निर्णय नं. ६९८० - बिक्री तथा दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९८० - बिक्री तथा दर्ता वदर भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०८/१३ २६२० निर्णय नं. ६९८० ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधिश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संम्वत २०५२ सालको दे.पु.नं. २८१० फैसला मितिः २०५६।८।१३।२ मुद्दाः बिक्री तथा दर्ता वदर पुनरावदेक/वादीः जिल्ला सिन्धुली भिमान गा.वि.स. वडा नं. ३ डेरा गरी बस्ने सीतादेवी काफ्ले समेत विरुद्ध विपक्षी/प्रतिवादीः सिन्धुली जिल्ला पोखरी गा.वि.स. वडा नं. ६ बस्ने गणेशप्रसाद फुयाल समेत अंशवण्डाको १८ नं. ले निजी ठहर्ने र ऐ. का १९ नं. ले आफ्नो पालामा आर्जेको निजी ठहर्ने अवस्थामा वाहेक सँग बसेको अंशियारको सगोलको आर्जनमा सबै अंशियारको भाग लाग्ने हुन्छ भन्ने सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उल्लेखित बुँदा प्रमाण एव. नजिर समेतबाट प्रतिवादी कृष्णलास काफ्लेले प्रतिवादी हेमप्रसाद पहाडीलाई मिति २०४६।१२।१५ मा गरिदिएको र. नं. १९८६ र प्रतिवादी गणेशप्रसाद फुयाललाई सोही मितिमा गरिदिएको र. नं. १९८७ को राजिनामाले जग्गा निज कृष्णलाल काफ्लेको निजी आर्जनको बिक्री गरेको देखिन नआई वादीहरुको समेत अंश हक लागने सम्पत्ति बिक्री गरेका देखिन आएकोले शुरु जिल्ला अदालतबाट वादी दावी बमोजिम वदर हुने ठहर गरेको फैसला उल्टी हुने ठहराएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको नदेखिदा उल्टी भै वादी दावी बमोजिम विवादित जग्गा ६ भागको ३ भाग वदर गर्ने गरेको शुरु सिन्धुली जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाटः अधिवक्ता श्री श्यामप्रसाद ढु्रगेल विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः ने.का.प. २०५४ अंक १, पृष्ठ १ नि.नं. ६३०३, पुनरावेदक वादी लक्ष्मीदेवी वास्तोला समेत विरुद्ध विपक्षी प्रतिवादी इन्द्रमोहन अधिकारी भएको लिखत वदर मुद्दा । फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ग) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः २. हाम्रो समेत हक लाग्ने कृष्णलाल काफ्लेका नाउँमा दर्ता रहेको जि.सिन्धुली जिल्ला पोखरी गा.वि.स. वडा नं. ६ च कि.नं. ३९ को ९–६–१–०, कि.नं. ५६ को १०–१०–३–१ को कि.नं. ८७ को ३–०–०–० जग्गा २०४६।१२।१५ मा र.नं. १९८६ बाट विपक्षी मध्ये हेमप्रसाद पाहाडीलाई र ऐ. वा.नं. झ कि.नं. ९ को ११–०–२–०, कि.नं. १० को १–१२–०–३, कि.नं. १८ को २–७–२–०, कि.नं. १९ को ८–४–१–२, कि.नं. २१ को ९–२–२–०, वा.नं. ६ कि.नं. ८८ को ३–१०–३–१ र कि.नं. ९ मा भएको घर समेत २०४६।१२।१५ र नं. १९८७ बाट गणेशप्रसाद फुयाललाई हामीलाइ थाहा पत्तै नदिई हाम्रो मन्जुरी बेगर बिक्री गरेकाले २०४७।१२।१२ मा राजिनामा नक्क्ल लिई थाहा पाएको हुँदा फिराद गरेका छौं । ६ भागको ३ भाग बिक्री वदर गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. उल्लेखित जग्गा हामीले रजिष्ट्रेशन पास गसिसकेपछि हामीबाटै लिएको रुपैंयाले फिरादी मध्येकी सितादेवी काफ्लेले भिमान गा.वि.स. वडा नं. ३ मा जग्गा खरीद गरी लिएको कुरा विपक्षीहरुलाई थाहा हुँदा हुँदै पनि यो हदम्याद सृजना गरी, २०४७।१२।१२ मा नक्कल लिई थाहा पाएको उल्लेख गर्दै हदम्याद नाघी दायर हुन आएको दावी खारेजभागी छ । प्रतिवादी मध्ये कृष्णलालका नाममा अझै आधा भन्दा बढी जग्गा बाँकी छ, मन्जुरी लिनु नपर्ने हुँदा लिखत वरद हुनु पर्ने होइन भन्ने समेतको प्रतिउत्तर पत्र । ४. प्र. कृष्णलालका नाउँमा जारी भएको इतलायनामा २०४८।१०।१५ मा तामेल भएक