निर्णय नं. १२१४ - ....
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१४ - .... भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/२४ २४९८ निर्णय नं. १२१४ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ८३५ आदेश भएको मिति : ०३५।११।२४।५ निवेदक : जि. भक्तपुर लुभु गा.पं. वडा नं. ४ माथिघसी टोल बस्ने गोपाल महर्जन विरुद्ध विपक्षी : भूमिसुधार शाखा भक्तपुर भूमिसुधार अधिकारी श्री हरिमान थैव मुकाम भूमिसुधार शाखा भक्तपुर समेत (१) निवेदकले निजको बाबु मरेपछि ०२४ सालदेखि ०३३ सालसम्म बाली बुझाई लिएको भरपाईबाट नै जग्गाधनीले...निवेदकलाई पत्याएको मान्नुपर्ने । (प्र.नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्यामप्रसाद खरेल आदेश न्या. हेरम्बराज : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी जग्गाधनीको लुभु.गा.पं. वडा नं. ३(क) को कि.नं. ३४६ को क्षेत्रफल ७–७–० कि.नं. ३६५ को क्षेत्रफल २–९–० र कि.नं. ३६८ को क्षेत्रफल ०–२–२ को जग्गा मेरो पिताजी बुद्धिलाल श्रेष्ठले कमाई आएकोमा निज पिताजी ०२३ साल साउन १६ गते परलोक हुँदा विपक्षी जग्गाधनी चन्द्रबहादुरले मलाई मोही स्थापना गरी राखेकोले ०२४ सालदेखि मैले जोताहा बाली बुझाई भरपाई लिई आएकोमा ०३४ सालको बाली बुझाउन जाँदा बुझी नलिएकोले स्थानीय पञ्चायतमा धरौटी राखी भरपाई लिएको र यसरी आजसम्म सालसालको बाली बुझाई भरपाई समेत लिएको हुँदा मलाई मोहियानी हकको प्रमाणपत्र पाउँ भनी मैले भूमिसुधार शाखा भक्तपुरमा निवेदन दिएकोमा वादी तिर्थ महर्जन र प्रतिवादी चन्द्रबहादुर श्रेष्ठका मोहियानी हक पाउँ भन्ने मुद्दामा प्रतिवादी जग्गाधनी चन्द्रबहादुरले वादी तिर्थ महर्जनलाई पत्याएको र दोहरो कबुलियतसमेत लिए दिएकोबाट तिर्थ महर्जनलाई नै मोहियानी हकको प्रमाणपत्र समेत लिइसकेको र म निवेदकले जग्गाधनीले मलाई पत्याएको कुनै प्रमाणसमेत पेश गर्न नसकेकोबाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) अनुसार मेरो निवेदन खारेज गर्ने गरी गरेको विपक्षी भूमिसुधार अधिकारीको निर्णय न्यायिक मनको प्रयोग नगरी तथा आफ्नो अधिकारक्षेत्रको अतिक्रमण गरी गरेको उक्त निर्णय बदर भागी छ तसर्थ उक्त निर्णय बदर गरी मेरो हक प्रचलन गरिपाउँ भन्ने गोपाल महर्जनको निवेदन । ३. विपक्षी भूमिसुधार अधिकारीको निर्णय बदर हुनुपर्ने कारणहरुमा निवेदकले निम्नलिखित जिकिर लिएको छ । २०२४ सालदेखि ०३३ सालसम्म बाली बुझी भरपाई निज जग्गाधनीले दिएबाटै नै जग्गाधनीले मोही पत्याएको ठहर्छ भन्ने सर्वोच्च अदालत फुल बेञ्चबाट नि.नं. ११०६ ने.का.प. २०३४ को पृष्ठ संख्या २९५ मा सिद्धान्त प्रतिपादन गरेको छ । दोहरो कबुलियत नयाँ मोही कायम गर्नु मात्र चाहिने हो र मेरो कुनै प्रमाण नबुझी प्रत्यर्थीको एकलौटी कानून प्रतिकूल कागजहरुको आधारमा कानून विपरित निर्णय गरेको छ र जुन दोहरो कबुलियत विपक्षी जग्गाधनी र तिर्थ महर्जनको बीच आदान प्रदान भएको छ सो पनि रीतपुर्याई गरिएको छैन आदि कारणबाट भूमिसुधार अधिकारीको फैसला बदर हुनुपर्छ भन्ने निवेदकको जिकिर । ४. साविक मोही बुद्धिलाल श्रेष्ठको छोरा स्वस्नीहरुमध्ये जसले बाली बुझाउन ल्यायो उसैलाई भरपाई दिने गरेको हो कुनैलाई मोही निश्चय गरी पत्याएको होइन गोपाल महर्जनलाई पत्याउन मन पनि छैन भन्ने बयान गोपाल महर्जनले मोही हक कायम गरिपाउँ भन्ने निवेदनको सिलसिलामा जग्गाधनी चन्द