निर्णय नं. ६९७७ - निर्णय वदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७७ - निर्णय वदर समेत भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०२/२० २६१६ निर्णय नं. ६९७७ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५३ सालको दे.पु.नं. ३७८४ फैसला मितिः २०५७।२।२०।६ मुद्दाः निर्णय वदर समेत । पुनरावेदक/वादीः काठमाडौं जिल्ला चपली भद्रकाली गा.वि.स. वार्ड नं. ६ बस्ने मानबहादुरको श्रीमती थेचर कुमारी राउत विरुद्ध प्रतिवादीः श्री ५ को सरकार, आवास तथा भौतिक मन्त्रालय समेत काठमाडौं जिल्ला चपली गा.वि.स. वार्ड नं. ९(क) कि.नं. १५३ को जग्गा रोपनी २–२–१ र ए. ऐ. कि.नं. २२४ को क्षेत्रफल रोपनी ८–१३–३ को जग्गा कार्यविधि पुरा नगरी गल्फुटार योजना संचालन गर्ने निर्णय, मुआब्जा कायम गरेको निर्णय समेत वदर गरी पाउँ भन्ने वादीको मुख्य दावी रहेको पाइन्छ । विवादित कि.नं.. २२४ को जग्गा रैकर परिणत गर्ने गरी २०४८।८।११ मा निर्णय भएको कि.नं. २२४ को जग्गा रोपनी ८–१३–३ मध्ये ८–९–३ को वदर गरि ०–४–० जग्गाको हकमा मात्र यी वादीको मोही कायम गरी २०५०।२।१० मा निर्णय भएको देखिन्छ । जिल्ला कार्यालय काठमाडौं मिति ०३८।७।९ को गोरखापत्रमा प्रकाशित सूचनाको प्रतिलिपि हेर्दा विादित जग्गाको जगगाधनीलाई समयमै सूचित गरि जग्गा अधिग्रहण गरेको देखिन्छ । गुठी प्रशासकबाट वादीलाई ०–४–० जग्गाको मात्र मोही कायम गरेको २०५०।२।१० को निर्णय वदर गर्न वादीको काठमाडौं जिल्ला अदालतमा २०५०।६।२७ मा नालिस परि ०५१।३।१७ मा डिसमिस फैसला भएको प्रमाणमा आएको दे.मि.नं. ३९५३ को निर्णय दर्ता वदर मुद्दाको मिसिलबाट देखिन आउँदछ । यसरी श्री ५ को सरकारले कानून बमोजिम २०३८ सालमा नै अधिग्रहण गरि मुआब्जा तोकी सूचना प्रकाशित गरि सकेको जग्गाको वादीले नै दिलाई गरि मुआब्जा नलिएकै कारणले सो जग्गामा वादीको हकदैया कायम रहिनै रहेको मान्न मिलेन । अतः हकदैयाको अभावमा फिराद खारेज गर्ने गरेको पनुरावेदन अदालत पाटनको फैसला मिलेको देखिंदा मनसिव ठहर्ने । (प्र.नं. ११) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री भरतमणि खनाल, विद्वान अधिवक्ता श्री वद्रीनाथ शर्मा अवलम्वित नजिरः फैसला न्या. गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत पाटनको २०५२।८।६ को फैसला उपर वादी पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्र्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः २. का.जि.चपली गा.वि.स. वडा नं. ९(क) १५३ को क्षेत्रफल २–२–१ ए.ऐ. कि.नं. २२४ को क्षेत्रफल ८–१३–३ जग्गा प्राप्ती ऐन, २०३४ को कार्यविधि पुरा नगरी जग्गा प्राप्त गरेको भन्ने कुरा मिति २०३८।७।९ मा सूचना प्रकाशित गरेको भरले मात्र मान्न नसकिने हुँदा विपक्षी का.उ.न.वि.स. ले मेरो हकमा गल्फुटार आवास योजना संचालन गर्न श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने गरेको निर्णय मिति २०३८।७।९ मा गो.प. मा प्रकाशित सूचना, श्री ५ को सरकारले मुआब्जा कायम गरेको निर्णय लगायतका तत्सम्बन्धी सम्पूर्ण गैरकानूनी काम कारवाहीबाट मेरो सम्पत्ति सम्बन्धी हक मेटिन गएकोले जग्गा अधिकरण गर्ने निर्णय उक्त गोरखापत्रको सूचना मुआब्जा रकम निर्धारण समेत तत्सम्बन्धी सम्पूर्ण काम कारवाही वदर गरी पाउँ भन्ने व्यहोरोको मिति २०५०।९।७ को थेचरकुमारीको फिरादपत्र । ३. प्रचलित कानून बमोजिम श्री ५ को सरकारबाट २०३८ सालमा नै अधिग्रहण भै मुआब्जा निर्धारण गर