निर्णय नं. ४०१ - करकाप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०१ - करकाप भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०८/०५ ३३१४ निर्णय नं. ४०१ ने.का.प. २०२५ फुल बेञ्च न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री रंगनाथ उप्रेती २०२४ सालको दे.फु.नं. ३२ निवेदक : हरिदेव राउत भुमिहार समेत विरुद्ध प्रतिवादी : रामरतन साहु तेली मुद्दा : करकाप (१) आफ्नै हस्ताक्षरको सही भएको र साक्षीको बकपत्रबाट समेत जवरजस्ती कागज गराएको भन्ने नदेखिए–करकाप गरेको नठहर्ने । करकाप गरेको भनेको लिखितमा असामिकै हस्ताक्षरको समेत सही भएको र जग्गाको कित्ता नं. समेत खुलाई लेखेको । बजारबाट हरिदेवलाई लगेको भनी बकपत्र गरेकोमा जवरजस्तीसँग कागज गराएको थियो भनी थाहा पाउने साक्षीको बकपत्र देखिएन । आजै फैसला भएको लोचनको र हरदेवको लिखत पास मुद्दामा पेश भएको विभिन्न टाँका मसिको लिखतलाई समेत करकाप भनी उजुर गरी वादीले आफ्नो जिकीर जस्तो बखत पर्यो उस्तै गर्ने गरेको देखिएकोले समेत करकाप नठहराई सही ठर्याएको इन्साफ मनासिव छ । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट फैसला १. २०१७ साल आश्विन १५ गते ६ का दिन पेठीया गर्न मटिहानी गएको प्र.रामरतनले देखी मलाई आफ्ना घर भित्र लगी कोठामा बन्द गरी आफू बाहिर गई १ घण्टा बाद आए । प्रतिवादी साथ लिई आई ५ जना प्रतिवादीको थरी भित्र पसि ४ वटा नमालुम के लेखेको नेपाली कागजमा सिर पुछारमा कागज पिच्छे २ ठाँउमा सहीछाप र दायाँ बायाँ बुढी औंलाको सहीछाप रामरतन, प्रभुलालले गराई लिई छाडिदिएको । मेरो बाजे बाबु जीवित छँदै मबाट कागज गराएको सही नहुनाले करकापबाट गराई लिएको कागज बदर गरी सजायँ गरी पाउँ भन्ने समेत वादी । २. वादीमा लेखेको कुरा हामीलाई थाहा छैन । कुनै कागजमा हामी साक्षी बसेको पनि छैन । वादीलाई चिने जानेको पनि छैन भन्ने समेत पुरत मियाँ, रसुल मियाँको प्रतिवादी । ३. वादीलाई थुनी करकापबाट कागज गराई लिएको छैन । ०१६ साल आश्विन २३ गते वादीले मबाट भा.रु.१२५।– लिई ।३।। जग्गा राजीनामा गरी दिएकोमा वादीको सगोलको बाबु जयनन्दन साक्षी राखी व्यवहार भएको लिखित मसँग छ । करकापबाट गराएको छैन भन्ने समेत प्र.रामरतनको प्रतिवादी । ४. वादीले दाबीबमोजिमको नै कुरा गरेको छैन भन्ने समेत सिताराम मैथिलको प्रतिउत्तरपत्र । ५. वादीको दावाबमोजिम करकापबाट कागज गराएको नहुँदा वादी लेखाई झुठ्ठा हो । ०१६।६।२३ का दिन वादी र वादीको बाबु जयनन्दन समेत आई रामरतनबाट रु.१२५।– लिई जग्गा राजीनामा गरी दिएकोमा वादीको बाबुुु समेत साक्षी बसेको छ । मैले पनि सहीछाप गरेको हुँ भन्ने समेत प्रमुलालको प्रतिउत्तर । ६. लिखत मैले सुनें । सो ले त मेरो नालेस मध्येको मलाई करकापसँग गराए मध्येको कागज हो । सो कागजमा अघिल्लो मिति पारी लेखाएको व्यहोराको कागज बनाई पेश गरेको हो । बाबु जयनन्दनको सहीछाप किर्ते हो भन्ने समेत हरिदेवको बयान । ७. खुशीराजीले गरेको लिखत हो । जयनन्दनको सहीछाप किर्ते होईन भन्ने समेत रामरतनको बयान । ८. सक्कल लिखत देखें । मेरो नाउँ लेखेको ठाउँमा लागेको सहीछाप मेरो होईन । किर्ते हो । मेरो बाबु जीवितै हुँदा बाबुबाजे छँदै मेरो छोराले व्यवहार गर्न हकै नपुग्ने भन्ने समेत जयनन्दनको बयान । ९. राजीखुशीले हरिदेवले सहीछाप गरेको हो । निजको बाबुको सहीछाप पनि मेरै सामुन्ने गरेको साँचो हो भन्ने समेत जितनको बयान । १०. साहुकै घरमा बसी हरिदेव ऋणीमा र बाबु फडके साक्षी बसी भा.रु.१२५।– लेनदेन भई राजीनामा लेखिएको हुन् । करकाप किर्ते भन्ने झु