निर्णय नं. १२२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २० साल: २०३५ महिना: बैशाख अंक: १ फैसला मिति :२०३५/१२/२४ २५२५ निर्णय नं. १२२२ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र सम्वत् २०३५ सालको रिट नम्वर १२१७ आदेश भएको मिति : ०३५।१२।२४ मा निवेदक : सिन्धुपाल्चोक जिल्ला मन्दी गाउँ बस्ने निन्द्राग्रान्दे तामाङसमेत विरुद्ध विपक्षी : प्र.जि. अधिकारी श्री चुडामणि उपाध्याय जिल्ला कार्यालय सिन्धुपाल्चोकसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गामा हक वेहकको प्रश्न उपस्थित भएको देखिएपछि अदालतबाट निर्णय गराई आउनु भनी सुनाई दिनुपर्ने । (प्र.नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित आदेश न्या. हेरम्बराज : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।१।२० मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य यसप्रकार छ : निन्द्रा तामाङसँग राजीनामा गरी लिएको १२, १२ नं. को खालुङ खेत कित्ता १ बाग्रे म्राङ वारी कित्ता १ ऐ.वारी कित्ता १ पुरानो घरबारी कित्ता १ समेतको तिरो बुझाउन जाँदा वासखर्च गा.पं.को प्र.पं.लक्षुमनले बुझी नलिएकोले बुझाई पाउन धरौट राख्न आएको छु भन्ने केदारमानको दरखास्त ४ कित्ता जग्गा मैले भोगचलन तिरो तिरान गरी आएको छु केदारमानले राजीनामा हराएकोले कागज फेराइपाउँ भनी नालेश दिएकोमा कागज फेराउन नपर्ने भनी जि. अ.सिं.पा.बाट फैसला भएको छ भन्नेसमेत निन्दा तामाङको बयान भएकोमा ४ कित्ता जग्गाको हक नपुग्ने केदारमानले तिरो धरौट राखेको सदर स्याहा गरिदिने र बाँकी जग्गा कित्ता ४ को तिरो रु.३।१४ को हकमा केदारमानलाई फिर्ता खर्च लेखिदिने ठहर्छ भन्ने सिं.पा.मालको फैसलाउपर केदारको पुनरावेदन परेकोमा केदारमानबाट ४ कित्ता जग्गाको तिरो बुझी नलिने गरी सिं.पा.माल कार्यालयको ०३५।५।९ गते भएको फैसला बदर हुने ठहर्छ भन्नेसमेत जि. का.सिं.पा.को मिति ०३४।११।३० को फैसला रहेछ । ३. रिट निवेदन जिकिर यसप्रकार छ : जिल्ला कार्यालय सिन्धुपाल्चोकले माल कार्यालयको फैसला बदर गरी तिरो बुझाउन पर्ने ठहर गरेको गैरकानूनी छ । पहाड मालसवालको दफा ९९ बमोजिम तिरो बुझिनदिएमा जरिवाना गरी बुझाउन लगाउनुपर्ने व्यवस्था गरेको पाइन्छ सोबाहेक अरू व्यवस्था गरेको पाइँदैन, अर्को लिखत गरिदिनु नपर्ने गरेको फैसला रेकर्ड मिसिलमा सामेल रहेकोतर्फ ध्यान दिई न्यायिक मन प्रयोग गर्नु भएन विपक्षी केदारमानले मेरो हकको तिरो बुझ्नुपर्ने जग्गा तिरो बुझिदिएन भन्ने म.प्र.पं.लक्षुमणले निन्दा ग्रान्देनको जग्गा भन्ने र निन्दा ग्रान्देनले मेरो हकभोगको जग्गा हो भनी बयान दिएकोबाट जग्गामा हकबेहकको प्रश्न उपस्थित भएकोमा हकबेहकको निर्णय गर्ने अधिकार नभएकोमा अर्को लिखित गराइपाउँ भन्ने मुद्दाको फैसलाको प्रतिकूल हकबेहकको निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटि छ । जिल्ला कार्यालय सिन्धुपाल्चोकको ०३४।११।३० को फैसला उत्प्रेषण लगायत आज्ञा आदेश वा पूर्जि जारी गरी मौलिक एवं कानूनी हक प्रचलन गरिपाउँ भन्नेसमेत निवेदन जिकिर । ४. विपक्षीहरुसँग लिखितजवाफ मागिआएपछि पेशगर्नुभन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।१।२२ को आदेश । ५. जग्गाको तिरो तिरेको रसिद ०२८ सालको रैतानी लगतसमेत प्रमाणको आधारबाट तिरो प्र.पं.ले बुझी लिन नपर्ने ठहराई फैसला भएको हो सो इन्साफमा चित्त नबुझे म