निर्णय नं. ४७३१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७३१ - उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: श्रावण अंक: ४ फैसला मिति :२०५०/०३/०७ २७५८ निर्णय नं. ४७३१ ने.का.प. २०५० (क) अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल सम्वत् २०४७ सालको रिट नं. १३७६ आदेश मिति: २०५०।३।७।२ निवेदक : बारा जिल्ला कलैया नगरपालिका वडा नं. १० बस्ने गंगामती अहिरनी समेत । विरुद्ध विपक्षी : साविक मध्यमाञ्चल क्षेत्रीय अदालत काठमाडौं साविक नारायणी अञ्चल अदालत हेटौंडा समेत । विषय : उत्प्रेषण । (१) निवेदन गर्नेले पनि यो ऐन अन्तर्गत यो यति दिलाई पाउँ भनी स्पष्ट दावी लिनु पर्छ भने निर्णय गर्ने निकायले पनि सो निर्णय गर्ने क्षेत्राधिकार कुन ऐनले आफूलाई प्रदान गरेको हो ? सो उल्लेख गरी निर्णय गर्नुपर्ने । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री पे्रम बहादुर विष्ट आदेश न्या. ओमभक्त श्रेष्ठ १. नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षी हरिनारायण यादव मिति २०२१।६।२६ को लिखतबाट छुट्टी भिन्न भएका अंशियार हुन । पिता सुरत राउतबाट विपक्षी हरिनारायण यादव छुट्टी भिन्न भैसकेपछि एका संगोलमा हामी निवेदकहरु पत्नी र छोरा मात्र बसी आई हामी निवेदकहरुको पति पिताले जिल्ला बारा विसम्भरपुर गा.वि.स वडा नं. ८ मा विष्णु भगवानको मन्दिर स्थापना गरी मन्दिरको संचालनार्थ जग्गा समेत छुट्याई मन्दिरको कार्य संचालन गरी आउन भएको थियो । पछि उक्त मन्दिरको संचालनको विषयमा हामी निवेदकहरु र विपक्षीको बीचमा विवाद परी श्री बारा जिल्ला अदालतमा दुवै पक्षले दिएको मुद्दा विचाराधीन रहेको अवस्थामा विष्णु भगवानको लागि छुट्याइएको जग्गाको मोहीवाली तथा आयस्ता जग्गा रहेको तत्कालिन पञ्चायत मार्फत हामी निवेदकहरुलाई दिलाई पाउँ भन्ने भू.सु.का. बारामा निवेदन परि निज विपक्षीको प्रतिवाद पर्नु भन्दा अगाडि न हामी निवेदकहरुले मोहीबाट वाली लिन पाउने सम्बन्धमा भू.सु.का.बाट मिति २०४३।७।९ मा निर्णय भएकोमा उक्त निर्णयलाई प्राकृतिक न्यायको सिद्धान्तको विपरित भनी विपक्षी हरिनारायणको तत्कालिन नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत श्री सर्वोच्च अदालतमा निवेदन परी श्री सर्वोच्च अदालतबाट ०४३।७।९ को भू.सु.का. को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कारवाही गर्नलाई परमादेशको आदेश जारी भएको थियो । उक्त आदेश बमोजिम बारा भू.सु.का बाट ०४५।६।१७ मा गुठीको तेरो मेरो सम्बन्धी हक बेहकको निरोपण सम्बन्धित निकायबाट नै हुने हुँदा अपुतालीको ६ नं. ले छुट्टिएका छोरा भन्दा एकासगोलका पत्नी छोरा नजिकको हकदार हुने भई हामी निवेदकहरुल्े मोहिबाट वाली लिन पाउने गरी निर्णय भएको थियो । उक्त भू.सु.का. बाराको निर्णय उपर विपक्षीको तत्कालिन नारायणी अञ्चल अदालतमा पुनरावेदन परी ०४६।८।१४ मा भू.सु.का. मा हाम्रो परेको उजुरी नै खारेज हुने गरी अ.वं. १८० नं. बमोजिम निर्णय गरी उक्त निर्णय उपर हामी निवेदकहरुको तत्कालिन म.क्षे.अ. मा पुनरावेदन परेकामा तत्कालिन म.क्षे.अ. बाट मिति २०४७।११।१५ मा सोही निर्णयलाई कायम राखी फैसला भएको र सो फैसलाबाट हामी निवेदकहरुको हक अपहरित हुनुको साथै नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ (१) (२) १२(ङ) १७(१) द्वारा प्रत्याभूति गरिएको हकबाट वंचित हुनु परेको र अन्य उपचारको कार्य समेत नहुँदा यो निवेदन गर्न