निर्णय नं. १२२१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२२१ - ज्यान भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/०२ २७४६ निर्णय नं. १२२१ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको फौज्दारी पुनरावेदन नम्बर १३० फैसला भएको मिति : २०३५।१२।२ मा प्रतिवादी : मोतीमाया भन्ने दिलमाया महर्जन समेत विरुद्ध वादी : श्री ५ को सरकार मुद्दा : ज्यान (१) ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा दोषी ठहराउन नमिल्ने । (प्र.नं. २०) (२) अदालतको वातावरण स्वेच्छाचारी वातावरणसमेत नहुने हुँदा अदालतमा भएको बयानलाई स्वेच्छाले भएको हैन भन्न नमिल्ने । (प्र.नं. २०) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारमान उपाध्याय फैसला न्या. वासुदेव शर्मा : प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।५।८।५ को निर्णयउपर परेको प्रतिवादी दिलमाया महर्जनको पुनरावेदन पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको र प्रतिवादी अर्जुनबहादुरको हकमा साधकको लगतमा दर्ता भई पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : आज ८ बजेको समयमा कुम्भेश्वर स्थित गुमार्छ बस्ने लक्ष्मीदेवी घर कोठामा मरी रहेको भन्ने खबर आएकोले शङ्का लागि घटनास्थलमा हेर्न जाँदा कर्तव्य गरी मरेको शङ्का लागी पालो राखी जाहेर गर्न आएको छु । कारवाई गरिपाउँ भन्ने हे.कं.अर्जुनबहादुरको जाहेरी । ३. थालमा खाने रोटीहरु भएको हात गोडाको नङहरु निलो भएको भन्नेसमेत ०३२।३।३।२ को लास प्रकृति मुचुल्का । ४. आमाको मृत्यु भएको र मेरो आमाले लगाउनु भएको हात कानको सुनको बालासमेत नभई चोरी भएकोले कसले विषालु चिज खुवाई कर्तव्य गरी ज्यान मारी धनमाल चोरी गरी लगेकोले अपराधी पत्ता लगाई पाउँ भन्नेसमेत चन्द्रदेवीको जाहेरी । ५. जाँच गरी हेर्दा साधन यस प्रयोगशालामा नभएकोले पदार्थहरु फिर्ता पठाएको छ भन्ने स्वास्थ्य विभागको पत्र रहेछ । ६. दिलमायालाई पक्राउ गरी दाखिल गरेको छु भन्नेसमेत अर्जुनबहादुरको जाहेरी । ७. लास धेरै सडेगलेको हुनाले यसकारणले मरेको हो भन्नसकिएन भन्ने डाक्टरको प्रतिवेदन रहेछ । ८. अर्जुनबहादुरको र मेरो परस्पर हित्तचित्त मिली आवत जावत भइरहेको मृतक लक्ष्मीदेवीलाई मनभोगमा मानिस मर्ने चिज मिलाई म ल्याउँछु तिमीले खान दिनु भन्ने कुरा ३१ गते बेलुका सल्लाह गरी गएको ०३२।३।१ गते बेलुका ८ बजे सालको पातमा पोको पारी मनभोग ल्याई मलाई दिए सोही दिन मासको बारामा सिमी बोडी मासुसमेतमा राखी लक्ष्मीदेवीलाई दिए, रातको २ बजेतिर अर्जुनबहादुरलाई लक्ष्मीदेवीको कोठामा झ्यालबाट पनि सुनका बालासमेत गहना लिई बिजुली निभाई झ्यालबाट तल फर्की पछि गहना लिई हल्ला नगर्नु भनी गएको हुँदा अर्जुनबहादुरले ल्याई आफू सावित भई अर्जुनबहादुरलाई सरिक बनाई प्रहरीमा मोतीमाया भन्ने दिलमायाले गरेको कागज । ९. ०३२।२।१ गते रात म प्रहरी चौकी कुम्भेश्वरमा सुतेको छु, दिलमायालाई मनभोग दिई लक्ष्मीदेवीलाई खान देउ भनेको र झ्यालबाट पसी मृतकको लगाएको गहनासमेत झिकिलिएको छैन, आषाढ २ गते बिहान चौकीमा बसी रहेको अवस्था मोतिमाया भन्ने दिलमाया चौकीमा आई लक्ष्मीदेवी बुढी साथै ४ बजे उठ्ने आज यसबेलासम्म उठेको छैन । बेलाउँदा बोल्दैन हेर्न पर्‍यो भनी भनेकीले कं.इच्छारामलाई हेर्न पठाएर केही बेरमा जितलाल बोलाउन आएकोले मृतकको कोठासमेत खोलेको रहेछ । कर्तव्यको शङ्का देखिएबाट जाहेर गरको छु । लक्ष्मीदेवी