निर्णय नं. १२१८ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२१८ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/०४ २३३३ निर्णय नं. १२१८ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराजराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर १३७८ आदेश भएको मिति : २०३५।१२।४।६ मा निवेदक : जि. रौतहट पिपरिया गा.पं.वार्ड नं. ३ बस्ने अमिरी राउत कुर्मी विरुद्ध विपक्षी : श्री अञ्चलाधीश नारायणी अञ्चलाधीश कार्यालयसमेत मुद्दा : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ (१) लेनदेनसम्बन्धी उजूरीसुन्ने अधिकार कानूनले अञ्चलाधीशलाई प्रदान नगरेको । (प्र.नं. ६) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा आदेश न्या. हेरम्बराज : विपक्षी कार्यालयबाट गराएको ०३५।३।६ को कागज बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी मुनीलाल राउतले म निवेदकबाट रु.४५७५। लिई निजको आपनै हक भोग दर्ता तिरोको आफै मोही भएको जिल्ला रौतहट प्रदास्तीया बगछी गा.पं.वार्ड नं. २ (क) को कि.नं. २३४ को ज.वि.०–१८–० जग्गा ०३४।७।२६।६ मा घरसारमा सुक्री बिक्री राजीनामा लेखी दिई ऐनका म्यादभित्र पास गरी नदिएकोले सो लिखत पास गराई पाउँ भनी विपक्षीका नाउँमा रौतहट जिल्ला अदालतमा निवेदकको फिराद परी कारवाही चलिरहेकै अवस्थामा विपक्षी मुनीलालले के–के व्यहोराको विपक्षी अञ्चलाधीश कार्यालयमा निवेदन दिनुभएको रहेछ । विपक्षी कार्यालयबाट प्रहरीआई ०३५।३।४ गते निवेदकलाई पक्राउ गरी लगी थुनामा राखी भोलिपल्ट अर्थात ०३५।३।५ गते अञ्चलाधीश कार्यालयमा लगियो, विपक्षी अञ्चलाधीशले मुनीलालको जग्गा तिमीले राजीनामा गराई लिएको रहेछ त्यो जग्गा छोडी दिनु पर्यो छाडी देउ भनी अनेक डर त्रास दिई हप्कीदप्की गरेकोले मैले रु.४५७५ दिई जग्गा राजीनामा गराई लिएको छु । लेखतसम्बन्धमा रौतहट जिल्ला अदालतमा फिराद परी कारवाही चलिरहेको छ भन्दा ०३५।३।६ गतेको तारेख तोकी पाए ०३५।३।६ गते विपक्षी कार्यालयमा हाजिर हुन जाँदा रुपैयाँ बुझी जग्गा छोडिदेउ भनी अनेक डर त्रास देखाउँदा निवेदकले जग्गा छाडिदिन भन्दा यो त बडो बडी जान्ने हुँदो रहेछ, यसलाई रुपैयाँ बुझिसकेको छ । जग्गा छाडि दिन्नु भन्ने कागज गरायो कागज गर्न मानेन भने थुनामा राख भन्दै डर त्रास धाक दिई विपक्षी कार्यालयको नाम नजानेको कर्मचारीले कुन मिति राखी के व्यहोराको कागज लेखाई निवेदक लेखपढ नजानेकोलाई सहीछाप गराइ ०३५।३।१४ गतेको तारेख भनी पुनः सहीछाप गराई लिए तारेख भरपाई दिएनन । न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा ९ बमोजिम सम्बन्धित अदालतको विचाराधीनमा रहेको लेनादेना लेखतसम्बन्धी विषयमा अञ्चलाधीशले आफ्नो अधिकारको दुरुपयोग गरी अधिकारै नभएको विषयमा उजूरी लिई डर त्रासमा पारी गराएको कागज अ.बं.३५ नं. र ने.का.प. ०२८ नि.नं. ५९० मा प्रकाशित कानूनी सिद्धान्तसमेतले बदर हुनुपर्ने हुँदा ०३५।३।६ मा गराएको कागज बदर गराई पाउँ भन्नेसमेत उल्लेख छ । ३. विपक्षीहरुबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्नप्रकार छ । जि. रोपिपरीया गा.पं.वार्ड नं. ३ बस्ने अमरी राउत कुर्मीको लेनदेन सम्बन्धमा छानविन गरी सुपथ दिलाई लेखत मिन्हा गराई पाउँ भन्ने नारायणी अञ्चलाधीशको टुर मुकाम रौतहटमा मुनी राउ