निर्णय नं. १२१३ - राजकाज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१३ - राजकाज भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१०/१४ २६९७ निर्णय नं. १२१३ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको फौ.फु.नं. १०९ फैसला भएको मिति : २०३५।१०।१४।१ मा पुनरावेदक : भोजपुर जि. पिङडाँडा गा.पं.वार्ड नं. ८ घर भई का.जि. डिल्लीबजार बस्ने भिम न्यौपानेसमेत विरुद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज (१) सरकारी निति वा प्रशासकीय काम कारवाही कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वास्थ्य एवं संयम पूर्ण परिभाषामा आलोचना गरेमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको भन्न नमिल्ने । (प्र.नं. २८) पुनरवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यामाञ्चल क्षेत्रीय अदालतको फैसला प्रत्यक्ष कानूनी त्रुटि विद्यमान भएको हुनाले पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत प्रतिवादीहरुको निवेदन परेकोमा कानूनी त्रुटि देखिनाले पुनरावेदनको अनुमति दिएको छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३५।६।३ को आदेशानुसार पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ : २. एरिया घुम्दै जाँदा त्रिचन्द्र क्याम्पस बाहिर नेपाल सरकारको घुँडा टेकुवा नीतिको भत्र्सना गरौं, देशको भविष्य प्रति चिन्तीत भएका साथीहरु भन्ने शिर्षक भएको पर्चा फेला परेकोले दाखिल गरेको छु भन्नेसमेत ०३३।१।४ को प्रहरी प्रतिवेदन । ३. नेपालको प्रधानमन्त्री श्री तुल्सी गिरी नेपाल भारतसम्बन्धको सिलसिलामा भारत जानु भएकोमा भारतीय पत्र पत्रिकाले गरेको अनुचित टिका टिप्पणको सम्बन्धमा नेपालको नागरिकको हैसियतले स्वस्थ आलोचना गरी नेपाल सरकारको घुंडा टेकुवा नीतिको भत्र्सना गरौं भन्नेसमेत शिर्षक राखी मिति ०३३।१।२ का दिन बेलुका सुनिलकुमार राई, सुवाष नेम्वाङ, भिमबहादुर रावल र माधवप्रसाद पौडेलसमेत मेरो डेरामा नेपाल तथा भारतीय पत्रपत्रिकासमेत लिई आफ्नो उक्त पर्चा म समेतले ड्राफ गरी छापी ४ गतेका दिन अन्दाजी ३।४ बेजेको समयमा त्रिचन्द्र क्याम्पसको २७।२८ नं. कोठामा छरिदिएको हुँ भन्नेसमेत भिम न्यौपानेको प्रहरीमा भएको तम्तिवा सहितको बयान कागज । ४. देखाएको पर्चा देखें सो पर्चा कसले लेखी छाप्न लगाई कुन व्यक्तिले छरे छर्न लगाएका हुन मलाई थाहा छैन, सुनिलकुमार, भिम न्यौपानेसँग भेटघाट भएको छैन भन्नेसमेत रोमलाल पाण्डेको प्रहरीमा भएको बयान कागज । ५. पर्चा छरेकोसम्बन्धमा थाहा छैन भनी मैले ०३३।१।१४ का दिन बच्ने विचारबाट झुठ्ठा बयान दिएको थिएँ पछि पक्राउ भई आएका साथीहरुले पोलेको सम्बन्धमा साँचो व्यहोरा यो छ कि प्रधानमन्त्री तुल्सी गिरीज्यू भारत भ्रमणबाट फर्कने कुरा सुनेकोले सल्लाह भई ०३३।१।२ गते भित्र न्यौपानेको डेरामा गयौं । त्यहाँ भिम न्यौपाने, भिम रावल, माधवप्रसाद पौडेल रहेछन । म र सुभाषले पर्चा ड्राफ गर्यौं र सवै साथीलाई देखाउँदा ठिक भनेकाले ड्राफ कपी लिथो गरी ल्याउँछु भनी माधवप्रसादले लगे भोलिपल्ट ३ गते सुनिल चित्रकारको डेरामा निजलाई मैले चुरोटमा चरेस हाली खान दिई बेहोस भएपछि सो पर्चा लिथो गरी छरेको हो सो पर्चाको हस्ताक्षर मेरो होइन भन्नेसमेत सुनिलकुमार राईले प्रहरीमा गरेको ततिम्बा बयान कागज । ६. नेपालको प्रधानमन्त्री श्री तुल्सी गिरी भारत भ्रमणमा गई भारतीय नेतासँग नेपालको हितका लाग