निर्णय नं. ६९८३ - उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९८३ - उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । भाग: ४३ साल: २०५८ महिना: बैशाख अंक: १ फैसला मिति :२०५७/०१/१३ २६०५ नर्णय नं. ६९८३ ने.का.प. २०५८ अङ्क १.२ संयुक्त इजालास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी २०५५ सालको रि.नं. ३७२४ आदेश मितिः २०५७।१।१३।३ विषयः उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला रोतहट इनरवारी गा.वि.स. वडा नं. ४ बस्ने तुफानी ठाकुरको छोरा वर्ष २५ को रामठाकुर लोहार समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत हेटौंडा समेत विपक्षी मध्येका दाजु अकलु ठाकुर र हामी निवेदक २०५३।६।१७ को वण्डा पत्र बमोजिम समेत २०३७ सालमा नै मानो छुट्टिई भिन्न भएको अवस्थामा निज दाजु अकलु र विपक्षी महादेवप्रसाद कलवार बीच चलेको लेनदेन मुद्दाबाट भरी पाउेन ठहर भएको विगो वापतमा हाम्रो अंश भागको जग्गा समेत रोक्का राखिदिने गरेको विपक्षी तहसिलदारको कार्य वदर गरेको रोतहट जिल्ला अदालतका न्यायाधीशको मिति २०५५।४।१५ को आदेश वदर गर्ने गरेको २०५५।८।१८ को पुनरावेदन अदालत हेटौंडाबाट भएको आदेश वदर गरी पाउँ भन्ने भाग गरी प्रस्तुत रिट निवेदन परेको देखिन्छ । विपक्षी मध्येका अकलु र यी निवेदकहरु दाजुभाइ रहे भएमा र अकलु र महादेवप्रसाद कलवार बीच लेनदेन मुद्दा चली अन्तिम अवस्थामा रहे भएको भन्नेमा विवाद छैन। बाबु तुफानी आमा देवरतिया लोहारिन र दाजु अकलु एकासगोलमा बसी हामीअरु २०३७ सालमा नै मानो छुट्टी भिन्न भै बसेको २०५३ सालको पारित वण्डापत्रले पनि सो कुरा पुष्टि गर्ने हुँदा पछि लिइएको ऋणमा २०५४।७।५ को फैसला बमोजिम हाम्रो सम्पत्ति रोक्का हुनुपर्ने होइन भन्ने मुख्य निवेदन जिकिर निवेदकको रहेको देखिन्छ तापनि २०३७ सालमा मानो छुट्टिएको भन्ने रीतपूर्वकको लिखत मौकैमा खडा भएको देखिदैन । २०५३।६।१७ मा बण्डापत्र हुँदाका अवस्थामा वण्डापत्रमा सो व्यहोराको बोलिसम्म पारेको देखिन्छ । २०५३।१।११ मा तमसुक भएको र २०५३।६।१७ मा वण्डापत्र तयार भएको भन्ने अवस्था हुँदा समेत पनि पछि भएको वण्डापत्रले अघि भएको लिखत बमोजिमको दायित्व प्रभावित पार्न सक्ने हुदैन । तसर्थ निवेदकहरुको नाउँको जग्गा समेत रोक्क राख्ने गरेका कार्य सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५५।८।१५ को आदेश त्रुटिपूर्ण नदेखिंदा माग बमोजिम आदशे जारी गर्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री राजेन्द्र घिमिरे विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री कमलनारायण दास अवलम्वित नजिरः आदेश न्या. भैरबप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रित निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छः २. हामी चार दाजु भाइ र बाबु आमा गरी ६ अंशियार भएको, अचल सम्पत्ति सगोलमा नै राखी चलेको वाँडफाँड गरी २०३७ सालमा मानो छुट्टिई बसेको थियौं । दाजु अकलु राउत, बाबु तुफानी, आमा देवरतिया एकासगोलमा बसी आएको मिति २०५३।६।१७ मा वण्डापत्र हुँदा समेत हामीहरु बीचमा २०३७ सालमा नै मानो छुट्टिएको कुरा प्रष्ट उल्लेख गरिएको छ । हामी निवेदहरु विपक्षी अकलु ठाकुरसँग २०३७ सालमा नै मानो छुट्टिई बसेको, २०५३ सालमा विधिवत भिन्न भईसकेका छौ्र । विपक्षी मध्येका महादेवप्रसादले अकलु ठाकुर उपर २०५४।३।१९ मा लेनदेन मुद्दा दायर गरेकाले वादी दावी बमोजिम साँवा ब्याज वादीले भरी पाउने गरी २०५४।७।५ मा