निर्णय नं. १२१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/२१ २७२७ निर्णय नं. १२१६ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर १३३९ आदेश भएको मिति : ०३५।११।२१ निवेदक : काठमाडौं नगरपञ्चायत (वसन्त वाटिका) वत्तिसपुतली स्थित वोरीस वार एण्ड रेष्टुरेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक ऐ.ऐ.बस्ने पुरुषोत्तम आचार्य विरुद्ध विपक्षी : श्री ५ को सरकार पर्यटन विभाग डिल्लीबजारसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) होटलले पाउने सुविधा रेष्टुराँलाई दिन नमिल्ने भन्ने निर्णय कानूनसंगत नै देखिने । (प्र.नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. विश्वनाथ उपाध्याय : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३५।३।२९।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन : उपर्युक्त विषयमा त्यस बार एण्ड रेष्टुरेण्टले औद्योगिक व्यवसाय ऐन, २०३० बमोजिम होटेल व्यवसायले पाए सरहको सुविधा यस रेष्टुराण्टले पनि पाउँ भनी दिएको निवेदन माथि कारवाही हुँदा आयकर तथा भन्सार महसुल र बिक्रीकर छुट दिन कानूनी दृष्टिकोणले मिल्न आउँछ आउँदैन सो को राय मिति ०३५।१।२२ मा कानून तथा न्याय मन्त्रालयमा माग गरी पठाउँदा उक्त मन्त्रालयबाट रेष्टुरेण्टको लागि माग गरिएको सुविधा पर्यटन उद्योगले ऐनअन्तर्गत मात्र दिन सकिने हुँदा सो ऐनमा भएको होटेल कारोबारको परिभाषाले सो सम्बन्धी परिच्छेद ४ मा भएको व्यवस्थाले होटेल शब्दले रेष्टुराँलाई अंगालेको भन्न मिल्ने नदेखिँदा सोधिएबमोजिम सुविधा पाउँछ भन्न सकिदैन, साथै होटेल व्यवसाय तथा मदिराको बिक्री वितरण नियन्त्रण ऐन, २०३३सबैस्तरको होटेललाई लागू हुने ऐन भए पनि सुविधा दिने ऐन नभई होटेलको व्यवस्था र मदिरा बिक्री वितरण सम्बन्धी सामान्य ऐन हुँदा त्यसमा भएको होटेलको परिभाषालाई पर्यटन उद्योग ऐनको प्रयोजनको लागि स्थानान्तर गर्न उपयुक्त हुने देखिँदैन भनी राय लेखी पठाउनु भएकोले अब त्यस रेष्टुराँले माग गरिएको सुविधाहरु दिन नमिल्ने भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु भनी निवेदक वोरिस वार एण्ड रेष्टुराण्ट बसन्त बाटिकालाई विपक्षी पर्यटन विभाग होटल शाखाले ०३५।२।३१ मा पत्र लेखी पठाएको रहेछ । ३. औद्योगिक व्यवसाय ऐन, २०३० को दफा २ र दफा ८ र १३ ले विभिन्न उद्योगहरुको वर्गीकरण गरिएको छ, जसमध्ये पर्यटन उद्योग पनि एक हो । पर्यटन विकासको लागि टेवा दिने वा सहायक हुने व्यवसाय अर्थात पर्यटन उद्योग निर्धारित हुन पर्यटन उद्योग ऐन, २०२१ अन्तर्गत समाविष्ट हुनु नपर्ने कुरा निर्विवाद छ । पर्यटन उद्योगभित्र होटेल व्यवसाय पर्दछ जसलाई दफा ९(घ) अनुसार सहुलियत प्रदान गरिन्छ । रेष्टुराँ होटल व्यवसायभित्र पर्दछ कि पर्दैन भनी विचार गर्दा विधायिकाले सीमित परिभाषा नगरी होटेल व्यवसाय वा उद्योगको फराकिलो व्यवस्था गरेको छ । त्यस कानूनले होटेल वा उद्योगको परिभाषा गरेको छैन । तसर्थ यसको न्यायोचित विवेकपूर्ण र सम्यक परिभाषा हुनु पर्दछ । रेष्टुराँ होटेल व्यवसायभित्र पर्ने कुरा सन्देह छैन, चाहे सामान्य दृष्टिले होस चाहे प्रचलित र व्यवहारिक दृष्टिले होस, चाहे प्रचलित प्रचलन र व