निर्णय नं. ३९९ - हरहिसाब
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३९९ - हरहिसाब भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०८/१८ २४८० निर्णय नं. ३९९ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०२४ सालको दे.फु.नं. ५५ पुनरावेदक : भगवतीप्रसाद उपाध्याय विरुद्ध विपक्षी : प्रतापविक्रम शाह समेत मुद्दा : हरहिसाब (१) कबुलियत कागज लेख्दा वतन नलेखेको, प्रतिवादीले सो कागज फलाना ठाउँमा लेखिएको भन्ने प्रमाण जनाउन नसकेको, वादीले प्रतिवादीको वतन लेखी राखेको देखिएमा कबुलियत सोहि बतन ठेगानामा लेखिएको मान्नु पर्ने । मजकुर साहेबको घरको पहिलो तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको भन्नेसम्म लेखिएको । कहाँको घर हो ? सो प्रतिवादीहरूको वतन सो कागजमा खुलाएको नदेखिएको भए पनि प्रतिवादीहरूको जग्गा भएको मोरङ जिल्ला भई सो कागज लेखिएको हो भन्ने वादी पक्षले नै जिकीर लिन, प्रमाण दिन नसकेको र प्रस्तुत मुद्दाकै फिरादपत्रमा स्वयं वादीले नै प्रतिवादीहरूको घर का.ई.ज्ञानेश्वर लेखी राखेको समेत देखिएकोले उक्त ठेक कबुलियत प्रतिवादीहरूको का.ई.ज्ञानेश्वरकै घर बैठकमा बसी लेखिएको मान्नु पर्ने हुन आउँछ । (प्रकरण नं. ७) (२) कबुलियत लेखिएको र प्रतिवादी रहे बसेको इलाका एकै देखिएमा सो इलाकाको अदालतमा मुद्दा दायर हुने नै । अतः उक्त ०६।४।३० को ठेक कबुलियत लेखिएको र प्रतिवादीहरू रहे बसेको ईलाका समेत काठमाडौ नै भए पछि अ.ब.२९ नं को देहाय २ दफाबमोजिम प्रस्तुत मुद्दा काठमाडौ जिल्ला अदालतबाटै हेर्नु पर्ने प्रष्टै हुँदा काठमाडौं जिल्ला अदालतबाट हेनुपर्ने भनी ०२४।५।२६।२ को डिभिजन बेञ्चको मा.न्या.श्री राजा ईश्वरी जंगबहादुर सिंहले व्यक्त गर्नु भएको रायसँग यो बेञ्च सहमत हुन्छ । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : अधिवक्ता श्री नन्दीकेशर विपक्षी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला १. प्रतिवादीको जग्गा जिम्दारी भएको मौजा ०६ साल देखि मैले ठेक्कामा लिएको । ठेक्का भुक्तान नहुँदै बीचमा तोडी मेरो निजी धनमाल लुटपीट गरेमा र ठेक्कातर्फको हरहिसाब बारेमा ०१० सालमा उजुर गरेकोमा शुरुबाट मैले जितेको अपीलबाट खारेज गरी दिएकोमा पनि दिलाई पाउँ भन्ने किटानी दावी नभएकोले किटानी दावी गरी नालेस गर्नु भन्ने डिभिजन बेञ्चको निर्णयबमोजिम नालेस गर्न आएको छु । बिगो रु.४३१८।४।२५ विपक्षीहरूबाट दिलाई पाउँ भन्ने समेत तत्कालीन जिल्ला अदालत धरानमा ०२०।६।६ मा दर्ता भएको फिरादपत्र । २. डिभिजन बेञ्चको ०२०।३।१८ को फैसलाको आधारले यस अदालतमा दायर भएकोमा सो फैसलामा उल्लेख भएको धरान जिल्ला अदालतबाट हेर्ने भन्ने वाक्यलाई मिलेको देखिएन भनी फुल बेञ्चबाट निर्णय भएको देखिनाले यो मुद्दा यस अदालतबाट कारवाही र तहकिकात गर्न नपर्ने हुँदा प्रतिवादीका नाउँमा म्याद तामेल गर्न समेत नपरी खारेज गरी दिने ठहर्छ भन्ने समेत कोशी अञ्चल अदालतको ०२२।८।२५।६ को फैसला । ३. अ.बं.२९ नं.अनुसार गर्न पर्नेमा प्रतिवादी नपर्दै खारेज गरी दिएकोले चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । ४. यिनै वादी प्रतिवादीहरूको बुझबुझारथ मुद्दामा भएको डिभिजन बेञ्चको फैसलाबमोजिम धरान जिल्ला अदालतमा फिराद दर्ता भएको देखिएको र पछी उक्त मुद्धा दोहोरिदा फुल बेञ्चबाट भएको फैसलाबमोजिम यो मुद्दा सो अदालतले हेर्न नमिल्ने भए पनि अ.बं.२९ नं.२ दफाअनुसार जुन जिल्ला अदालतले हेर्न पाउने हो, उसै अदालतमा मिसिल पठाई दिनु पर्नेमा फिरादै खारेज गर्ने गरेको कोशी अं.अ.को फैसला म