निर्णय नं. ३९५ - गौचरन आवाद गरे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९५ - गौचरन आवाद गरे भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१०/०२ २२०० निर्णय नं. ३९५ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीस श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री श्री न्यायाधीश लोकराज जोशी ०२४ सालको दे.फु.नं. ५७ निवेदक : कीर्तिनाथ उपाध्या विरुद्ध विपक्षी : बाबुराम रिमाल समेत मुद्दा : गौचरन आवाद गरे (१) कानूनबाट अधिकार प्राप्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने आदेश दिएको भए मात्र त्यस्तो अड्डाबाट तोक आदेशअनुसार हेर्न छिन्न पाउने । कानूनबमोजिम अधिकारयुक्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने तोक आदेश दिएको भए मात्र त्यस्तो अड्डाले तोक आदेशबमोजिम हेर्ने छिन्न पाउने । यो त्यस किसिमसँग बुझी दिनु भन्ने तोक आदेश भएको समेत नभई आवश्यक कारवाई गरी दिनु हुना निमित्त भनी विशेष अधिकार सम्पन्न दौडाहाबाट का.मे.आ.मा र ऐन सवालबमोजिम गर्नु भनी का.मे.आ.बाट मालमा पठाएको समेत देखिएकोले त्यस्तो तोक आदेशसम्मबाट कानूनले कारवाही भई चल्न नसक्ने प्रष्टै छ । (प्रकरण नं. १३) रेस्पोण्डेन्ट, निवेदक तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी, प्रतिवादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला १. हाम्रो एरिया भिमढुंगा गाउँका किसानहरूलाई गाई भैंसी पाली मल निकाली खेती गर्न पर्ने र गाई भैंसीको चरन चाहिने भएकोले गौचरण मासिंदै छ । संरक्षण गरी पाउँ भन्ने कीर्तिनाथ उपाध्यायको १७।११।२० को निवेदनपत्रमा, गौचरण मासिँदै छ, संरक्षण गरी पाउँ भन्ने माग हुँदा आवश्यक व्यवस्था गरी दिनु हुना निमित्त प्रेषित भनी श्री वि.अ.सं.दो वाग्मती अञ्चलबाट काठमाडौ मजिष्ट्रेडलाई र यसमा लेखिएअनुसार ऐन सवालबमोजिम गर्नु होला भन्ने काठमाडौ मजिष्ट्रेड अफिसबाट काठमाडौ माल पहिला फाँटलाई तोक आदेश भई काठमाडौ माल पहिलाबाट त्यस माल ईलाकाको देखिएको भनी किर्तिपुरमा पठाएको । २. भीमढुंगा भिमसेनथान देखि दक्षिणपट्टिको गौचरण अन्दाजी रोपनी ४०।५० छ ४ किल्लाको हकमा दक्षिण सरकारीया वन जंगल पूर्व रैकर पश्चिम खोला र रैकर खेत उत्तर सरकारीया रैकर खेत र उक्त गौचरणको नाम ढार हो । गौचरण आवाद गर्ने बाबुराम भट्टराई बाबुराम रिमाल अरु नाम नजानेको ३।४ जना छन । गौचरण थामी पाउँ भन्ने समेत कीर्तिनाथको बयान । ३. भीमसेनथान दक्षिण पट्टी गौचर बाँझो पोखरी धारा समेत भएको अ.५०।६० रोपनी र अरु १००।१५० रोपनी पर्ति छँदैछ । मैले कमाएको जग्गा भिमसेनथान देखि अन्दाजी आधाकोष पूर्व पट्टीको मैले पाएको वहाल पूर्जीबमोजिमको जग्गा मेरै नाममा दर्ता छ भन्ने बाबुराम रिमालको बयान । ४. ९ सालको बाली देखि तिरो भरो गर्ने गरी रुद्रप्रसाद रामचन्द्र बाबुराम समेतका नाउँमा ८।११।६।२ मा बाहाली पूर्जी भई गएको १० वर्ष वाद यो मुद्दा चलेको हुँदा खारेज हुन्छ भन्ने किर्तिपुर मालको १८।११।२६।६ को पर्चा । ५. सोउपर चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा इन्साफ किर्तिपुर मालको मनासिव छ भन्ने काठमाडौ मेजिष्ट्रेट अफिसको १९।५।११।२ को फैसला । ६. सोउपर पनि चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा किर्तिपुर माल काठमाडौ मजिष्ट्रेटले खारेज गरेको मनासिव छ भन्ने आय र कर अदालतको २०।२।२४।६ को फैसला । ७. सोउपर दोहर्याई पाउँ भन्ने वादीको निवेदन परेकोमा कानूनी त्रुटी देखिए ऐनबमोजिम गर्नु भनी निवेदकलाई जनाउ दिन भन्न समेत २०।११।६।३ मा हुकुमको प्रमांगी बक्स भई आई पेश हुँदा कानूनी त्रुटी जस्तो देखिन आएकोले हु.प्र.बमोजिम अप