निर्णय नं. १२१९ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२१९ - निखनाई पाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/३१ २५९६ निर्णय नं. १२१९ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. १९ फैसला भएको मिति : २०३५।१२।३१।६ मा वादी : का.न.पं. ३२ नं. वडा डिल्लीबजार बस्ने सुर्यबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने रमेश श्रेष्ठसमेत विषय : निखनाई पाउँ (१) रजिष्ट्रेशनको ३५ नं. अनुसार निखनाई पाउँ भन्ने उजूरी रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा दरखास्त दिँदा थैली धरौटी राख्नु पर्दछ । थैली थाहा पाउन रजिष्ट्रेशनको २६ नं. बमोजिम नक्कल लिन वा हेर्न सकिने भएबाट सो थाहा पाउन आफूले उद्योग गर्नु पर्दछ । अड्डामा गई लिखतको खोजी गरेको भए थाहा हुन सक्ने भई धरौट राखी दरखास्त गर्न सकिने अवस्थामा थैली थाहा छैन भनी भन्न नमिल्ने । (प्र.नं. ९) विपक्षी तर्फबाट : विद्वान अधिवक्ता सिन्धुनाथ प्याकुरेल फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यसप्रकार छ : विपक्षी मध्येको रमेश श्रेष्ठ ३ पुस्ता भित्रका भतिजा नाताको हकवाला हुन का.जि. डिल्लीबजारको ब्लक नं. २१।२३० को घरमध्ये दक्षिणतर्फ मेरो उत्तरतर्फ रमेशको भाग भई निजका हक भोगको २ नाले ३ तले ३ कबले पक्की घर फार्छे गरी दिएरे भन्ने सुनें बुझ्न निजसँग बोलचाल नभएको र निज बसी आएकोले बेचे किनेको होइन जस्तो लागेको थियो भाद्र २१ गते साझा बाटोमा कसिंगर थुपारेकोमा भनाभन हुँदा यो घर मैले किनिसकें मेरो हो भनी दुर्गादेवीले मुख जवाफ दिएको र चैत्र २०।२२ गतेतिर फार्छे गरी लिएकोरे भन्नेसम्म सुनें यतिमा फार्छे गरी यस ठाउँमा पास गरेको भन्ने नबुझिएबाट सन्धीसर्पन र हकवालासमेत भएकोले विपक्षीहरुलाई झिकाई के कति थैलीमा कहाँबाट फार्छे पास गराएको रहेछ बुझी थैली तिरी निखनाई पाउँ भन्नेसमेत फिराद । ३. लेनदेन व्यवहारको ११ नं. को म्याद नाघी फिराद परेको खारेज हुनुपर्ने हक निखनी लिने सम्बन्धमा रजिष्ट्रेशनको ३५ नं. बमोजिम कर्याविधि अपनाउनु पर्ने सिधै अदालतमा नालेस गरेबाट इन्साफ गर्न नमिल्ने कानूनले प्रष्ट गरी राखेको र फुल बेञ्चबाट ०३०।३।१५ मा प्रतिपादित सिद्धान्तअनुसार विपक्षीको नालेस खारेज हुनुपर्ने सो घर खरिद गरी बिसौं हजार खर्च गरी मर्मत गरेको देख्ने व्यक्तिले लिखत थैली थाहा भएन भन्दै हल्लाको भरमा नालेस गर्न आएको झुठ्ठा हो भन्नेसमेत दुर्गादेवी श्रेष्ठको प्रतिउत्तर । ४. फिराद दावीको घर पुरानो मर्मत नगरी नहुने भई मर्मत गर्न नसकेकोले वादीलाई खरिद गरी लिनुहोस भन्दा पैसा छैन भनी नलिएपछि प्र.दुर्गादेवीलाई रु.२५०००। मा ०३१।१२।२६ मा बिक्री गरिदिएको प्रमाणका मानिस बुझेमा प्रष्ट हुनेछ, सो घर दुर्गादेवीले मर्मत गरी बिसौं हजार खर्च गरी तयार भएपछि असहृय भई रजिष्ट्रशेनको ३५ नं. अनुसार नगरी अदालतलाई झुक्याई वेदना पोखी फिराद गरेको पाइन्छ । लेनदेन व्यवहारको ११ नं. को म्याद नाघि परेको उजूर हुँदा खारेज हुनुपर्ने भन्नेमेत रमेश श्रेष्ठको प्रतिउत्तर । ५. थैलीसमेत लिई रजिष्ट्रेशन गर्ने अड्डामा गई धरौट राख्नुपर्ने सो अड्डाले प्रमाण बुझी इन्साफ दिनुपर्ने देखिन आएमा नालेस दिनु भनी सुनाएमा मात्र अदालतमा नालेस लाग्ने कानूनमा व्यव