निर्णय नं. ६९७९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९७९ - उत्प्रेषणयुक्त परमादेश भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/१०/१० ३४७२ निर्णय नं. ६९७९ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधिश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५५ सालको रिट नं. ३४६७ आदेश मितिः २०५६।१०।१०।२ विषयः उत्प्रेषणयुक्त परमादेश निवदेकः का.जि.का.म.न.पा वडा नं. ३० असल कमलाक्षी बस्ने लक्ष्मीनारायण महर्जन समेत विरुद्ध विपक्षी श्री ५ को सरकार, मन्त्रिपरिषद सचिवालय, सिंहदरवार समेत उत्प्रेषण आदेको प्रकृतिबाटै पनि सो आदेश आफ्नो वा आफू भन्दा माथिल्लो वा आफू सरहकै अधिकारक्षेत्र भएका अदालत वा न्यायिक अधिकारीको न्यायिक निर्णय वदर गर्नका लागि जारी हुन सक्देन भन्ने सिद्धान्त सम्वत २०२७ सालको रिट नं. ९३९ को रिट निवेदक दशरथ कुर्मि विरुद्ध सर्वोच्च अदालतका प्रधान न्यायधीश रत्नबहादुर विष्ट समेत भएको उत्प्रेषण मुद्दामा कायम भएको पाइन्छ । त्यसै गरि सम्वत २०५२ सालको रिट नं. २२०२ रिट निवेदक टेकबहादुर थापा विरुद्ध पुनरावेदन अदालत पाटन समेत भएको उत्प्रेष्ण मुद्दामा यस अदालतबाट कुनै मुद्दाको सन्दर्भमा गरिएको अन्तिम निर्णय वा आदेश उपर कुनै पनि निकाय वा अधिकारी वा स्वयं यस अदालत समेतले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गतको असाधारण अधिकारको प्रयोग गरि पुनः अन्तिम निर्णय वा आदेश जाँच्ने वा त्यस उपर कुनै संशोधन आदेश वा निर्णय दिन नमिल्ने भन्ने सिद्धानत् कायम भएको समेत देखिन्छ । प्रस्तुत विवाद समेत यस अदालतबाट मिति २०४४।८।२० मा भएको फैसलाबाट निरोपण भैसकेको विषयमा पुनः पर्न आएको देखिन्छ । यसरी एक पटक निर्णय भैसकेपछि पनि पटक पटक रिट लाग्ने हो भने मुद्दा अन्तिम (Finality) कहिले नहुने हुन्छ । कुनै तहमा पुगेपछि मुद्दाको अन्तिम निर्णय हुन्छ र सो अन्तिम भैसकेपछि सो मुद्दा पुनः लाग्न सक्दैन । प्राङन्यायको सिद्धान्त बमोजिम उहि पक्ष विपक्षको बीचमा उसै विषयमा पुनः मुद्दा दिन पाइदैन । तसर्थ उल्लेखित कानूनी सिद्धान्त नजीर समेतबाट एक पटक यसअदालतबाट निरोपण भैसकेको विषयमा पुनः परेको प्रस्तुत रिट निवेदनमा यस अदालतलाई विपक्षी पनि नबनाई अत्याधिक विलम्व गरि प्रस्तुत रिट निवेदन परेको देखिंदा प्रस्तुत रिट निवेदनको बस्तुस्थिति तर्फ विचार गरि रहनु नपर्ने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा विपक्षी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री शेरचन्द्र अर्याल र विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ अवलम्विन नजिरः सम्वत २०२७ सालको रि.नं. ९३९ को रिट निवेदन दशरथ कुर्मी विरुद्ध प्रधानन्यायाधीश रत्नबहादुर विष्ट, सम्वत २०५२ सालको रि.नं. २२०२ रिट निवेदक टेकबहादुर थापा विरुद्ध पुनरावेदन अदालत पाटन समेत आदेश न्या. हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः २. साविक का.जि. वत्तिसपुतली गा.पं. वडा नं. १ कि.नं. २ लक्ष्मीनारायणको क्षे.फ. २–१०–०–३ साविक वडा नं. १ कि.नं. १ शान्ता महर्जनको क्षे.फ. २–१५–०–० हाल सर्भे नापीमा का.जि.का.म.न.पा वडा नं. ९(ख) र (ग) अन्तर्गत गुहेश्वरी पन्च पर्व भोग गुठी अन्तर्गत म निवेदक मध्ये लक्ष्मीनारायणको नाममा मोहियानी दर्ता भएको साविक कि.नं. २ हाल कि.नं. १३७ को क्षे.फ. १–१–१–३, कि.नं. १ क्षे.फ. १–१–०–० गरी जम्मा क्षे.फ. २–२–१–३ र शान्ती महर्जनको स्व. पनि आशा नारायण ज