निर्णय नं. १२१२ - .......

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२१२ - ....... भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/१४ २८४७ निर्णय नं. १२१२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको दे.पु.नं. १७४ फैसला भएको मिति : ०३५।११।१४।२ मा निवेदक : का.जि. का.न.पं. वडा नं. २१ लगतबन्त बहाल बस्ने पूर्णकाजि स्थापित विरुद्ध विपक्षी : का.जि. का.न.पं. वडा नं. २१ बस्ने चिनिमाया स्थापित समेत (१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिएको मुद्दामा मुद्दा किनारा गर्दा तल्लो अदालतको फैसलामा कुनै कानूनी त्रुटि नदेखेमा सो कुरा फैसलामा उल्लेख गरी मुद्दा किनारा गर्न सक्नेनै भएको । (प्र.नं. ११) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।३।१।३ मा भएको फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गंभीर कानूनी त्रुटि हुँदा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) (ख) अन्तर्गत पुनरावेदन गर्ने अनुमति पाई यसबेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : बाबा सेतेको स्वास्नीमा विपक्ष मध्यकै चिनिमाया हुनुहुन्छ । उहाँहरुको छोरा ४ छोरी २ मध्ये जेठी जुजुभाई परलोक हुनुभयो, माहिला मोतीकाजी साहिला म र सानुकाजी हुन्, छोरी २ मा जेठी विष्णुदेवीको विवाह भइसकेको कान्छी ज्वालादेवीको विवाह हुन बाँकी छ । बाबा परलोक भई बाँकी अंश गर्नपर्ने हामी ४ अंशियारको घरको जानिफकार मोतीकाजी भएकोले सारा सम्पत्ति निजकै कब्जामा छ । दाजु मोतीकाजीले ०२६।१०।१ मा मानो छुट्टिएको कायम गरिपाउँ भनी झुठ्ठा मुद्दा चलाएकोमा खारेज फैसला भयो । मेरो अंश छुट्याई नदिएकोले २०२७।८।१२ मा फिराद गरेको मिति मानो छुट्टिएको कायम गरी ज्वालादेवीको विवाह खर्च परसारी ४ भागको १ भाग अंश छुट्ट्याई पाउँ भन्नेसमेत वादी दावी छ । ३. २०२६।१०।१ गते चारै अंशियारको बण्डा गरी मानो छुट्टिएको हुँदा झुठ्ठा भन्ने सावित छ । ०२६।१०।१ गतेको लिखतैबमोजिम मानो छुट्टिएको मिति कायम गरिपाउँ भन्नेसमेत व्यहोराको चिनिमाया सानुकाजीको संयुक्त प्रतिउत्तर । ४. मानो छुट्टिएको मिति कायम गरिपाउँ भन्ने दिएको मुद्दा ०२८।२।२४ का का.जि. अ.बाट फैसला भएउपर मेरो पुनरावेदन परी वा.अं.अ.मा दायर छ । ०२६।१०।१ गतेदेखि मानो छुट्टि बसेको हो । सगोल अवस्थाको बाँडफाँड गरी आ–आफ्नो अंश भागमा परेको मालसामान व्यक्तिगत गर्न मोतिकाजीबाट घरेलु उद्योग शाखाबाट रु.१,४०,०००।–को मेशिन सहायता कर्जाको रुपैयाँ प्राप्त भएको साझाबाट काम गर्ने गरेको भन्ने विपक्षले मञ्जुर गरेको छैन । ०२६।१२।३ मा अंशबण्डा विपक्षको भागमा परेको अंश विपक्षले नै बुझी लिई जमिनघरसमेत भोग चलन गरी आएको अंश दिन नपर्ने भएकोले झुठ्ठा वादी दावाबाट फुर्सत पाउँ भन्नेसमेत व्यहोराको मोतीकाजीको प्रतिउत्तरपत्र । ५. तायदाती र कोर्टफीसमेत दाखिल भएको हुँदा दाखिल भएको तायदातीबमोजिम वादीले अंश पाउने ठहर्छ भन्नेसमेत सुरु का.जि. अ.को ०३२।४।२६।२ को फैसला । ६. उक्त फैसलामा चित्त बुझेन भन्नेसमेत व्यहोराको पुर्णकाजीको पुनरावेदन । ७. बण्डा गर्दा कानूनबमोजिम हुने नै भएको र ऋणको हकमा पनि ऋण बण्डा गर्ने भनी ठहर खण्डमा पनि उल्लेख नभएको र तपसील खण्डमा पनि सो विषय केही उल्लेख