निर्णय नं. ३९६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३९६ - लेनदेन भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/१०/१२ २२७५ निर्णय नं. ३९६ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री वाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री रंगनाथ उप्रेती २०२३ सालको दे.फु.नं. ६६ निवेदक : कुमारराज खत्री क्षेत्री विरुद्ध रेस्पोण्डेण्ट : प्रेमराज शर्मा मुद्दा : लेनदेन (१) दण्ड सजायको २६ नं.– धन खाने १२ वर्ष देखि माथिका मानु नछुट्टी संग बसेका वा धन खाँदा संग बसेको पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने । हालको दण्ड सजायको २६ नं. मा त्यो धन खाने १२ वर्ष देखि माथिका ऐनबमोजिम मानु नछुट्टि संगै बसेका वा त्यो धन खाँदा संगै बसेका पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने व्यवस्था भएको र सो ऋण आफूले बेहोर्नु नपर्ने कानूनबमोजिमको त्यस्तो कुनै लिखत सबुद दिन वा त्यस्तो अवस्था भएको देखाउन समेत निज दुर्गाकुमारीले नसकेकीले उक्त जिकीरसम्मबाट फुर्सद पाउन नसक्ने समेत हुँदा वादी दावीको धन खाँदा लोग्ने ख.हेमराजको संगमा बसेकी अंशियार निज दुर्गाकुमारी समेतले उक्त दण्ड सजायको २६ नं. बमोजिम सो ऋण तिर्नु बेहोर्नु पर्ने प्रष्टै छ । फैसला १. अन्यायीको बाबु हेमराजले मसँग ०५।८।२३ मा रु.२३०१। कर्जा लिएको ०५।१२।२९ मा रु.७००। बुझाई बाँकी रु.१६०१। मा नरराजबाट राजीनामा लिएको माटो मुरी ।२० र हेमराजबाट राजीनामा लिएको माटो मुरी ।२० निजैको खेत मुरी ।५० समेत ०६।१।१७ मा दृष्टि पास गरी दिएकोमा ०६।१२ मा रु.६००। बुझाएको । अरु नबुझाएकोले नालेस दिएको र हेमराजको पनि नालेस परेकोमा थैली कपाली ठहरी डिभिजन बेञ्चबाट १३।३।३० मा फैसला भएकोले दे.पै.को मुद्दा कपालीमा नालेस परेको बखत ठहरेबमोजिम हुने भनी ०१७।३।३२ मा म.उ.अ.बाट फैसला भएकोले साँवा रु.१००१। र को व्याज समेत दोव्वर रु. २००२। भराई पाउँ भन्ने वादी । २. भएको जग्गा जमिन बाबुले नै बिक्री गरी सकेको बाँकी रहेको सौतेनी आमाले लिएकोले मेरो केही नभएको र अंशियार समेतका नाउँमा नालेस गर्नुपर्ने, नगरेकोले खारेज हुने हो । ऋण तिर्न समेत मेरो मञ्जुर नहुँदा वादीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी । ३. वादीको थैली कपाली भई डिभिजन बेञ्चबाट ०१३।३।३० मा फैसला भएको । ०१७ साल भाद्रमा मात्र यो नालेस परेकोले साहु असामीको २ नं.को म्याद १० वर्ष नाघेपछिको यो उजुर हुँदा खारेज हुने ठहरेको भन्न समेत का.दे.ई.अ.को १८।१२।७।३ को फैसला । ४. १० वर्षसम्म असामीको मोलाहीजामा बसेको नभई ०६।१२।१६ गते रु.६००। बुझेको मितिले ऐनका म्याद भित्र दिए साँवा व्याज भराई पाउँ । नदिए जग्गा चलन चलाई पाउँ भन्ने नालेस परेको । आखिरी म.अ.बाट दृष्टिमा दावा नपुग्ने कपालीमा नालेस परेमा ठहरेबमोजिम गर्ने भनी १७।३।३२ मा फैसला भएबमोजिम कपालीमा नालेस गरेको भएपछि म्याद नाघेको भनी खारेज हुन नसक्ने हुँदा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । ५. साँवा व्याज भराइ पाउँ भन्ने वादीको नालेस म्याद भित्र ०९।१।१६ मै परी सकेकोमा वादी उपर प्रतिवादीको बाबु ख.हेमराजले सोही वादीको लिखतमा कट्टी गरी पाउँ भनिदिएको नालेसमा रु.१६०१। को दृष्टि तमसुक मध्ये प्र.बाट आएको रु.६००। कट्टी गरी बाँकी रु.१००१। कपाली भराइ पाउँ भनी नालेस गरेको मुद्दाबाट ठहरेबमोजिम हुने भन्ने १३।३।३० मा डिभिजन बेञ्चबाट भएको फैसलामा संकेत भएको देखिनाले समेत ०९ सालमा दावी गरेको मुद्दाबाटै साँवा व्याज भराइ दिन कुनै बाधा नदेखिनेमा