको रिस थाम्न नसकी मृतकको वायाँ कन्चटमा एक थप्पड हानेको भन्ने निज प्रतिवादीले अदालतमा गरेका बयानबाट देखिन आउँछ । आफ्नी वहिनीको छाती मृतकले समाती बेइज्जती गरेकोमा वादविवाद गर्नु प्रतिवादी तिलकरामको निम्ती स्वभाविक भएको त्यस्तो आफ्नो कार्य प्रति पश्चाताप नगरी उल्टै प्रतिवादी तिलकराम उपर नै जाई लाग्ने कार्यबाट प्रतिवादी आक्रोसित हुनुपर्ने कारण विद्यमान रहेको समेत देखिन्छ । सो अवस्थामा मौकामा उठेको रिस थाम्न नसकी थप्पडले हिर्काएकोमा ढुंगामा लड्न गएको कारणले मृत्यु भएको सम्म देखिन आउँछ । प्रतिवादीले थप्पडले हिर्काउनु र मृतक त्यस चोटबाट ढुंगामा लड्नुको बीच साक्षात सम्बन्ध रहेको हुँदा वारदातको प्रकृति मु. ऐन ज्यान सम्बन्धीको १४ नं. को अवस्था सँग मिलेकोले निज प्रतिवादीलाई १० वर्ष कैद गर्नुपर्नेमा सर्वश्वसहित जन्मकैद गर्ने गरेको पुनरावेदन अदालत महेन्द्रनगरको इन्साफ केही उल्टी हुन्छ । (प्र.नं.२५) वादी तर्फबाटः विद्वान उप–न्यायाधिवक्ता श्री ऋषिराम दवाडी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या. केदारनाथ उपाध्यायः साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकार छः २. सुन्तोला ओखर बिक्री गर्न २०५१।८।४ गते जेलजिवी बजार गएको घर फर्की नआएको छोरा उदय लुहारको लास उकु गा.वि.स. वडा नं. ६ सैन भन्ने ठाउँमा फेला परेकोले जाहेर गर्न आएको छु भन्ने मिति २०५१।८।७ को जयराम लुहारको अपराधको सूचना । ३. उकु गा.वि.स. को जेलजिवीबाट शंकरपुर जाने मुल बाटो दक्षिण खोलो र सालभाडी भएको जंगलमा बाँया आँखा बन्द रहेको नाक मुखमा रगत लागेको, आँखाको आँखीभौ मुनी एक इन्च चौडा घोचिएको बाँया पट्टीको पुरै कन्चटको भाग सुनिएको, अगाडिको भागमा कुनै निलडाम नभएको, लिंगबाट केही ननिस्केको, अण्डकोष कालो देखिएको, पिठ्युको भागमा छाला खोस्रिएको भन्ने समेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । ४. २०५१।८।४ गते म नैनराम पार्कीको घरमा पुगि विडीं खाँदा तिलकराम र निजका बीचको झगडा भै राखेको ठाउँमा पुगी नैनरामले झगना नगर भन्दा निज मृतकले मलाई समेत गाली गरेकोले मैले निजको टाउको समाती जमिनमा घोप्ट्याउँदा ढुंगाले चोट लागेको र अरु तिलकराम, भवानीराम र नैनारामले लात, मुक्काले हान्दा निजले बोल्न छाडेपछि मर्ने हो भनी मृतकको घर जाने बाटोमा सैन भन्ने ठाउँमा राखिदिएको हो, सो अवस्था घुं घुं गर्दै थियो । प्