निर्णय नं. ४०२ - जग्गा जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०२ - जग्गा जालसाजी भाग: ११ साल: २०२५ महिना: बैशाख अंक: १ फैसला मिति :२०२४/०९/१८ २३९६ निर्णय नं. ४०२ ने.का.प. २०२५ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी ०१९ सालको पहिलो डिभिजन दे.फु.नं. २१९ निवेदक : लालो लोघ समेत विरुद्ध विपक्षी : जि. अम्विकाप्रसाद तिवारी मुद्दा : जग्गा जालसाजी (१) कस्तो रसिदहरू प्रमाण लिन नमिल्ने ? खजहनी मालमा बयान गर्दा ४ सवालको जवाफमा रसिद कहिले पनि दिएको छैन भन्ने र अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकोले मानेका पनि थिएनौ हाल प्रकाशित भएका गजेट मुताविक र पटवारीले सुनाउनु भएको उर्दि पुर्जि मुताविक रसिदको पनि आवश्यक पर्ने भएकोले रसिद माग्ने गरेको भन्ने औ ५ सवालको जवाफमा कुनै किसिमको निस्सा प्रमाण दिएको छैन भन्ने ६ सवालको जवाफमा कागजी प्रमाण केही छैन भन्ने उल्लेख गरेको देखिएको र सोही मुद्दामा अदालतमा नालिस दिन जानु भनी मालले प्रचार गरी सुनाएको आधार अदालतमा नालिस दर्ता हुन आएको यो मुद्दा भएकाले उपरोक्त उल्लेख भएबमोजिम वादीहरू आफैले पहिले मालमा गरेको बयान लेखाईबाटै पछि अदालतमा नालेस गर्दा मात्र प्रमाण दिन पेश गर्न ल्याएका उक्त रसिदहरू प्रमाणमा लिन मिल्ने देखिन आएन । (प्रकरण नं. १३) (२) कस्तो कुरालाई प्रमाणीक मान्न नमिल्ने ? बुटवल अपीलमा बयान गर्दा हामीहरू समेतका रैतिहरूले उखडामा कमाएको भन्ने कुरा स्वीकार गरी लेखेको भन्ने निवेदक, वादीहरूको जिकीर भएको हकमा निजहरूबाट पेश भईराखेको सो २००१।१०।२६।५ को गिरीराजको बयान नक्कल हेर्दा, ८ सवालको जवाफमा देहायका मानिसहरूले देखाएबमोजिम जग्गा उखडामा कमाई आएको भन्ने लेखेको र त्यसमा नाउँ भिडाउँदा यो मुद्दाका निवेदक, वादीहरू मध्ये कुनैको नाउँ मिल्न भिड्न आएको समेत देखिन्छ तापनि सो बयान भएको मुद्दाको मिसिलै झिकाउन ०२१।५।३१।३+२०२३।३।३१।६ को फुल बेञ्चहरूबाट आदेश भई धेरै पटक लेखापढी हुँदा समेत सो मिसिल पत्ता लागि आउन नसकेको र फैसलाको नक्कल समेत निवेदक, वादीहरूले पेश गर्न पनि नसकेकोले सो मुद्दामा आखिरी के ठहर निर्णय भयो ? वादीहरूले उखडामा जोतेको कायम भयो भएन ? सो यकिन हुन नसकेको र जि.अम्बिकाप्रसादले पोत दिलाई पाउँ भन्ने मुद्दामा नालेस दिँदा यी वादीहरू उपर दावी गरेको नहुनाले वादीहरूका हकमा गिरीराजले गरेको उक्त २००१।१०।२६।५ को बयानलाई निज अम्वीकाप्रसादले स्वीकार गरेको भन्न पनि नमिल्ने समेत हुँदा जि.गिरीराजले उपरोक्त बयानमा लेखेकोसम्म कुरालाई प्रमाणीक मान्न मिलेन । (प्रकरण नं. १४) निवेदक, वादी तर्फबाट : अधिवक्त श्री इच्छाहर्ष फैसला (१) अघि धेरै वर्ष देखि कच्चि बिगाहा १ को रु.२ का दरले पोत लिने दिने कबुलमा उखडा जग्गा कमाई साल सालको पोत तिरी आएको रसिद दिएको थिएन । २००९ सालको पोतको टायममा उखडा जग्गाको रसिद देउ भन्दा नदिँदा धरौट राखी मुद्दा चलेकोमा हक बेहक गरी आए पछि ठहरेबमोजिम हुने भनी खजहनी मालले पर्चा गरेकोले नालेस गर्न आएका छौं । उखडा जग्गा कायम गरी पाउँ भन्ने समेत वादी । (२) वादीहरूलाई जग्गा जोत्न दिएको छैन । रेशमीराजले जिमिदारी लिलाममा सकार गरेपछि मुद्दा चली जिमिदारी थामी पाएको रेशमरीाज, गिरीराज समेतले अघिको मिति पारी जालसाजी रसिद बनाएका हुँ भन्ने समेत प्रतिवादी । (३) वादी राम अघारे कुर्मी, लालेलोध, सुद्ध, हरदत तिवारी, रामधनी कोहार, हस्मत बुजरा, महावीर माली, करमुल्ला मुसलमानहरूले पेश गरेको रसिद वादीलाई सुनाउँदा मालमा बयान गर्दा स