निर्णय नं. ६९७६ - लिखत दर्ता वरद दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९७६ - लिखत दर्ता वरद दर्ता भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०२/११ २५६१ निर्णय नं. ६९७६ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५२ सालको दे.पु.नं. २६३३ फैसला मितिः २०५७।२।११।४ मुद्दाः लिखत दर्ता वरद दर्ता पुनरावेदन/वादीः जि महोत्तरी श्री पुर गा.वि.स. वडा नं. ४ बस्ने रामवृक्ष राय मरी निजको हकमा मु.स. गर्ने छोरा ऐ.ऐ. बस्ने राविलास राय यादव समेत विरुद्ध विपक्षी/प्रतिवादीः जिल्ला सर्लाही साविक खजुरीया गाउँ पंचायत हाल हरिपूर्वा गाउँ विकास समिति वडा नं. ६ बस्ने ठगाराय यादव आसोदेवीले विवादित जग्गा वादी प्रतिवादी बीच चलेको अंश मुद्दामा मिति २०४१।८।१ मा भएको मिलापत्रबाट अंश वाष्त पाएको भने देखियो । अंश वापत पाएको जग्गा अंश पाउने विधवा आसोदेवीले अचलमा आधीसम्म आफूखुश गर्न पाउने सो भन्दा बढी आफूखुस गर्न नपाउने बन्देज स्त्री अंशधनको २ नं. ले गरेको देखिन्छ । अंश वापत पाएको जग्गा कानून तथा मिलापत्रकै शर्तले दिन नपाउने दिएको भए स्त्री अंशधनले ८ नं. को म्याद भए गरेको मितिले २ वर्षभित्र नालेश दिनुपर्ने अवस्था देखिन्छ । प्रस्तुत मुद्दामा मिति २०४२।४।२९ मा आसोदेवीले प्रतिवादीलाई राजिनामा दिई हक छाडिदिएको देखिएको र प्रस्तुत फिराद २०४७ सालमा २ वर्ष नघाई परेको देखियो । वादीले पक्रेको लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा “यस्तो व्यवहार गरेका सदर हुँदन भनेकोमा हदम्याद लाग्दैन भन्ने हुँदा कानूनले नै यस्तो व्यवहार गरेको सदर हुँदैन” भनी गरेको अवस्थामा आकर्षित हुने देखिन्छ । मिलापत्रमा गरेको शर्त बन्देजलाई त्यसरुपमा लिन सकिने अवस्था भएन । त्यस्तै अंशवण्डाको महलको ३५ नं.. मा पनि अंश नभै गोश्वारा राखिएको सम्पत्ति सम्बन्धमा जहिलेसुकै नालेश लाग्ने अवस्था देखिन्छ । तर प्रस्तुत मुद्दा अंश नभई गोश्वरा रहेको भन्ने अवस्था देखिदैन । तसर्थ कानूनको हदम्याद भित्र नपरेको फिराद नै खारेज गर्नुपर्नेमा शुरु महोत्तरी जिल्ला अदालतले इन्साफ गरी वादी दावी पुग्ने ठहर्‍याई गरेको फैसलालाई उल्टी गरी वादी दावी नपुग्ने भनी इन्साफ गरेको पुनरोवदन अदालत जनकपुरको फैसला गल्ती भई फिरादपत्र खारेज हुने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री महादेव यादव विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल अवलम्वित नजिरः फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ : २. स्व. कोदै रायको चार श्रीमती मध्ये स्व. आसोदेवी कान्छी श्रीमती हुन । निज आसोदवी र हामी प्रतिवादी छोराहरु तथा नाती रामप्रसाद यादव स्व.लक्ष्मी रायको छोरा र देवनारायण राय समेतका बीच चलेको अंश मुद्दामा आमा आसोदेवीलाई स्व. लक्ष्मीरायका नाममा दर्ता रहेको जि.म. भोइल टिमकिया गा.पं. वडा नं. ६ कि.नं. १ को ०–५–५.१÷२ तथा कोदै रायको नामा दर्ता रहेको जि.म. श्रीपुर गा.पं. वडा नं. ७ कि.नं. ९५ को १–४–१० आफूखुश गर्न पाउने र कोदैरायको नाममा दर्ता रहेको जि.म. श्रीपुर गा.पं. वडा नं. ६ कि.नं. २१३ को ०–१५–१५ आसोदेवीले आफ्ना नाममा दर्ता गराई बाचुन्जेल आयस्ता खाने बेचविखन समेत गर्न नपाउने र निज आसोदेवीको मुत्यु पश्चात काजक्रिया गरी बाँकी रहेको जग्गा हामी फिरादीहरुले आआफ्नो नाममा दर्ता गराई लिने भनी २०४१।८।१ का दिन