निर्णय नं. ४७३० - उत्प्रेषण मिश्रित परमादेश समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७३० - उत्प्रेषण मिश्रित परमादेश समेत भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०३/१४ २७५१ निर्णय नं. ४७३० ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४७ सालको रिट नं. ९३५ आदेश मिति: २०५०।३।१४।२ निवेदक : ल.पु.न.पा. वडानं. १५ नागबहाल बस्ने नानीकाजी शाक्य । विरुद्ध विपक्षी : ऐ.ऐ. वडा नं. २० नटोल बस्ने रत्नराज शाक्य समेत । विषय : उत्प्रेषण मिश्रित परमादेश समेत । (१) फोटो खिचाउनु पर्ने कारण कति कुन आकारको फोटो खिच्नु पर्ने हो र के दरले कति दस्तुर लाग्ने हो कुनै विवरण खुल्न सकेको देखिएन । दस्तुर दाखिल गर्नु पर्ने पक्षलाई आफूले यो यति कामको लागि यो दरले यति दस्तुर लाग्ने रहेछ भन्ने कुराको जानकारी हुन गराउन आवश्यक देखिन्छ । मनासिव आधार विना दस्तुर माग गरेकोलाई कानुनसंगत मान्न नमिल्ने । (प्र.नं. १२) (२) फोटो खर्च वापत भनी तथ्ययुक्त कुराको अभावमा मनासिव आधार वेगर यति दस्तुर लाग्छ भनी निवेदकबाट रकम दाखिल गराउने बागमती अञ्चल अदालतको काम कारवाही मिलेको नदेखिंदा सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १२) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बालकृष्ण श्रेष्ठ : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ : विद्वान सरकारी अधिवक्ता श्री अलि अकवर मिकरानी आदेश न्या. रुद्र बहादुर सिंह १. नेपाल अधिराज्यको संविधान २०४७ धारा २३।८८ अन्तरगत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. विपक्षी रत्नराज शाक्य उपर मैले अंश पाउँ भनी मेरो फिराद परी बागमती अंचल अदालतमा कारवाही चली रहेको छ । उक्त मुद्दामा बागमती अंचल अदालतबाट २०३१।४।३ मा परेको मेरो पिताजीको भनेको एउटा सहिछाप मिल्छ मिल्दैन भनी जाँची पाउन मलाई सर्वप्रथम २०४७।७।११ गते विशेषज्ञ जचाउँने लाग्ने आवश्यक दस्तुर रु. ४००।– लि हाजिर हुनु भनी तारिख तोकी पाएकोमा ऐ. मितिमा वा.अं.अ. मा दाखिल गरी सकेको छु । तर पुनः नपुग रु. २६५ लिई हाजिर हुन आउनु भनी तारिख तोकिंदा मेरो अंश पाउँ भन्ने मुद्दा नै जाने देखियो । ३. अञ्चल तथा जिल्ला अदालत नियमावलीको नियम ३२ बमोजिम उक्त २०३१।४।३ को सहिछाप मैले कीर्ते हो भनी ठोकुवा गरेपछि, मलाई रु. जाँच दस्तुर २५।– मात्र दाखिला गरी पुग्नेमा रु. ४००।– दाखिला गर्न लगाएको र पुनः नपुग रु. २६५।– दाखिला गर्न ल्याउनु भनी तारिख तोकिनुबाट, संविधान प्रदत्त सम्पत्ती सम्बन्धी आघात परेको छ । अञ्चल तथा जिल्ला अदालत नियमावली २०३४ को दफा ३२ विपरित रकम दाखिला गर्न ल्याउनु भनी तोकेको तारिख र आदेश प्राकृतिक न्याय सिद्धान्त विपरित र गैर कानुनी समेत हुँदा सो आदेश र तत्सम्बन्धी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ तथा अंचल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम ३२ बमोजिम रु. २५।– मात्र लिनु भनी परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ४. यसमा विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ५. पुनरावेदक नानीकाजी शाक्य विपक्ष रत्न राज शाक्य भएको अंश मुद्दाको सन्दर्भमा लिखतको सहिछाप रेखा विशेषज्ञलाई जाँच गर्न पठाई राय प्राप्त भएपछि पेश गर्नु भन्ने समेत २०४७।१।३० मा यस अदालतबाट भएको आदेशानुसार मिति २०४७।७।११ गत