निर्णय नं. ६९७८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७८ - अंश भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०८/२० २६५५ निर्णय नं. ६९७८ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री ज्ञाइन्द्र बहादुर श्रेष्ठ सम्वत २०५५ सालको दे.पु.नं. ४२८८ फैसला मितिः २०५६।८।२०।२ मुद्दाः अंश पुनरावेदक/वादीः बाँके जिल्ला कालाफाँट गा.वि.स. वडा नं. ७ बस्ने गयाप्रसाद शर्मा वाहुन विरुद्ध विपक्षी/प्रतिवादीः शिवनाथ शर्मा वाहुनको मुद्दा सकार गर्ने र आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने लालजीप्रसाद शर्मा वाहुन समेत वादी गया प्रसाद शर्मा वाहुनले प्रतिवादीहरुबाट नीजि आर्जन र बक्सपत्र वाहेकको श्री सम्पत्तिको दुई भागको एक भाग अंश पाउने ठहर्याएको शुरु बांके जिल्ला अदालतको इन्साफलाई केही उल्टी गरी पुनरावेदन अदालत, नेपालगंजले प्रतिवादी लालजी प्रसाद शर्मा वाहुनको जग्गा नीजि आर्जनको ठहर्न आएको नहुँदा निजको जग्गा समेतबाट वादी दावी अनुसार २ भागको एक भाग अंश पाउने ठहर्याई फैसला गरेको देखियो । न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्डा (ग) बमोजिम तात्विक भिन्नता भएकोमा पुनरावेदन लाग्ने र सो वाहेकको मुद्दामा इन्साफ सदर भएको जतिमा ऐ.ऐनको दफा १२ को उपदफा (१) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन लाग्ने देखिन्छ । सोही बमोजिम नै भनी प्रस्तुत मुद्दामा वादी गयाप्रसाद शर्मा वाहुनको ऐ. ऐनको दफा १२ को उपदफा (१) को खण्डा (क)(ख) अनुसार मिति ०५२।८।२१।४ मा यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने प्रस्तुत निवेदन परेको देखिन्छ । यसबाट एकै फैसलाका पक्ष विपक्षीहरु मध्ये पनि कसैले पुनरावेदन र कसैले मुद्दा दोहोर्याई पाउँ भनी निवेदन दिन पर्ने अवस्था पर्न जोन हुन्छ । तर त्यसो नभई शुरुको उल्टी, केही उल्टी गरे भएका निर्णयलाई न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) मा भए मुताविक तात्विक भिन्नता भएको मान्नु पर्ने स्पष्ट भएबाट प्रस्तुत मुद्दाको सम्बन्धमा शुरुको केही उल्टी भएकोमा पुनरावेदन नै दिनुपर्ने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः ने.का.प. २०५२, अंक ३, नि.नं. ५०६४, पृष्ठ १८५, ज्ञानबहादुर राई समेत वि.दिलबहादुर राई आदेश न्या. अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत नेपालगंजको मिति २०५२।४।२८।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क)(ख) अन्तर्गत वादी यस अदालमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५५।३।३०।३ को आदेशबाट दोहोर्याउने निस्सा भइै पनुरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. श्रीपत वाहुनको दुई छोरा जेठो प्र. शिवनाथ वाहुन, कान्छो म फिरादी गयाप्रसाद शर्मा वाहुन भै विगत २०३३ साल फाल्गुण महिनासम्म दुवै दाजुभाइ एकासगोलमा बसि आएकोमा त्यसपछि मानो छुटिइ अलग बसेको र प्र. शिवनाथले पुर्खौली सम्पत्ति तथा सो बाट बढे बढाएको रकमबाट खरीद गरी प्र. लालजीप्रसादको नाउँमा राखेको जग्गा जमिनमा समेत मेरो वण्डा लाग्ने हुँदा २०३३ साल फागुन महिनासम्मको चल अचल श्री सम्पत्तिको फाँटवारी अंशवण्डाको २०, २१, २२, २३ नं. बमोजिम लिई सम्पूर्ण श्रीसम्पत्ति दुई खण्ड गरी अंशवण्डाको १, २, ३, ५ नं. बमोजिम म फिरादीको हक भोगको आधी अंश छुट्याई दिलाई भराई पाउँ भन्ने समेत फिराद पत्र । ३. वादीले उल्लेख गरेको पुस्तावारी वाहेक अन्य व्यहोरा झुठ्ठा हो । पुर्खौली सम्पत्ति १–१०–० मध्ये १५ कठ्ठा जग्गा छुट्