निर्णय नं. ३९२ - निखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९२ - निखनाई पाउँ भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०४/२७ २४२५ निर्णय नं. ३९२ ने.का.प. २०२५ फुल बेञ्च का.मु.प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्वराज न्यायाधीश श्री राजा इश्वरीजंगबहादुर सिंह २०२३ सालको दे.फु.नं. ६८ निवेदक, प्रतिवादी : अष्टमाया मानन्धरनी विरुद्ध वादी, पुनरावेदक : न्हुछेमाया मानन्धरनी मुद्दा : निखनाई पाउँ (१) थाहा पाएको कुरा एकिन गर्दा देख्न सक्ने अवस्थाको कुरो भए उसै बखत थाहा पाएको भन्नु पर्ने । मेरो फुपु भएको हुँदा वादीले मलाई घर किन्ने कुरा गरी दिएको हो भनी प्रतिवादी लेखबाट सम्बन्ध चिनाजानका प्रतिवादी अष्टमायाले घर राजीनामा गराई लिए पछि वादीले देख्न सक्ने कुरामा उसबखत थाहाको पाएको थिएन भन्ने विश्वास लिनु उचित हुँदैन । (प्रकरण नं. १३) (२) थाहा पाएको मितिबाट निखनाइ पाउँ भन्ने उजुरी ३५ दिन भित्र पर्नु पर्ने । म्याद पछिको उजुरबाट दावी लाग्न नसक्ने । थाहा पाएको मितिबाट उजुर गर्नें दिन ३५ दिनलाई कायम नगरी भाद्र ९ गतेको दिन कायम गरेकोले निखनाई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । वादीले निखनी लिन पाउने ठहराएको शुरु का.दे.इ.अ. र का.जि.अ.को सदर गरी २२।८।१७।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन । (प्रकारण नं. १५) निवेदक तर्फबाट : प्लीडर लवदेव भट्ट विपक्षी तर्फबाट : अधिवक्ता मधुप्रसाद शर्मा फैसला १. अन्यायी इन्द्रनारायण मेरो ३ पुस्ताभित्रको देवर हो । म हकवाला छँदै मलाई थाहा खवर नदिई का.ई.भिमसेन थानको ब्लक नं ७।६२८ को २ नाले ५ कवले ५ तल्ले घर मध्ये निजको आगको २ ले २।। कवल ५ तल्ले पक्की झिंगटी घर १६।११।७ गते रु. ३६०१। म अष्टमायालाई फार्छे पास गरी दिएको रहेछ । ६ महिना नाघी सकेपछि मात्र थाहा भई गुज्रेका मितिले ३५ दिन भित्र नालेस गर्नुपर्ने, गुज्रेबाट निवेदन दिई म्याद थमाई नालेस गर्न आएको छु । यसै साथ दाखेला गरेको थैली रु. ३६०१। निजलाई बुझ्न लगाई पाउँ भन्ने समेत वादी । २. घर विक्री गर्दा वादीकै सल्लाहाबाट वादीकै भान्जीलाई १६।१०।८।६ मा बिक्री गरेको वादीले थाहा पाएकैमा दुख दिन झुट्टा उजुर गरेको भन्ने समेत इन्द्रनारायणको प्रतिवादी । ३. ईन्द्रनारायणलाई ऋण लागी साहु तिर्न नसकी घर बिक्री गर्न खोजेको र वादीले सहयोग दिएकोले पास गराई लिएको घरमा कठबार लगाउन र भर्‍याङ राख्न पर्‍यो भनी वादीलाई भन्दा तारबार गरेबाट टोल संघमा दर्खास्त दिँदा संघ समेत १७।१०।७ गते सो घरमा गई कठबार लगाई दिनु पर्‍यो भनी वादीले भन्दा फार्छे गरेको मलाई थाहा थिएन । आजै थाहा भयो । म घरै निखनी लिउँला । सो भाखासम्म निखनी लिईन भने कठबार भर्‍याङ लगाउन दिनेछु भन्ने निज न्हुछेमायाको कागज भएको छ । सो कागज झिकी प्रमाण लगाई वादी दावीबाट फुर्सत पाउँ भन्ने समेत अष्टमायाको प्रतिवादी । ४. भिम सर्वोदय संघ बुझ्दा दिएको जवाफबाट कागज भएको र थाहा पाएको समेत नदेखिँदा र निज वादीले निखन्न नपाउने अरु सबुद प्रतिवादीले दिन नसकेकोले निखन्न पाउने ठहर्छ भन्ने का.दे.ई.अ.को १७।११।१३।५ को फैसला । ५. बिक्री भएको एउटै घरमा बस्ने व्यक्तिले ६ महिनाभित्रै अघि नै ३५ दिन भित्र निखनाई माग्न आए निखन्न दिनु पर्ने अघि नै थाहा पाईसकेकोमा म्याद नाघेपछि नालेस लाग्न नसक्ने हुँदा इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ६. निवेदनमा भाद्र ९ गतेसम्ममा नालेस गर्ने म्याद गुज्रेको भन्ने लेखिएकोबाट १६ साल माघ ७ गते राजीनामा गरेको निखन्ने ६ महिना आखिरी म्याद श्रावण