निर्णय नं. ६९८२ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६९८२ - चोरी भाग: ३४ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५६/०८/०२ २९५९ निर्णय नं. ६९८२ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजलास माननीय न्यायाधिश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री टोपबहादुर सिंह संम्वत २०५३ सालको फौ.पु.नं.....१४१७ फैसला मितिः २०५६।८।२।५ मुद्दाः चोरी पुनरावदेक/वादीः मुरारीलाल मुरार समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादीः मोरङ्ग जिल्ला वि.न.पा. वार्ड नं. १३ वसन्त मुखिया (मलाह) समेत प्रतिवादीहरुले अदालतमा बयान गर्दा आरोपित कसूर गरेमा इन्कार रही बयान गरेका वादी पक्षले प्रतिवादीहरुले चोरी गरेको र खरिद बिक्री भएको भन्ने कुरा प्रमाण ऐन, २०३१ को दफा २५ अनुसा।र प्रमाणित गर्न नसकेको, बरामद भएको भनिएको समान पनि चोरी भएको पानीको मिटरकै सामान हो भन्ने कुराको प्रमाणित नभएको स्थितिमा वादीको अभियोग माग दावी बमोजिम प्रतिवादी मनिष गिरी, संजय देवकोटा, वसन्त मुखिया समेतले चोरी गरेको, नीलम रायले चोरी गरी ल्याएको पैसा बाँडी खाएको एवं लक्ष्मी शाह र मोहन ताम्राकारले चोरीको माल भन्ने जानी जानी किनेको भन्ने कुरा नदेखाई उपरोक्त प्रतिवादीहरुले अभियोग माग दावी बमोजिम सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत विराटनगरबाट मिति २०५३।२।३०।४ मा भएको फैसला मुनासिव ठहर्ने । (प्र.नं. २६) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत विराटनगरको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः २. २०४७।१०।२७ गते राति खानेपानी धाराको मिटरको चोरी भएको हुँदा धाराको मिटर खोजतलास गरी पाउँ भन्ने समेत व्यहोराको मुरारीलाल मुरारको जाहेरी दरखास्त । ३. हाम्रा ग्राहकहरुको जम्मा विगो रु.१,३१,०००। बराबरको जम्मा १३१ थान पानीको मिटरहरु चोरी भएको यस कार्यालयमा जानकारी भएकोले प्रतिगोटा रु.१०००÷– का दरले सम्बन्धित ग्राहकहरुलाई चोरहरुबाट क्षतिपूर्ति समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको खानेपानी संस्थान शाखा, विराटनगरको २०४८।२।१७ को पत्र । ४. मिति २०४८।२।१८ को बरामदी मुचुल्का मिसिल सामेल रहेको । ५. मेरो टोलको साथी संजय देवकोटाले पानीको मिटर चोरेर त्यसमा रहेका पित्तर निकालेर बिक्री गर्नु पर्छ भन्दा सल्ला हनुसार २०४५ आश्विन महिनामा संजय देवकोटा, सुरेश राय, मनिष गिरी समेत भएर विराटनगर १३ स्थित नेपाली नाम जात थाहा छैन, उसको घरको मिटर खोली लगेर मिटरहरु फुटायौं । सो रात उक्त टोलमा नाम नजानेका मानिसहरुको आँगनमा पाइप जोडी राखेको ५ वटा मिटर चोरी गरी भोलि पल्ट बिक्री गरी रकम बाँडी खायौं । मैले आजसम्म १०० वटा पानीको मिटर चोरी गरें । यो वारदातमा संजय देवकोटा, शंभु राय, सुरेश राय, कलिम मियाँ समेत संलग्न छन । आजभन्दा ३।४ महिना अगाडि गोल्छा आँखा अस्पतालको उत्तर तर्फ नयाँ घर बनेको ठाउँमा आएर एउटा मिटर चोरी गरयौं । खानेपानी संस्थानको पत्रमा उल्लेखित ग्राहकहरुलाई चिन्दिन । लक्ष्मी साहको घरमा ४ पटक र मोहन ताम्राकारको घरमा ५।६ पटक स्वयं गएर पित्तल बिक्री गरेका हुँ भन्ने समेत व्यहोरा प्र. वसन्त मुखियाले प्रहरीमा गरेका कागज । ६. जोहरी तथा खानेपानी संस्थानको पत्रमा उल्लेखित सम्पूर्ण मानिसहरुलाई चिन्दिन। पानीको मिटर चोरेको घरधनीहरुलाई मैले नचिनेपनि वारदात स्थान देखाउन सक्छु । नेपाल राष्ट्र बैंक बाल संगठनको कम्पाउण्डबाट साथीहरु संजय देवकोट