निर्णय नं. ३९८ - बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९८ - बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०३/१५ ३७१७ निर्णय नं. ३९८ ने.का.प. २०२५ डिभिजन बेञ्च न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह न्यायाधीश श्री प्रकाशबहादुर के.शी. सम्वत् २०१८ सालको दे.पु.नं. ७४ पुनरावेदक : कृष्णप्रसाद चापागाई विरुद्ध विपक्षी : श्री ५ को सरकार, सेक्रेटरी मे.ज.क्षेत्रविक्रम राणा, गृह मन्त्रालय मुद्दा : बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने समेत विभागीय कारवाही (१) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (Matter of Law) मा भिन्नता–कानूनी तथ्य सम्पूर्ण र कानूनी प्रश्न सम्पूर्ण अंगको एउटा प्रत्येक (a part of the whole) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (matter of law) एउटै हैन । कानूनी तथ्यको सिमा विस्तृत छ । कानूनी तथ्य सम्पूर्ण हो । कानूनी प्रश्न यस सम्पूर्ण अंगको एउटा प्रत्येक (a part of the whole) मात्रै हो । (प्रकरण नं. ३६) (२) जन्मभर जागिर खान नपाउने गरी बात लागेको व्यक्तिको बात फुकेको देखिए व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको भन्ने देखिन नसक्ने । बात लागेको व्यहोरा ढाँटी सरकारी सेवामा प्रवेश गरेको हो भन्ने कतैबाट देखिन आएन र जुन बात लागेको हो सो बात फुकी सकेको भन्ने समेत देखियो । अतः जन्मभर जागिर खान नपाउने गरी बात लागेको व्यहोरा ढाँटी सरकारी सेवा प्रवेश गरेको भन्ने आरोप पुनरावेदक माथि लाग्न सक्ने देखिन आएन । (प्रकरण नं. ४१) (३) कस्तो किर्ते गर्यो गरायो भन्ने आरोप तथ्यहिन देखिने ? अड्डामा खडा भएको कागज अड्डैमा रहने र किर्ते गर्न गराउन अरु (अड्डैको कर्मचारीको पनि) सहायता लिनु पर्ने कुनै कारण मतलव नभएको मानिससँग मिली गर्नु गराउनु पर्ने कारण नदेखिएमा त्यस्तो आरोप तथ्यहिन देखिने । सो सिटरोल पुनरावेदक कृष्णप्रसादको हातमा नरही किताबखानामा रहने कागज भएको र त्यस्तो अड्डाखानामा रहेको कागज कृष्णप्रसाद एक्लैले मात्र किर्ते काम गर्न असम्भवकै कुरा देखिन आएको । निजले अरु मानिसको सहायता लिई किर्ते गर्यौ कि भन्नलाई त्यस्तो किर्ते काम गर्नलाई एकजना व्यक्तिको मात्र सहयोगले हुन नसक्ने भन्ने कुरा सिटरोलमा हजुरीया दर्शन गराउने भन्ने समेत महलमा विभिन्न व्यक्ति रहे भएको हुँदा सो कुराबाट प्रष्ट हुन आउँछ । उक्त सिटरोलमा लेखिएको अफिसरहरू र ती सिटरोलमा लेख्ने व्यक्ति समेत उपर कुनै उजुरवाजुर परेको नदेखिएको । पुनरावेदकलाई फाइदा हुने कुरामा बिना मतलवले उक्त अफिसर समेतका व्यक्तिहरू मिली त्यसरी सिटरोल किर्ते गर्नुपर्ने कुनै कारण र मतलब समेत कुनै केही देखिन नआएको र मौकैमा सिटरोल खडा गर्ने काम पुनरावेदकको नभई किताबखानाकै काम देखिएको र ९५।८।१० मा खडा भएको भनेको सिटरोल काटिएको भए उक्त सिटरोलको पुछारमा नेपालमान सिंह, आदन्दबहादुर भन्ने दस्तखत हुन नपर्ने हुनाले समेत पुनरावेदक उपर नोकरी कायम राख्न पास नभए पनि भन्ने शर्तहरू समेत समावेश गराई नभएको हुकुम भएको छ भन्ने किर्ते सिटरोल फारम तयार गरेको भन्ने आरोप तथ्यहिन देखियो । (प्रकरण नं.४२) (४) उमेरको अंक विभिन्न भई नमिले–निजामती सेवा नियमावली, २०१३ को संशोधित परिच्छेदको नियम ७(१) को देहाय स्पष्टीकरण (क) (ख) अनुसार पहिले सिटरोलअनुसार उमेर कायम हुने उमेर ढाँटी सरकार झुक्याउने प्रयत्न गरेको भन्न नमिल्ने । १९९५।८।१० मा खडा भएको सिटरोलमा भर्ना हुँदाको उमेर भन्ने महलमा २२, ०७ फाल्गुण ७ गते खडा भएको सिटरोलको भर्ना हुँदाको उमेर