निर्णय नं. ३९७ - सरकारी हानी नोक्सानी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९७ - सरकारी हानी नोक्सानी भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२५/०३/०८ २८६९ निर्णय नं. ३९७ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा ०२४ सालको फो.फु.नं. १९ निवेदक : भू.पू.राज्यमन्त्री नरबहादुर गुरुङ समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार, निर्माण सञ्चार तथा यातायात मन्त्रालय मुद्दा : सरकारी हानी नोक्सानी (१) सिमित अधिकार–अ.बं.१७ नं. ले काम कारवाहीमा म्याद नाघेको वा बेरीत भएकोसम्म हेर्न पाउने । तल्लो अदालतको विचाराधीन रहेको मुद्दामा माथिल्लो अदालतले निर्णय दिएमा उक्त ऐनको हत्या हुनाका साथै मातहतको तल्लो अदालतको न्यायीक अधिकारमा हस्तक्षेप गरेको र पुनरावेदन गर्न पाउने तह काटेको हुन जाने । मातहतको अड्डामा परी राखेको मुद्दामा अ.बं १७ नं ले काम कारवाईमा म्याद नाघेको वा बेरीत भएकोसम्म हेर्नु पर्ने सिमित अधिकार हुनाले वाग्मती विशेष अदालतलाई सुम्पिई त्यस अदालतमा दायर भईराखेको मुद्दाको सम्बन्धमा अहिले यस अदालतबाट मुद्दा छिन्ने किसिमसँग त्यस्तो निर्णय गर्न मिल्ने देखिन आउँदैन । किनकि त्यस्तो गर्दा तहको अदालतको विचारधिन रहेको कुराको न्यायीक अधिकारमा हस्तक्षेप गरेको हुन जान्छ र पक्षहरूको पुनरावेदन गर्न पाउने तह काटिन जानुको साथै हुकुम प्रमांगी र अ.ब.१७ नं को विपरीत हुन जाने समेत देखिन्छ । त्यसकारण नालेस दायर गरी मुद्दा चलाएको रीत बेरीत र मुद्दा चल्ने नचल्ने भन्ने समेत कुराहरूमा सबुद प्रमाण समेतको आधारले मुद्दाको इन्साफमा असर पर्ने किसिमसँग ०२४।१२।१९।२ को डिभिजन बेञ्चका माननीय नयायाधीशहरूले आ–आफ्नो राय व्यक्त गरी निर्णय गर्नु भएकोसँग यो बेञ्च सहमत भएन । (प्रकरण नं ९) वादी श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता श्री जगन्नाथ उपाध्याय निवेदक, प्रतिवादीहरूको तर्फबाट : वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, अधिवक्ता श्री सुधानाथ पन्त, अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे आदेश १. वाग्मती विशेष अदालतमा दायर रहेको प्रस्तुत मुद्दाको सम्बन्धमा गैरकानूनी तरिकाबाट चल्न नसक्ने मुद्दा दायर गरेको र तारेखमा मात्र झुलाई जिन्दगी वरवाद गर्ने प्रयास गरेकोले मिसील कैफियत बुझी सो कैफियत र मिसील समेत सर्वोच्च अदातमा पठाई अ.बं.१७ नं. बमोजिम निर्णय गरी पाउँ भन्ने समेत व्यहोराको भु.पू.ज्वा.से.वेदप्रसाद लोहनीको क.६७६१।६७६०। को र सोही विषयमा भु.पू.राज्यमन्त्रि नरबहादुर गुरुङले दिएको क.६७६१ को र क.६७६३ को निवेदनपत्रमा यसमा नरबहादुरको ६७६३।६७६२ र वेद प्रसादको ६७६०।६७६१ को ४ थान निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराज सरकार को हजुरमा जाहेर हुँदा सर्वोच्च अदालतले एकपटक हेरी बुझी कानूनबमोजिम गर्नु भन्ने निवेदनहरू सर्वोच्च अदालतमा पठाई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने ०२४।३।२५।३ को हुकुम प्रमांगी । २. मेरो केही कसुर नभएको रीटायर हुने अवधी पनि धेरै बाँकी नभएकोले मुद्दा फैसला हुँदा निजको सस्पेण्ड फुकुवा गरी काम लगाउनु भन्ने प्रमांगी पाउँ भन्ने समेत अ.डि.ई.प्रितम सिंहको क.७४५८ को निवेदनपत्रमा यसमा नरबहादुर, वेदप्रसादको हु.प्र.साथ राखी जो गर्नु पर्छ चाँडो गर्नु भनी त्यहाँ पठाउन श्री ५ महाराजधिराजबाट हुकुम बक्सेको छ भन्ने ०२४।१०।८।२ को हुकुम प्रमांगी । ३. हु.प्र.बमोजिम गर्न मिसिल झिकाई डिभिजन बेञ्चमा पेश गर्नु फाँटमा बुझाई दिनु भन्ने ०२४।१०।९।३ को सिंगलबेञ्चको आदेश । ४. ०१२ सालमा मनत्रालयका सचीवहरूले