निर्णय नं. ४०० - बाँध काटी दियो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०० - बाँध काटी दियो भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०८/०५ २१५६ निर्णय नं. ४०० ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री रंगनाथ उप्रती २०२४ सालको दे.फु.नं. ६५ पुनरावेदक, प्रतिवादी : शेष शौकत अली विरुद्ध विपक्षी, वादी : श्री ५ को सरकार मुद्धा : बाँध काटी दियो (१) माल अड्डाको तहबाट बाँध काटेको हो वा हैन ? भन्ने निर्णय गर्न नमिल्ने । दर्खास्तमा सो बाँध नमालुम कहाँको कस्ले काटी दियो ? नोक्सानी समेत उपर गरी पाउँ भन्ने व्यहोराको दर्खास्त लिई कारवाही गरी मानिसद्वारा काटिएको भनी ठहर गर्न मुनासिव नभएको भन्ने जाहेरी फैसला माल तहबाट गर्न पाउने अधिकार भएको देखिन आएन । माल अड्डाको तहबाट बाँध काटेको हो वा होइन भनी निर्णय गर्नु हुँदैन । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद भण्डारी श्री ५ को सरकार तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल फैसला १. जिल्ला विकाश योजना अन्तर्गत भगवानपुर झुन खुनवाका आसपास अन्य मौजामा पर्ने सानो सिंचाईका निमित्त बनाएको कुलोबाट सम्पूर्ण बकिया नदी पसी खेतहरूको बरवादीको साथै रैतीहरूलाई तकलिफ दिएकोले नदीको धार फेर्ने कार्यशिघ्र विकाश योजना अन्तर्गत गराउन आवश्यक छ भन्ने रौतहट मालका हाकिमको प्रतिवेदन, विकाश कमिटिमा पेश हुँदा लेखिएको घटना सत्य भएकोले उक्त योजना कार्यान्वीत गर्ने भन्ने प्रस्ताव स्वीकृति भएपछि प्र.भगवानपुर प्र.झा.दक्षिण मौजाको जिमिदार अन्यायीले नदीको धार फेर्ने योजना सम्पादन गर्ने अधिकार तयार भई दर्खास्त परेपछि उक्त योजनालाई कार्यन्वीत गर्नेतर्फ झाज सिंचाई योजनाको कार्य पालन (ईक्जिक्यूटिभ इन्जीनियर) बाट ईस्टमेट गराउँदा नदीको धार फेर्ने खर्च भा.रु. ७६८०। लाग्ने देखाई मिति ५ मे १९६० मा ईस्टमेट साथ पत्र पठाएकोले योजनाको सम्पादन गर्ने अभिभारा लिई निज शेख शौकतले इन्जिनियरको इस्टमेटबमोजिम योजना पूर्ण गर्छु, पूर्ण नभएमा जाँच गर्दा इस्टमेटबमोजिम भएको नठहरे आफ्नो घर घरानाबाट सरकारी अनुदानको रकम तिर्न बुझाउन मञ्जुर छ भनी २४।१।१७ मा कबुलियत समेत गरी दिई सो काम प्रारम्भ भई चितवन गाउँ विकाशकै केन्द्र गौर अन्तर्गतको ओभरसियरले लक्ष्यअनुसार पूर्ण भईरहेको छ भनी रिपोर्ट दिएकोले दोस्रो किस्ता दिनेतर्फ सिफारीस भई अन्तिम तेस्रा किस्ताको योजना पनि पूर्ण भएको देखिन्छ भन्ने निजले २२ जुन १९६०। मा पत्र लेखी पठाएको । ०१७ साल आषाढ १३ गतेका दिन बकैया नदीमा धार फेर्ने अभिभारा लिई कार्यसम्पादन गरेकोमा ०१७।२।१२ को रातमा नमालुम कसले काटी दिएकोले काट्ने पत्ता लगाई नोक्सानी समेत उपर गराई पाउँ भनी शेख शौकत अलीको जाहेरी दर्खास्त र बकैया नदीको धार यसरी आफ्नो साविक धारमा बनाउने भएकोमा हाल बाँकी रहेको श्रेस्तालाई ईन्जिनियरले गरी दिएको ईस्टमेट बमोजिम सो धार तयार गरी सकेकोमा ०१७ सा आषाढ १२ गतेको राती कसले काटी दिए । वर्षाको समयमा पनि ५।६ पटक बाढी आउँदा पनि बाध टुटेको थिएन । बनाएको कुरा सरजिमन बुझी बाँधलाई पुनः तयार गरी पाउँ भन्ने निजको बयान । २. जिल्ला विकाश योजना अन्तर्गत बकैया नदीलाई आफ्नो साविक धारमा बगाउने जिल्ला विकाश योजना कमिटिबाट स्वीकृत भई सरकारी अनुदान समेतबाट तयारी भएकोमा आषाढ १२ गतेका राती माथि लेखिएबमोजिम कहाँबाट मानिस आई काटी दिएकोले नदी फेरी लगनास नदीमा बग्न जाँदा दुःख पीर भईरहेकोले नदीलाई बाँध्न पुनः योजना स्वीकृत गरी पाउँ भन्ने समेत सरजमिन ईस्टमेटबमोजिम पूर्ण गर्ने