निर्णय नं. १२१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/११/१७ २४६६ निर्णय नं. १२१७ ने.का.प. २०३५ डिभिजन बेञ्च सम्मानीय का.मु.प्रधान न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको नम्बर ११२५ आदेश भएको मिति : २०३५।११।१७।५ मा निवेदक : का.जि. का.न.प.वार्ड नं. ४ बस्ने तिलकुमारी पाण्डे क्षेत्री समेत विरुद्ध विपक्ष : श्री भूमि प्रशासक जिल्ला कार्यालय भूमिप्रशासन शाखा काठमण्डौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा पाँच रोपनीसम्म जग्गा झिक्न स्थानीय पञ्चायतले आदेश जारी गर्न हुने । (प्रकरण नं. ९) आदेश न्या. वासुदेव शर्मा : प्रस्तुत निवेदन विपक्षी का.न.पं.बैठक र भूमिप्रशासनबाट गरिएको निर्णयहरु बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७० अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार छ : भैलोटार जग्गा रोपनी २–११–० जग्गा का.जि. विसालनगर चण्डोल बस्ने मोही शंकरबहादुर पाण्डेले कमाई आएको सो जग्गा डम्बरकुमारीसँग फार्छे राजीनामा गरी लिएको जग्गामा मलाई घर बसोबासका लागि चाहिएको हुँदा क्षतिपूर्ति दिई जग्गा झिकी पाउँ भन्ने दुर्गाकुमारीको निवेदन क्षतिपूर्ति लिई जग्गा छोड्नु पर्ने हो होइन भन्ने शंकरबहादुरको बयान भएकोमा मोहीलाई दिने क्षतिपूर्तिसमेत दाखिल गरिसकेको र घरवासको निमित्त दुर्गाकुमारी जोशीलाई जग्गा प्राप्त गरिदिने ठहर्छ भन्नेसमेत ०३४।९।६ मा का.न.प.बैठकबाट निर्णय भएको र का.न.प.बाट भूमिसम्बन्धी ऐन, ०२१ को दफा २७ (१) बमोजिम भई निर्णय गरेको देखिँदा फैसलाबमोजिम शंकरबहादुरको नाउँ मोही लगतबाट कट्टा गरी जग्गाधनीकै नाउँमा मोहियानी समेत गरिदिने ठहर्छ भन्ने ०३४।११।१० मा भूमि प्रशासनबाट निर्णय भएकोसमेत रहेछ। ३. उक्त निर्णयहरु बदर गरिपाउँ भनी निवेदकले दिएको रिट निवेदनपत्रमा वेदकुमारीसँग डम्बरकुमारीको बिर्ता निजलाई सालको धान ४ बुझाउनु पर्ने भैलोटार खेत रोपनी ३–८–० जग्गा र सो जग्गामा बनेको १ तल्ले कच्ची परालेछाना भएको घर घडेरीको जग्गा ०१५।१।१४ मा राजीनामा लिई हामी निवेदकहरुले भोगचलन गरी बसोबास गरी आएको सर्भे नापजाँच हुँदा म शंकरबहादुर पाण्डेको नाउँमा का.न.प.साविक वार्ड नं. (छ) कि.नं. १७२ रोपनी २–११–० नापजाँच भई दर्ता भएको पहिलेको घर भत्केकोले जस्ताको छाना भएको गोठघर बनाई भोग चलन गरी आएको जग्गा घर बनाई बस्न निमित्त मुआब्जा दिई झिकी पाउँ भन्ने निवेदन परेकोमा घर समेत भएको जग्गा छोड्नु पर्ने होइन भन्ने प्रतिवाद गरे न.प.बाट घरवासको लागि जग्गा प्राप्त गरिदिने भन्ने र भूमिप्रशासनले जोत लगत कट्टा गरिदिने भन्ने निर्णय भएछ । हामीले खेती गरी कमाएको जग्गा नभई घरबासको लागि घर घडेरी घरबारी गराई बसोबास गरी भोगी आएको जग्गा हुनाले हामीलाई झिकी जग्गावालालाई दिएको प्रत्यक्ष कानूनी त्रुटि छ यस्तो हाम्रो घर घडेरी घरबारी जग्गाबाट झिकीदिन पाउने अधिकार नगरपञ्चायतलाई र म शंकरबहादुरका नाउँमा रहेको लगत कट्टा गर्ने अधिकार भूमिप्रशासकलाई समेत कुनै कानूनले प्रदान गरेको छैन म शंकरबहादुरको नाउँमा रहेको लगत कट्टा गर्ने निर्णय गर्नुभन्दा अगावै बुझी बयान गराई मात्र निष्कर्षमा