निर्णय नं. ३९४ - साँध सिमाना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९४ - साँध सिमाना भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/११/०८ ३४६० निर्णय नं. ३९४ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह २०२४ सालको दे.फु.नं. ६१ निवेदक, वादी : सरस्वती उपाध्यानीको मुद्दा सकार गर्ने ऐ बस्ने जगन्नाथ उपाध्याय समेत विरुद्ध रेस्पोण्डेण्ट, प्रतिवादी : धर्मराज शर्मा घिमिरे मुद्दा : साँध सिमाना (१) २००९ सालमा नापी गोश्वाराका नाउँको सवालको ५ दफा–सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी निर्णय गर्न पाउने । ०९ सालमा नापी गोश्वाराका नाउँमा भएको सवालको ५ दफामा सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी फैसला गर्न पाउने, यसमा त्यस किसिम सिमानाकै कुरा नभई झगडा परेको केही जग्गा हकबेहक समेतको निर्णय हुनुपर्ने, यस्तो मुद्दा सर्भे गोश्वाराले हेर्न छिन्न पाउने अघिकार क्षेत्र भित्र परेको देखिन आएन । (प्रकरण न.१३) (२) नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानÒनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी पक्षलाई सुनाउनु पर्ने, हक बेहकको निर्णय सदर नहुने । नापी सवालको दफा ४ बमोजिम हक बेहकमा ७ दिन भित्र कानूनबमोजिम जिल्ला अदालतमा नालेस गर्न जानु भनी वादी पक्षलाई सुनाई दिनु पर्नेमा जग्गामा हक बेहक हुने समेत किसिमसँग प.३ नं.सर्भे गोश्वाराले १७।३।१९।७ मा गरेको पर्चा मिलेको नदेखिएको । अ.बं.३५ नं. बमोजिम बदर गर्नुपर्नेमा ०२३।४।११।३ को डिभिजन बेञ्चबाट सोअनुसार नगरी यसै मुद्दाबाट हक बेहक निर्णय गरेको मिलेको देखिएन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद भण्डारी रेस्पोण्डेण्ट तर्फबाट : अधिवक्ता मधुप्रसाद शर्मा फैसला १. यस पश्चिम ३ नं.नापी सर्भेको ३ नं. इन्स्पेक्टर डोरको सन्तले मौजाको खेत नापी नक्सा गर्न अमिन गुणबहादुरले न. नं.१० का जग्गामा जग्गैबमोजिम क्षेत्रफल देखिने गरी नापी नक्सा नभएकोले दर्खास्त गरेको छु । सो कित्ताको नक्सा सरजमिन गरी दोहर्‍याई नापी नक्सा गरी पाउँ भन्ने सरस्वती पाध्यानीले पोखरा सर्भे गोश्वारामा दिएको दर्खास्त । २. यसमा के भएको हो ? श्री केशवजी तपाई नै गई जाँची पेश गर्नु भन्ने ऐ गोश्वाराको ०१६।१०।१८।२ को तोक । ३. जग्गाबमोजिमको नक्सा भएन भन्ने कुरामा उक्त लेखिएको जग्गा सरस्वती पाध्यानीको जग्गा उत्तर पट्टि र दक्षिण पट्टि काहु कुडहर बजार तल्लो हटीया बस्ने धर्मराज पाध्याको जग्गा भई साँधमा प्राचीन बाबु बाजेको पाला देखिको सनातनी कुलो भई सो कुलाको साँध कायम रही धर्मराजका बाबु डिल्लीरामको र सरस्वतीको सो जग्गामा अंश विषयमा मुद्दा परी ०५ सालमा मिलापत्र समेत भई सोबमोजिम धर्मराज र सरस्वतीको जग्गा छुट्टी भोग गरी खाईराखेकोमा हाल नक्सा हुँदा जग्गामा भएबमोजिमको कुलो नक्सामा पनि सोहीबमोजिम कुलो रहनु पर्नेमा अमिनका भुलबाट हो वा धर्मराजको मलाहिजाबाट हो ? सो कुलो नक्सामा उत्तर पट्टि कायम राखी सरस्वतीको जग्गा समेत धर्मराजको जग्गामा परेको नक्सा भएकोले जग्गामा १ थोक नक्सामा अर्को थोक भई नक्सा भएकोले निज धर्मराज र अरु सँधीयार समेत राखी जग्गाबमोजिमको नक्सा मिलाई जग्गा दर्ता गरी पाउँ भन्ने समेत सरस्वतीको वा.जगननाथ उपाध्यायको ०१६।१२।१८ को कागज । ४. सन्तले मौजाबाट नापी नक्सा भएको कि.नं. १० को जग्गामा कुलो साँध रही सरस्वतीको र मेरो जग्गा छुट्टिएको हो । नक्सामा लेखिएको कुलो मैले डोरवालालाई लेख्न लगाएको होइन । यिनै द