निर्णय नं. ६९८१ - लिखत दर्ता वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९८१ - लिखत दर्ता वदर भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/११/३० २९८५ निर्णय नं. ६९८१ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधिश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संम्वत २०५२ सालको दे.पु.नं......३०१२ फैसला मितिः २०५६।११।३०।२ मुद्दाः लिखत दर्ता वदर पुनरावदेक/वादीः का.जि. भद्रवास गा.वि.स. वडा नं. ८ बस्ने नानीराम थापा विरुद्ध विपक्षी/प्रतिवादीः ऐ. गागलफेदी गा.वि.स. वार्ड नं. ४ बस्ने उत्तम खड्का समेत यसमा विवादित कि.नं. २४३ को सम्पत्ति सगोलको सम्पत्ति भएको कुरामा विवाद देखिदैन। सगोल सम्पत्ति बिक्री गर्दाको अवस्थामा लेनदेन व्यवहारको १० नं.. बमोजिम अंशियारहरुको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिनु पर्नेमा पुनरावेदक वादीको मन्जुरी लिएको देखिन आउँदैन । जहाँसम्म अंशवण्डाको १९(१) ले व्यवहार चलाउन अचल सम्पत्ति आधा भन्दा बढी बिक्री गर्न अंशियारको मन्जुरी लिनु नपर्ने भन्ने प्रतिवादीहरुको जिकिरतर्फ विचार गर्दा प्रस्तुत विवादित राजिनामा बाबुले गरिदिएको नभई आमाले गरिदिएको देखिंदा सो अवस्थामा लिखत राजिनामामा बाबु साक्षी बस्दैमा अरु अंशियारको मन्जुरी लिनु नपर्ने उक्त अंशवण्डाको १९(१) नं. नै आकर्षित हुने भन्न मिल्ने देखिदैन । अतः लेनदेन व्यवहारको महलको १० नं.बमोजिम फिराद परेको एवं आमाले राजिनामा गरी दिएको अवस्थामा अंशवण्डाको १९(१) नं. आकर्षित हुने देखाई शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत पाटनको मिति २०५०।२।१२ को फैसला मिलेको नदेखिंदा वदर भै उल्टी हुन्छ । वादी दावी बमोजिम ३ भागको एक भाग लिखत दर्ता वदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसला मनासिव ठहर्ने । (प्र.नं. १२) पुनरावेदन वादी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलबहादुर वोगटी विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री राजेश खड्का अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्र प्रसाद उपाध्यायः पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५०।२।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. विपक्षी मध्येका युद्धबहादुर रुकमिनी थापा मेरो एकासगोलका पिता र माता हुन । हामी घरवास गरी आएको जग्गा पहिरोको छेउमा भएकोले जुनसुकै बेला भत्किन सक्ने संभावना भई सगोलकै आर्जनबाट का.जि. डाँछी बस्ने केन्द्रप्रसाद उपाध्यायसँग रु. १०,०००। मा मिति २०४५।१०।१९ मा का.जि. भद्रवास गा.वि.स. वडा नं. को कि.नं. २४३ को ०–१३–० जग्गा आमा रुकमिनीका नामा खरिद गरी लिएको थियौं । यसै बीच मेरी पत्नीसँग पिता माताको झै झगडा भै रहने र यसलाई निकाली सम्पत्ति बिक्री गरी खान्छौ भनिरहनु हुन्थ्यो । यस्तैमा उक्त कि.नं. २४३ को ०–१३–० जग्गा मध्ये दक्षिण तर्फबाट ०–५–० जग्गा मेरो स्वीकृति बेगर पिता साक्षी बसी उत्तम खड्का क्षेत्रीलाई रु. ४०,०००। मा मिति २०४५।१२।९ मा बिक्री गरेको कुरा २०४६।६।८ मा नक्कल सारी थाहा पाएको हुँदा लेनदेन व्यवहारको १० नं. अनुसारको म्याद भित्र फिराद गर्न आएको छु । सगोल आर्जनको समान हकको जग्गा मेरो जानकारी बेगर बिक्री गरेको उक्त ०–५–० जग्गाको ३ खण्डको १ खण्ड म वादीको हक जति लिखत र दर्ता समेत वदर गरी पाउँ भन्ने समेत व्यहोराको मिति २०४६।७।९ को निज नानीराम थापाले का.जि.अ.मा चढाएको फिराद दावी। ३. यो सम्पत्ति पैत्रिक नभै बाबु आमाले आर्जेको