निर्णय नं. १२१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/२५ २४४७ निर्णय नं. १२१५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट नं. ८३० आदेश भएको मिति : ०३५।११।२५।६ निवेदक : का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी बस्ने रामलाल श्रेष्ठ विरुद्ध विपक्षी : का.न.प.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने हिरालाल श्रेष्ठ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ (१) नगरपञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाई गर्नुपर्ने । (प्र.नं. १०) आदेश न्या. त्रैलोक्यराज अर्याल : विपक्षी काठमाडौं नगरपञ्चायत बैठकको ०३५।६।४ को नक्शा पास गरिदिने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ : पूर्व साझा ढलापात पश्चिम मूलसडक उत्तर आफ्नै किलास र सोदेखि उत्तर रामलाल श्रेष्ठको घर दक्षिण भक्तिदास श्रेष्ठको घर किलास यति ४ किल्लाभित्रको का.न.पं.१७ वडा अन्तर्गत का.जि. क्षेत्रपाटी टोलको घर जमिनसम्म भत्काई हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने तला ५ कोठा ४ सिमेण्टको गारोले जोडी नेपाली ढाँचाबाट साईड प्लामा देखाएको ठाउँमा नक्शाबमोजिमको घर बनाउन पाउँ भन्ने नक्शावाला वादीको दर्खास्त । ३. साझा ढलापातदेखि पूर्व रामहरि मानन्धरको घर छ निजलाई सँधियार देखाउन पर्ने देखिएको छैन । रामहरिले उक्त ढलापात खिचोला गर्‍यो भनी मेरा नाउँमा उजूरी गरी कारवाही चलिरहेको यसै नक्सा, फाँटमा छ । ढलापात मेरो एकलौटी हकभोग चलन चल्तीको हो, सोतर्फ वादीले वालाफाला गरी आफ्नो पनि हकदैया देखाउने प्रयास गरेको हुनाले त्यस्तो मेरो एकलौटी ढलापात कुनै किसिमको झ्याल ढोका वार्दली हाल्ने र वालाफाला गर्न दिन मञ्जुर छैन । ढलापात एकलौटी कायम नगरेसम्म घर बनाउन नपाओस् । विपक्षी र मेरो घरको बीचको किलास गारोलाई निजको एकलौटी भनेको कुरा होइन । छिँडीसहित तीन तला उक्त गारो किलास दुवैजनाको साझा हो, सोमाथि दुई तल्ला थपेको छ तसर्थ छेडी माटन चोटा तल्लासँगको किलास गारो साझा हो, भन्नेसमेत प्रतिवादीको उजूरी । ४. दर्खास्तवाला हिरालाल श्रेष्ठको र उत्तरतर्फ उजुरवाला रामलाल श्रेष्ठको घरबीच छिँडी तल्लामा २०” चौंडाइ मोटन तल्लामा १८ र सोदेखि माथि १५” इञ्च चौंडाइको गारो देखिन्छ । दरखास्तवाला हिरालाल श्रेष्ठको घर ३ तल्ला भई बीचमा किलाससमेत भित्र पारी बनिरहेको देखिन्छ । उजुरवाला रामलालको घर उक्त बीच गारोबाहेक गरी ६ तल्ला भई बनिरहेको देखिन्छ भन्ने का.मु.ओभरसियरको ०३५।४।१७।३ को प्रतिवेदन । ५. प्रतिवादको उजूरी मनासिव नदेखिँदा वादीको नक्सा पास हुने ठहर्छ भन्ने बहुसंख्यक सदस्यहरु र नक्सा दरखास्तवाला हिरालाल श्रेष्ठ र उजुरवाला रामलाल श्रेष्ठ भएको नक्सा पास मुद्दामा पूर्वतर्फको सगोल जग्गामा मुख्य विवाद देखिएको र का.न.पं.ले बुझेको प्रमाणबाट सो विवादको सगोल जग्गा साझा देखिन आएको नक्सा दरखास्तवालाले सो साझासागल जग्गामाथि टप राखी बाथरुम बनाउने प्रस्तुत नक्साबाट देखिन आएको र का.न.प. समेतबाट नक्सा पास गरी दिने ठहर गरेकोमा हामीहरुलाई चित्त नबुझेकोले असहमति जनाएको छौं भन्ने अल्पसंख्यक सदस्यहरुले राय लगाई ०३५।६।४।४ मा निर्णय भएको रहेछ । ६. हक बेहकको प्रश्न उठि